साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चित्रकलामा पहिलो खोपको ऐतिहासिक उत्सव

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जानका लागि यतिबेला कोभिड १९ विरूद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाएको प्रमाणपत्र नलिई काममा जान नपाइने हुनाले काठमाडौँको टेकु अस्पतालमा यतिबेला हरेक दिन खोप लगाएको प्रमाणपत्र लिनेहरूको ठूलो भिड लाग्ने गरेको छ ।

काम खोज्दै विदेश जाने मात्र होइन, स्वदेशमै पनि खोप लगाउनु यतिबेला एक किसिमको स्वतन्त्रताको प्रतीक बनिरहेको छ ।

यही अवसरमा हामीले संसारमा पहिलो पटक खोपको आविष्कार भएपछि देखिएको उत्साह विभिन्न चित्रकारितामा कसरी प्रकट भएको छ भनी नियाल्ने प्रयास गरेका छौँ ।

संसारमा पहिलो पटक बिफरविरूद्धको आधुनिक खोपलाई एडवार्ड जेनरले आविष्कार गरेका थिए । सो खोप कसरी आविष्कृत भयो ? संसारकै पहिलो खोप र गाईबीचको सम्बन्ध के छ ? को पहिलो खोप लगाउने व्यक्ति बन्यो ? आदि कुराहरूलाई त्यस बेला बनाएका चित्रहरूले इङ्गित गरेका छन् । यतिबेला ती चित्रकारिता इतिहास नियाल्ने अवसर बन्न पुगेको छ ।

एडवार्ड जेनरको खोपको त्यो बेला खुब विरोध गरिएको थियो । खोपको प्रभावकारिता उच्च रहेको तर यसप्रतिको विरोध पनि सोही स्तरमा रहेका कारण त्यस बेला सरकारी तथा गैरसरकारी तहबाट नै खोपको लोकप्रियताका लागि चित्रकलाको उपयोग गरिएको थियो ।

आउनुस्, झण्डै दुई सय वर्षअघि भएको खोपको आविष्कारलाई चित्रकलाले कसरी उत्सवझैँ मनाएको थियो, सो कुराको अवलोकन गरौँः

As history tells it, young Edward Jenner heard a milkmaid brag that having cowpox made her immune to smallpox. And years later, as a doctor, he drew matter from a cowpox pustule on the arm of a milkmaid to vaccinate a young test subject (depicted in the drawing above). A researcher now weighs in on the veracity of the milkmaid stories.

(Original Caption) Edward Jenner vaccinating James Phipps, a boy of eight, May 14, 1796. Pus from the hand of Sarah Nelmes, a dairy maid, was used. Artist unknown. Undated illustration.
प्रतिक्रिया
Loading...