५०० वर्षअघि बनाइएको एउटा मैनमूर्तिमा मूर्तिकारको औँलाका छाप देखिएपछि सो छाप कसको होला भनी खोजी भइरहेको छ । पुनर्जागरणकालका प्रख्यात चित्रकार तथा मूर्तिकार माइकेलेन्जेलोका औँलाका छाप ती मैनमूर्तिमा भएको हुनसक्ने अपेक्षा शोधकर्ताहरूको छ ।
सेक्रेट्स अफ द म्युजियम नामक बिबिसी टेलिभिजनको कार्यक्रममा शोधकर्ताहरूले मूर्तिमा भएका औँलाछाप नै भएको जिकीर गरेका छन् ।
यतिबेला भिक्टोरिया एन्ड अल्बर्ट म्युजियम लन्डनमा राखिएको माइकेलेन्जेलोले बनाएको ठूलो तर अपूरो मूर्तिमा भएका औँलाछाप माइकेलेन्जेलोको भएको उनीहरूको दाबी छ ।
द स्लेभ (दास) नामक सो मूर्तिलाई सन् २०२० को वसन्त याममा बन्दाबन्दीका बेला मुख्य प्रदर्शित ठाउँभन्दा चिस्यानयुक्त ठाउँमा सारिएको थियो । त्यो बेला जब सफाई कर्मचारीहरुले पहिले कहिल्यै नदेखिएको औँलाछाप देखियो, सबै चकित परे । यसपछि यसबारेमा बिबिसीले कार्यक्रम नै बनायो ।
केही अध्येताहरूले यो छाप माइकेलेन्जेलोकै हुनसक्नेतर्फ इंगित गरेका छन् ।
सन् १५६४ मा रोममा ८८ वर्षको उमेरमा उनको मृत्यु हुनुअघि उनले आफ्ना कयौँ मूर्तिहरू फुटाएका थिए । मूर्ति मात्र नभई कयौँ पेन्टिङ, चित्ररेखा लगायतमा आगो लगाएका थिए । विशेषज्ञहरूले भनेका छन्, ‘उनले आफूले बनाएका पेन्टिङ र अन्य चिज ध्वस्त बनाउनुका पछाडि तिनको नक्कल नबनाइयोस् भन्ने उनको पक्ष हुनसक्छ ।’
धेरै कुरा सकिए पनि यदि यो उनको फिंगरप्रिन्ट हो भने सो प्रिन्टबाट धेरै कुरा बुझ्न सकिने वैज्ञानिकहरू बताउँछन् ।
दास शीर्षकको यो मूर्तिमा फेला परेको फिंगरप्रिन्ट र यसअघि ‘टु रेस्लर्स’ शीर्षकको मूर्तिमा फेला परेको औँलाछाप एकै भए नभएको जाँच गरिने बताइएको छ । यसअघि टु रेस्लर्समा पनि औँलाछाप फेला परेको थियो र त्यसलाई माइकेलेन्जेलोकै औँलाछाप मानिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।