वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिएको थियो । सोही वर्ष मङ्सिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमा सहीछाप भएको थियो । वर्षेनी उत्कृष्ट कृति लेखेर साहित्य, समाजशास्त्र र विज्ञानको क्षेत्रमा योगदान गर्ने विद्वान-विदुषीहरूलाई यो पुरस्कार प्रदान गरिँदै आएकाे छ ।

मदन पुरस्कार गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र र विज्ञान जस्ता चार विषयमा) प्रत्येक वर्ष दिन सक्ने व्यवस्था रहे पनि वि. सं. २०२६ सालदेखि २ वटा कृतिका लागि १०/१० हजार नगद पुरस्कार बनायो । वि. सं. २०३३ सालदेखि एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो । वि. सं. २०४० सालमा पुरस्कार रकम रू. ३० हजार पुग्यो । वि. सं. २०४२ सालमा रू. ४० हजार र वि. सं. २०४३ सालदेखि रू. ५० हजार गर्दै वि. सं. २०५१ सालदेखि उक्त राशि वृद्धि गरी रू. १ लाख पुग्यो भने वि. सं. २०७५ देखि यो पुरस्कारको राशि चार लाख रूपैयाँ बनाइएको छ ।

हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरूः

विस. २०१३ : हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी

विस. २०१३ : जनरल भीमसेन थापा र तत्कालीन नेपाल – चित्तरञ्जन नेपाली

विस. २०१३ : अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी

विस. २०१४ : मन – लीलाध्वज थापा

विस. २०१४ : मृत्तिका उद्योग – करुणाकर वैद्य

विस. २०१५ : उद्यान – गंगाविक्रम सिजापति

विस. २०१५ : कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान

विस. २०१६ : महाकवि देवकोटा – नित्यराज पाण्डे

विस. २०१७ : नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी

विस. २०१७ : विस्फोट – भीमनिधि तिवारी

विस. २०१८ : नयाँ सडकको गीत – रमेश विकल

विस. २०१९ : आमाको सपना – गोपालप्रसाद रिमाल

विस. २०२० : जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा

विस. २०२० : नैषधीय चरित – कोमलनाथ अधिकारी

विस. २०२१ : वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ

विस. २०२१ : प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे

विस. २०२१ : प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय

विस. २०२१ : नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल

विस. २०२२ : शिरीषको फूल – पारिजात

विस. २०२३ : मानव – मोदनाथ प्रश्रित

विस. २०२३ : स्रष्टा र साहित्य – उत्तम कुँवर

विस. २०२४ : नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्मबहादुर देवकोटा

विस. २०२४ : एब्स्ट्रयाक्ट चिन्तन: प्याज – शङ्कर लामिछाने

विस. २०२५ : मङ्गली कुसुम – धर्मराज थापा

विस. २०२५ : टिपन टापन – पारसमणि प्रधान

विस. २०२६ : बेलाइततिर बरालिँदा – तारानाथ शर्मा

विस. २०२७ : नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा

विस. २०२८ : कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी

विस. २०२९ : आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – ईश्वरबल्लभ

विस. २०३० : लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य

विस. २०३२ :आगत – भवानी भिक्षु

विस. २०३४ :लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी

विस. २०३५ : घामका पाइलाहरू – ध. च. गोतामे

विस. २०३६ : नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल, करुणाकर वैद्य

विस. २०३७ : नरसिंह अवतार – जगदीश शमशेर राणा

विस. २०३८ : नदी किनाराका माझी – मोहन कोइराला

विस. २०३९ : माधवी – मदनमणि दीक्षित

विस. २०४० : अलिखित – डा. ध्रुवचन्द्र गौतम

विस. २०४१ : प्रत्यागमन – कन्चन पुडासैनी

विस. २०४२ : वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा

विस. २०४३ : लिच्छवि संवत्को निर्णय – नयराज पन्त

विस. २०४४ : उत्सर्ग प्रेम – राजेश्वर देवकोटा

विस. २०४५ : ज्योति ज्योति महाज्योति – दौलत विक्रम विष्ट

विस. २०४६ : नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम

विस. २०४७ : मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल

विस. २०४८ : पागल बस्ती – सरुभक्त

विस. २०४९ : पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी

विस. २०५० : माध्यमिक नेपाली गद्याख्यान – शरद्चन्द्र शर्मा भट्टराई

विस. २०५१ : सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स

विस. २०५२ : योजनगन्धा – विनोदप्रसाद धिताल

विस. २०५३ : नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ

विस. २०५४ : विसर्जन – लोकेन्द्रबहादुर चन्द

विस. २०५५ : दुखान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय

विस. २०५६ : अतिरिक्त अभिलेख – दिनेश अधिकारी

विस. २०५७ : नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ

विस. २०५८ : अभिनव संस्कृति कोष – हरिराम जोशी

विस. २०६० : नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली (कवि)

विस. २०६१ : पल्पसा क्याफे – नारायण वाग्ले

विस. २०६२ : राधा – कृष्ण धरावासी

विस. २०६३ : छापामारको छोरो – महेशविक्रम शाह

विस. २०६४ : अन्तर्मनको यात्रा – जगदीश घिमिरे

विस. २०६५ : एक हातको ताली – युवराज नयाँघरे

विस. २०६६ : नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद

विस. २०६७ : जीवन काँडा कि फूल – झमक घिमिरे

विस. २०६८ : सेतो धरती – अमर न्यौपाने

विस. २०६९ : दमिनी भीर – राजन मुकारुङ

विस. २०७० : खलङ्गामा हमला: एउटी नर्सको डायरी – राधा पौडेल

वि सं. २०७१ : खुसी – विजय कुमार पाण्डे

विस. २०७२ : ऐना – रामलाल जोशी

विस. २०७३ : धृतराष्ट्र – घनश्याम कँडेल

विस. २०७४ : योगमाया – नीलम कार्की “निहारिका“

विस. २०७५ : रणहार – योगेश राज

विस. २०७६ : महारानी – चन्द्रप्रकाश बानियाँ

विस. २०७७ : ???