Chovar Blues Mobile Size

प्राचीनकालमा मानिसहरूको दैनिकी कस्तो हुन्थ्यो होला ? यस्तै यस्तै कुरा कल्पेर बस्ने बेलायती कलाकार तथा इलुस्ट्रेटर हेनरी राइल्यान्ड (१८५६-१९२४) ले आफ्नो कल्पनाशीलतालाइ खुब प्रयोग गरे । आज हामी तिनै कलाकारको प्राचीन समयका महिलाहरूको जीवनशैली झल्काउने चित्रकला अवलोकन गर्नेछौँ ।

उनले समय समयमा विभिन्न कला प्रदर्शनीमा प्रदर्शन मात्र गरेनन्, त्यो बेला राम्रो प्रतिक्रियाहरूसमेत पाउँथे । उनले प्रायः नियो क्लासिकल चित्रहरू बनाउने कुरामा जोड दिन्थे । उनले जीवनमा धेरै पुस्तकहरूका लागि आवरण चित्र बनाउनुका साथै पुस्तकभित्र सुहाउँदिला स्केच वा इलुस्ट्रेसनहरू पनि बनाएका थिए ।