गएको साता ६ सेप्टेम्बरमा भिक्टोरिया युगका चर्चित चित्रकार जोन अट्किन्सन ग्रिमसअको जन्मजयन्ती मनाइयो । उनको जन्म १८३८ मा भएको थियो भने अक्टोबर १३, १८९३ मा निधन भएको थियो ।
उनका कलाले प्रि राफलाइट्स भनी चिनिने समूहलाई निकै प्रभावित तुल्यायो । उनी ल्यान्डस्केपका लागि प्रख्यात थिए र उनका ससाना मिहिन कार्य, ससाना थोप्ला र कामले अरूको मन हरण गर्न सफल भए । उनले खासगरी प्रकाश र रङमाथि धेरै प्रयोग गरे ।
उनले विविध मौसमलाई चित्रमार्फत अभिव्यक्त गरेका छन् । चाहे घमाइलो जङ्गल होस् या हिउँले ढाकेका बुट्यानका दृश्य, चाहे मनै हरण गर्ने चन्द्रमाको लुकामारी होस्, तिनले बडो खुबीका साथ चित्रमा अभिव्यक्त गरेका छन् ।
उनले पछिल्लो समयमा काल्पनिक प्राचीन ग्रिसेली र रोमन दृश्यहरू सिर्जना गरे । पछिल्लो समय चाहिँ उनी कवि अल्फ्रेड लर्ड टेनिसनबाट यति प्रभावित थिए कि उनका कविताहरूमा नै आफ्ना छोराछोरीको नाम राखेका थिए । उनको जीवनकालमा उनका बारेमा कसैले पनि केही आलेख लेखेनन्, न त उनका बारेमा केही किताब नै लेखिए । उनका कलाहरू लामो समयसम्म अज्ञानताले छोपिरह्यो । २० औँ शताब्दीको आधापछि भने उनका कामबारे खोजतलास जारी रह्यो भने प्रदर्शनी पनि राम्रैसँग लाग्न थाले । उनका चित्रकलाहरूको वृहद् सङ्कलन बेलायतस्थित लिड्स सिटी ग्यालरीमा देख्न सकिन्छ ।
आज हामी उनको जन्म स्मरण गर्दै केही चित्रकला हेर्नेछौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।