हरिवंश आचार्य अर्थात महको ‘ह’ । उनका बारेमा खासै धेरै लेखिरहनु पर्दैन । उनको नाम मात्रै पनि काफी हुन्छ उनको परिचयका लागि ।

नेपाली हास्यव्यंग्यमा नाटकबाट उदाएका कलाकार आचार्यको कला क्षेत्रको सिमा केवल नाटकले मात्रै निर्धारण गर्न सकेन । उनले जे जे गरे, सबैमा जमे । उनी फिल्ममा जमे । उनी व्यंग्य वा गाइजात्रामा जमे । उनी आवाज मार्फत गरिने व्यंग्यमा जमे । उनी टेलिभिजनका सिरियलमा जमे । उनी रंगमञ्चका सबै क्षेत्रमा जमे ।

व्यवसायिकताका लागि नभए पनि उनी गायनमा पनि खुब जमेका छन् । उनले स्वर दिएका गीतहरु नेपाली दर्शक स्रोताले असाध्यै रुचाएका छन् ।

हरिवंशद्वारा सिर्जना गरिएका ‘चिना हराएको मान्छे’ आत्मकथा र उपन्यास ‘हरिबहादुर’ प्रकाशित छन् । यी दुवै पुस्तक निकै रुचाइएका छन् ।

यसैले भन्न सकिन्छ, हरिवंश आचार्य जे गर्छन्, दर्शक र पाठक त्यो कुरा रुचाउँछन् ।

लामो कलाकारिताको यात्रामा उनले अभिनयका क्रममा धारण गरेका रुपहरुको सूची निकै लामो छ तर यहाँ हामीले तिनै हरिवंशका अभिनयका क्रमका एक दर्जन रुपहरु समेटेका छौँ ।