साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता- मनमा मडारिएको अदृश्य बादल 

आकाशतिर फर्केर काकाकुल मन
जब ठाडो घाँटी लाउँथ्यो माथितिर
अमृतजल वर्षाएर बादल मुस्कुराउँथ्यो
बादलहरु त आकाशमै शोभायमान देखिने
बिनासित्ती भू-तलमा नआउनुपर्ने
वर्षिएपछी स्निग्ध हुन्थ्यो सगर
जसरी तृप्तिले रमाउँथे जीवात्मा
केले बिथोलीरहेछ बादलहरुलाई
किन छोप्न आईरहेछन् छपक्कै धर्तीलाई
अनायास मान्छेको सातोपुत्लो टिप्न
असत्ति अदृश्य बादलहरु !
निर्दयी समयका विषाक्त बादलहरुले
गाउँ,शहर,वस्तीहरुमा नेपथ्यबाट
महामारीको क्षेप्यास्त्र हानीरहँदा लाग्छ
रहर नपुग्दै जीवनभोगको
कुनबेला जानुपर्नेहो बादललोक
आजकल कोलाहलमा बाँच्दैनन् हाटबजार
मुर्दाशान्ति व्याप्त नगरहरु
एक्लो सन्नाटाग्रस्त
जिवनका उत्सव,महोत्सवहरु
कालको सिर्कनो बोकेर अदृश्य बादल
घरबाहिर रगरगी मडारिँदोछ
मान्छे समयको साँघुरो किल्लामा
जबर्जस्ती कैदी बनेकोछ घरभित्र l

सिन्धु पौडेल
बालबाल बाँचिरहेछ मान्छे त्रासै-त्रासमा
अदृश्य कपटी बादल छेडीरहेछ बेखबर
युद्द विभीषिका जैविक अस्त्रले
आँखै अगाडिको आफन्ती लाश नदेखिने
कस्तो निर्मम बादल लाग्यो भूमण्डलमा
यो त्रासदीपूर्ण समयको कठघरामा
मान्छेका हात,पाउ ठिंगुरिएकाछन्
दिनहुँ मृत्युका खबरहरु ढोका ढक्ढकाउँछन्
मुर्दाघाटमा ठाँउ नपाएर
वेवारिसे बनेका लाशहरु
अदृश्य बादलको घुम्टो ओढेर ब्रम्हनिल हुन्छन्
गगनमा सादृश्य मडारिने बादलले
अमृत वर्षाउँदोरहेछ
मनमा अदृश्य मडारिने बादलले
जीवन तर्साउँदोरहेछ l
प्रतिक्रिया
Loading...