केटिली तालको शान्त र सौम्यता सर्वसाधारणलाई यति मन पर्यो कि पछिल्लो समय यसलाई संसारकै भव्य चित्रकलाका रुपमा मान्न थालिएको छ । तालको विशालतालाई चित्रकारले मज्जाले देखाएका छन् । मन्द हावाले तालको पानी केही छचल्किएको देखिन्छ । चित्रले संगीतात्मक प्रभाव झल्काउने समेत केहीले देख्छन् । फिनल्यान्डले रुसबाट सन् १९१९ मा स्वतन्त्रता प्राप्त गरेपछि त्यसको भाव यहाँ पोखिएको पनि केहीको दाबी छ ।

चित्रको शितलता यसमा प्रयुक्त नीलो र सेतो रंगले अभिव्यक्त गरिरहेको छ । तिनले चिसो, शान्तपूर्ण र नबिथोलिएको सौन्दर्यको प्रतीक मानिएको छ । यद्यपि चित्रको बीचमा गाढा हरियो र केही कालो भागले सारा चित्रको ध्यान केन्द्रित गरिदिन्छ । र, आफू हुनुको अस्तित्वबोध गराइदिन्छ ।

को हुन् चित्रकार अक्सेली गलेन केलेला ?

अक्सेली गेलेन कलेला

फिनल्यान्डका प्रख्यात चित्रकार हुन् केलेला । उनलाई राष्ट्रिय नायकसमेत मानिन्छ । उनी आफूलाई फिनिस र कट्टर फिनिस भनेर चिनाउन रुचाए पनि उनलाई प्रेम गर्नेहरु देशबाहिर पनि उत्तिकै छन् ।

फिनल्यान्डको पश्चिमी तटको सहर पोरीमा १८६५ मा जन्मिएका अक्सेलीले युवावस्थामा नै फ्रान्सको पेरिस पुगे । उनले त्यहाँ आफ्नो मनपर्ने चित्रकला सिके । त्यहाँ उनले पेरिस मात्रै बसेर धेरै कुरा बुझ्न नसकिने पाएपछि उनी अफ्रिकी मुलुकको यात्रा गरे । उनी अमेरिका र युरोपका विभिन्न मुलुकसमेत पुगे ।

विदेशयात्रापछि उनलाई आफ्नो मातृभूमिप्रतिको आस्था र प्रेम अझ बढेर गयो । उनले बनाएका चित्रकलाहरु लिएर विभिन्न मुलुक पुगे ।

त्यसो त उनी चित्रकार मात्र होइन, आर्किटेक्ट, गहना तथा टेक्सटाइलका डिजाइनरसमेत थिए । उनको सम्मानमा फिनल्यान्डले एउटा बेग्लै संग्रहालयसमेत बनाएको छ ।

[embedyt] https://www.youtube.com/watch?v=-VlqmhRTb0E[/embedyt]