सन् २०११ मा प्रकाशित ‘भ्यान गगः द लाइफ’ पुस्तकमा जब प्रख्यात चित्रकार भिन्सेन्ट भ्यान गगले आत्महत्या गरेको नभई स्थानीय एक किशोर रेने सेक्रेटनले सन् १८९० मा उनको हत्या गरेको भनी ‘नयाँ कुरा’ लेखियो, द आर्ट न्युज पेपर अखबारका अनुसन्धानमूलक पत्रकार मार्टिन बेलीलाई चित्तै बुझेन ।

झन् सन् २०१८ मा सोही पुस्तकमा आधारित फिल्म ‘एट इटर्निटीज् गेट’ फिल्म नै बनेपछि भने गलत तथ्य र गलत कुरामा आधारित कुरा स्थापित हुने देखेपछि मार्टिनले जोश अझ बढ्यो ।

यसपछिको उनले त्यसबारेमा खोजी गरी नयाँ पुस्तक ‘भ्यान गग्स फिनाले’ लेखेका छन् । आउँदो सेप्टेम्बर २१ देखि बजारमा आउन लागेको यो पुस्तकको चर्चा कला जगतमा यतिबेला निकै चुलिएको छ । कारण, उनले पुरानै कुरालाई स्थापित गर्न जोडबल गरेका छन् ।

मानसिक रोगबाट ग्रसित भिन्सेन्ट भ्यान गगले आत्महत्या गरेको कुरा अधिकांश अवस्थामा प्रमाणित नै छ । तर मार्टिनले आत्महत्यालाई पुष्टि गर्नका लागि बन्दुकको अवस्थालाई चित्रित गरेका छन् । जस्तो कि, मृत्युपछि भ्यान गगको छेउमै रहेको बन्दुकको सेफ्टी पिन अनलककै अवस्थामा थियो । यो कुरा स्थानीय किसान क्लाउडे औबर्टले दिएको बयानमा देखिन्छ ।

बन्दुकको अवस्था हेर्दा कुनै व्यक्तिले भ्यान गगले मारेर लुकाइएको नभई स्वयं चित्रकारले आत्महत्या गरेपछि खसेकोसँग मिल्दोजुल्दो रहेको लेखकको टिप्पणी छ ।

‘भ्यान गगको वरिपरि भएका त्यो बेलाका साथीसंगी, छरछिमेक सबैले भ्यान गगले आत्महत्या नै गरेकोमा विश्वस्त थिए । त्यसमाथि भ्यान गगको आत्महत्या भएकै ठाउँमा बन्दुक फेला पर्नुले पनि सोही कुरालाई इंगित गर्छ । हत्या हुन्थ्यो भने हत्याराले पक्कै पनि टाढा लगेर बन्दुक लुकाउँथ्यो होला !’ मार्टिनको भनाइ छ ।