अमेरिकाको कोलोराडोमा सन् १९६२ मा जन्मिएका जोनाथन फ्राङ्क प्रकृतिप्रेमी कलाकार हुन् । उनको घर छेउमै रहेको कोलोराडो नेसनल वाइल्ड लाइफ रेफ्युज सेन्टरका कारण उनमा उत्पातै प्रकृति प्रेम उम्लिएको थियो । फुर्सद हुनेबित्तिकै उनी साइकल चलाउँदै त्यहाँ पुग्ने गर्थे र कोलोराडो नदी किनारमा घण्टौँ बसेर त्यसको सुन्दरता निहारी बस्थे ।
कोलोराडोमा नै रहेको ग्रान्ड क्यानयोन उनको अर्को मनपर्ने स्थल हो ।
पछि उनी कोलोराडोबाट बसाइँ सरी डेनभर पुग्दा उनी त्यहाँको सुन्दरताले यति मोहित भए कि त्यहीँ आफ्नो स्थायी बसोबास बसाए ।
हिजोआज चाहिँ उनी उटाह सरेका छन् । त्यहाँ पनि नजिकै आर्चिज नेसनल पार्क छ र सो पार्कबाट उनी प्रशस्त प्रेरणा लिने गर्छन् ।
यहाँ हामी उनका सुन्दरतम ग्रान्ड क्यानोनका जलरङ अवलोकन गर्नेछौँ ।