नमस्ते म भीम सुब्बा तामाङ । मलाई कसैकसैले बाबु साइँला पनि भनेर बोलाउँछन् ।
चित्रकला मेरो रूचिको विषय हो। मैले यसैलाई पेशाको रूपमा अँगालेको छु। यसका अतिरिक्त फुर्सदिला क्षणमा म गीत, गजल, कथा र कविताहरू पनि लेखिरहेको हुन्छु । भन्नु नै पर्दा म आफूलाई कला र साहित्यानुरागी भन्न रूचाउँछु। चित्रकला बनाउने विभिन्न माध्यमहरू हुन्छन्, जस्तै जलरङ माध्यम, तैलरङ माध्यम, एक्रेलिक रङ माध्यम। म यी सबै माध्यमहरूमा मागअनुसार काम गरिरहेको छु । पछिल्लो समय वैदेशिक रोजगारीको विषयवस्तुलाई लिएर यो कला सिर्जना गरेको छु ।
देशको प्रतिकूल अवस्थाका कारण लाखौं नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेशीभूमिमा पसिना चुहाउन बाध्य छन्। यही पीडालाई यसपालि मैले चित्रमा एक्रेलिक रङ माध्यममा क्यानभासमा उतारेर साहित्य पोस्टमार्फत यहाँहरूमाझ पनि पुर्याउने जमर्को गरेको छु। रचनात्मक सुझाव र आलोचनालाई मैले सदैव स्वागत गरेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।