कस्तो हुन्छ पक्षीहरूको कलरव !
बन्दुकको आवाज सुनेर बित्यो मेरो बालापन
कस्तो हुन्छ रङ्गीचङ्गी फेसन !
बुर्कामा मुहार छोपेर बित्यो मेरो यौवन
कस्तो हुन्छ फूलको सुगन्ध !
बारुदको गन्ध सुँघेरै बित्यो मेरो जीवन !
कस्तो हुन्छ पाठशाला – कलेज ,
कस्तो हुन्छ त्यो चलचित्र भवन ,
कस्ता हुन्छन् ती ठूला-ठूला महल
अनि
कस्ता हुन्छन् होटेल – रेस्टुराँ !
झुपडीभित्र
चिसो चुल्हो तताउँदै बित्यो मेरो जीवन !
कस्तो हुन्छ चैन – कस्तो हुन्छ निन्द्रा
अनि
कस्तो हुन्छ मिठो सपना !
युद्धसँगै जन्मिएँ
युद्धसँगै हुर्किएँ
युद्धसँगै वृद्धा भएँ !
हरेक रात युद्धको त्रासमा बित्यो मेरो जीवन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला