कोरियाली चित्रकार हङ चेअलङ ल्यान्डस्केप चित्रकारिताका लागि प्रख्यात छन् भन्ने कुरा यहाँ राखिएका चित्रबाट पनि तपाईं प्रस्ट हुन सक्नुहुन्छ । उनका चित्रमा कोरियाली चरित्र प्रस्ट देख्न सक्नुहुन्छ । यिनका बारेमा इन्टरनेटमा धेरै जानकारी पाइँदैनन् । तर एउटा कला फोरममा जब यी चित्रहरू देखेँ, तपाईंहरूमाझ नबाँडिरहन सकिएन ।