कथा लेखनमा अल्पसंख्यकहरूको सहभागिता कम भएको महसुस गर्दै बेलायती अखबार द गार्डियन तथा पुस्तक प्रकाशन गृह फोर्थ इस्टेट पाँच वर्षअघि स्थापना गरेको फोर्थ राइट प्राइजमा यसपाला श्रीलंकाली लेखिकाले पुरस्कार हात पारेकी छन् ।
कान्या डिअल्मेडाले २०२१ को कमनवेल्थ सर्ट स्टोरी प्राइज जितेकी हुन् । उनको कथा ‘आइ क्लिन्ड द–’पुरस्कृत भएको हो ।
हालसम्म कुनै कृति ननिस्किएका नयाँ पुस्ताका सम्भावनायुक्त लेखकहरुलाई चर्चामा ल्याउन यो पुरस्कार दिने गरिन्छ ।
कान्याका कथाहरु यसअघि जगेरी तथा द बेंगलोर रिभ्युजस्ता अखबारमा प्रकाशित भएका थिए । उनी द डार्केस्ट लाइट नामक पडकास्ट निर्माता पनि हुन् । उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालयको स्कुल अफ आर्टस्बाट मास्टर्स गरेकी छन् ।
उनको कथा नै किन चयन भयो त ? विज्ञ टोलीले जनाएअनुसार उनका कथाले फोहोरी काम गर्ने घरेलु कामदारका बारेमा बोलेको छ । उनीहरु कसरी परित्यक्त भएका छन्, तिनले बाथरुमभित्र के के देख्छन् ती अनुभूतिहरुलाई कथानकमा उनेकी छन् ।
उनले यो कथाबाट पाँच हजार पाउन्ड रकम पाएकी छन् ।
नवौँ वर्षको यो प्रतियोगितामा अफ्रिका, एसिया, क्यानडा र युरोप, प्यासिफिक तथा क्यारेबियन क्षेत्रका ५० मुलुकबाट ६ हजार ४ सय २३ वटा कथाहरु प्राप्त भएको जनाइएको थियो ।
तीमध्ये १२ वटा कथाको लामो सूची जारी गरिएको थियो । ती १२ मध्येबाट पनि ६ वटाको छोटो सूची जारी गरिएको थियो । ती कथाले बोकेका थ्रिल, कथाका उच्छवास, शैली तथा आवाजका कारण ती छनोटमा परेको बताइएको थियो ।
यी कथालाई अन्तिम छनोट फोर्थ इस्टेटकी सम्पादकीय निदेशक कशानी विदाइर्तनासँगै अन्य पाँच जना निर्णायकहरूले सर्वोत्कृष्ट कथाको छनोट गरेका थिए ।
उनको पुरस्कृत कथा यहाँ पढ्नुहोस्ः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।