अफ्रिकी मुलुक घानाका कोजो मार्फो पहिला मासु बेच्थे । अचेल उनले गाईको मासु बेच्न छाडिदिए । आफूमा भएको पेन्टिङ कलालाई निखार्दै संसारलाई गाईको महत्त्व बुझाउन खोजिरहेका छन् ।

काजो मार्फो भन्छन्, ‘गाईले सभ्यता बनाउँछन् । घानामा हाम्रा खेतमा गाईले हलो जोत्छन् । घानामा तपाईंसँग तीन वटा गाई छन् भने विवाहका लागि सुन्दर महिला पाउन सक्नुहुन्छ ।’

घानाको ग्रामीण षेत्रमा जन्मिएका कोजोलाई उनकी आमा र हजुरआमाले गरे । कामको सिलसिलामा न्युयोर्क पुगेपछि उनी गाईको मासु बेच्ने कसाही भए ।

४१ वर्षीय कोजो भन्छन्, ‘म हरेक दिन गाईको मासु काट्थेँ । म काम गर्ने ठाउँमा भित्तामा कसरी गाईको मासु काट्ने भनेर सिकाइएको चित्रहरु टाँगिएका थिए ।’

गाई काट्ने र त्यसको मासु बेच्ने कलामा उनी पारंगत भएपछि त्यही मासुले उनलाई चित्रकला र क्यानभाससम्म पुर्यायो । अचेल उनको कामलाई धेरैले प्रशंसा गर्न थालेका छन् ।

गाईसँगै उनी स्त्रीशक्ति पनि चित्रमा उतार्न रुचाउँछन् । सन्तान हुर्काउन आमाहरुले गर्ने संघर्षका कुरा पनि उनी पेन्टिङमा उतार्ने गर्छन् ।

हुन त उनी घानामा जन्मिए तर उनका पेन्टिङको झलक चाहिँ अन्य अफ्रिकी मुलुकको पनि आउने गर्छ ।

पेन्टिङ मार्फत् उनी छिन्नभिन्न अफ्रिकी समाजलाई जोड्ने उनको महत्त्वाकांक्षा छ ।

आउनुस् हामी पनि उनका चित्रकलाको स्वाद लिऔँः