पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न क्षेत्रमा विभिन्न प्रकारका जनजातिहरूको आफ्नै प्रकारको भाषा, धर्म, संस्कृति, मूल्यमान्यता भए तापनि उनीहरू एकआपसमा सिङ्गो नेपाली संस्कृतिको प्रदर्शन गर्न गौरव ठान्दछन् l नेपाली समाज आफ्नो संस्कृतिका कारण सबै नेपाली नागरिकलाई एकीकृत गरेर राख्न सफल छ l कुनै पनि देशको संस्कृति त्यस देशको सभ्यताको एउटा सूचक हो, पहिचान हो l नेपाल र नेपालको संस्कृति विविधतामा एकता ल्याउन एकदमै प्रेरणादायक पक्ष हो l

विष्णु भट्टराई

हामी जातीय, क्षेत्रीय, वर्गीय, ‍लैङ्गिक एवं भाषिक रूपले त फरक-फरक छौँ यद्यपि हामी एक हौँ भन्ने हाम्रो देशमा भएको हाम्रो हरेक परम्परा र संस्कृतिले स्पष्ट रूपमा देखाएकै छ l

संस्कृत भाषाबाट आएको संस्कृतिको अर्थ हुन्छ परिष्कृत, यसैबाट स्पष्ट छ कि संस्कृतिको सम्बन्ध एउटा त्यस्तो तत्त्वसँग छ जसले व्यक्तिलाई परिस्कृत गर्न सक्दछ l

त्यसैले भनिन्छ नि संस्कृति भएर नै मानव अन्य प्राणीभन्दा उच्च स्थानमा रहन सफल भएको छ l

नेपाली संस्कृतिमा मनाइने विभिन्न चाडपर्वहरूमध्ये तीज पनि एक हो l

वर्षमा एकपटक हामीले तीजलाई स्वागत गर्छौँ, यसैसँग रमाउँछौँ l भाद्र शुक्ल तृतीयाको दिन प्रत्येक वर्ष मनाइने तीजमा विवाहित नारीले आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु, उन्नतिको कामना गर्दै व्रत, उपवास, पूजा आदि गछिन् भने, अविवाहित नारीले आफ्ना लागि एक सक्षम पति पाऊँ भनेर उपवास, व्रत, पूजा आदि गर्ने गर्छिन् l यस दिनमा विभिन्न तीजका गीतसङ्गीतको माध्यमबाट दिदीबहिनीहरूले आफ्नो दुःख र सुखका अनुभवहरू साटासाट गर्दै आफ्नो मन र मस्तिष्कलाई रमाइलो र ऊर्जाशील बनाउँछन् तर भूमण्डलीकरणको वर्तमन अवस्थामा विश्वको अन्य समुदायसँगको सम्पर्क, अनुभव साटासाट एवं संस्कृतिक प्रभावका कारण हाम्रो संस्कृतिमा केही मात्रामा hybridization भइरहेको छ l यसको प्रभाव केही मात्रामा त ठिक होला तर यसको प्रभाव बन्दा दुष्प्रभाव कामना गर्नुपऱ्यो भने हाम्रो संस्कृतिले पक्कै पनि गलत बाटो तय गर्न नसक्ला भनेर हामीले भन्न सकिँदैन l

सामाजिक जीवविज्ञान को यो प्रक्रियालाई हामीले समयमै बुझ्न, मनन गर्न जरुरी छ l हामीले हाम्रो संस्कृतिमा दुष्प्रभाव भित्रिन नदिन हाम्रो खानपानमा अभ्यास, पोसकीयपरिवर्तन र भाषागत विषयमा सचेत हुनु अत्यन्त आवश्यक छ l

हरेक संस्कृतिको आफ्नो छुट्टै महत्त्व हुन्छ l यस्तै महत्त्व हाम्रो तीजको पनि छ l यसै सन्दर्भमा तीजलाई मर्यादित बनाउन हामी दिदीबहिनीहरू आमाहरू एवं सम्पूर्ण दाजुभाइ तथा बुबाहरूलाई भूमण्डलीकरणको दुष्प्रभावबाट हाम्रो संस्कृतिको एक सूचक तीजलाई बचाइराख्न त्यसको मूल मर्म नै बिग्रने गरी cultural hybridization हुनबाट जोगाउन हामी सबैको दायित्व र जिम्मेवारी हो l तडकभडकभन्दा वस्तुगत वास्तविकतामा टेकेर तीजको महत्त्वलाई मर्यादित बनाउन सकिन्छ l