रूसी प्रेमिल चित्रकारका रूपमा चिनिने इभान एभाजोस्कीका चित्रहरू यस पटक हामीले प्रस्तुत गरिरहेका छौँ । गएको साता अर्थात् जुलाई २९ मा उनको जन्मजयन्ती थियो ।
१८१७ जुलाई २९ मा जन्मिएका इभानलाई मरिन आर्ट अर्थात् सामुद्रिक कलामा पोख्त कलाकारका रूपमा मानिन्छ । सेन्ट पिटर्सबर्गको इम्पेरियल एकेडेमी अफ आर्टमा अध्ययन गरेपछि उनी जीवनको अधिकांश समय क्रिमियामै रहे । उनका चित्रकारितालाई प्रख्यात लेखक एन्टोन चेखभले समेत प्रशंसा गरेपछि उनको उचाइ निकै बढेको थियो ।
उनको ख्याति रसियन एम्पायरमा मात्र नभई अन्य मुलुकमा पनि उत्तिकै थियो । उनका चित्रहरूले यतिबेला रूस मात्र होइन, युक्रेन तथा अर्मेनियाका संग्रहालयमा समेत शोभा बढाइरहेका छन् ।
आज हामी उनका सामुद्रिक कला अवलोकन गर्नेछौँ । यहाँ प्रस्तुत गरिएका अधिकांश चित्रहरू उनी क्रिमिया रहँदाका बेला बनाइएका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।