साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म तर्कबाट पराजित हुने स्त्री थिइनँ, तर दारण्यको प्रेमले हराइदियो

प्रिय कहानीकार ! म तिम्रा अगाडि एउटा कटुवाणी छाडेर जाँदैछु । तिम्रो ज्ञाता वा तिम्रो विद्वत्ताले तिमीलाई अनुमति दिनेछ भने अवश्य कुनै नारीसँग कामुकताको उत्सवमा सहभागी हुनु वा उसलाई जबरजस्ती  भए पनि उतार्नु ।

आफ्नै रूपको जालले आफैँलाई मार्ने निधोमा पुगिसकेकी छु । पञ्चवटीमा बस्दा मैले धेरै समस्याहरूसँग मित्रता गास्नुपऱ्यो । आफ्नो गर्वमा पिताको नामसमेत दिन नसकेकी सन्तानलाई मैले आफ्नो स्वप्नसरि सजाइरहेकी छु । म एक राजकुल धारिणी नारी हुँ । सोच्दा पनि आफैँमा कलङ्किनी हुनुको कोलुसा जागेर आउँछ । एक नजरले सोच्छु कि म त्यहीँ सीता हुँ । जसले रामको अयोध्यालाई त्याग गरेकी थिइनँ तर म यो कुरा कसरी सोचिरहेकी छु, आफैँमा नै अज्ञात छु । म त आफ्नै खुसीले राजत्याग गरेकी नारी होइन क्यारे नि ? मलाई त कामुकताको उत्सवले राजनिकाला गरियो; राष्ट्र निकाला गरियो ।

अगम्या हुनु समानको दोषलाई मैले स्वीकार गरिसकेकी छु । जुन पुरुषको शय्यामा मेरो योनीले तनदेखि वतन सम्मको शान्ति पायो मैले नै उसको हत्या गरिदिएँ । शान्त सङ्गीतलाई परिवर्तन गराएकी छु । कुनै तन्नामा लत्पतिएको रगतको दागसँग । म त्यो दिन पनि फेर्न चाहन्थ्ये आफ्ना भाग्यलाई । मैले त्यो पुरुषलाई बचाउन यी आफ्नै गर्वको हत्या गर्न म कहाँ र किन चुकिनँ हँ ?

दोष मेरो नै थियो त्यसबेला पनि । मैले नै भाग्यमा आएको सुन्दर चिजलाई परिवर्तन गराउन खोजेँ ।

***

नौगढकी राजकुमारी रत्नप्रभासँग मेरो मित्रता गाँसिएको छ । तन, वतन दुवैसँग । मलाई सम्बन्धको धागालाई गास्न आउँदैन् । सम्बन्धको सुरुवात र अन्त मेरा लागि एकै समान हो । अति धृणित नारी हुँ म । सम्बन्ध त तब टिक्दो रहेछ जब घेराबन्दीमा रहेको दासताबाट उन्मुक्तिको श्वास फेराउन कोही तिम्रो हात थाम्न चाहन्छ भने ।

इलैया पाठक

नारी, नारीत्व अनि कुमारीत्व । प्रथम भेटको आशालाई मैले कदापि जगाइन । हो मैले कहिल्यै जगाइन तर आफैँ जाग्यो त म के गरूँ ? मैले प्रथमपटक रत्नालाई निवस्त्र देखेँ बन्द कोठामा । जहाँ म उनका सामु सुन्दर आभुषणले सजिएर रहेकी छु ।

“सखी ! तिमीलाई यौवनको आनन्द जाग्दैन यसरी म निवस्त्र भएर उभिँदा पनि ?” यौवनको अङ्कुरणसहितको यो पहिलो वाक्य नै रत्नाको थियो ।

“अहँ ! जाग्दैन ! ” मैले छोटो उत्तर दिएँ । उनी पूरै निराश भइन् । सायद उनले मबाट केही चिजको आशा राखेर यी वाक्यहरू सुनाएकी थिइन् होला ।

केही समयका लागि कोठाका वायु प्रवाह पनि शान्त रह्यो ।

उनले नै भनिन् , “तर मलाई त कामुकताको आभास जागिसकेको छ सखी । तिमी मेरो वाणीको तात्पर्यलाई बुझ्ने चेष्टा गर बिन्ती छ ।”

हो बिन्ती छ । म बुझ्ने चेष्टा गर्छु तर बुझ्न नै सक्दिनँ भने म के गरूँ ?

“क्षमाप्रार्थी छु सखी ! धारणाको तात्पर्यलाई निर्विकल्प शब्दमा ढाल्ने प्रयत्न गर । म अवश्य नै तिम्रो कल्पलाई शिरोपर गर्नेछु ।”

“अवश्य नै मेरो कुरालाई मान्ने छौ नि ?” रत्नप्रभा अति नै उत्ताउली भइन् । रातको मधुर अन्धकारले बाहिर ढाक्दै आएको छ । मलाई राजदरबार जान ढिलो हुनेछ । यदि उनी आफ्नो धारणालाई दर्साउन विलम्ब गर्छिन् भने ।

“हो सखी ! म तिम्रो कुरालाई अवश्य स्वीकार गर्नेछु । जगद्धारा  साक्षी छन् ।”

सन्ध्याकालको आराधना सुरु भैसकेको छ । कपुरको मिठो सुगन्ध मालीको उघानबाट आएको पुष्पलतासँग मिसिँदै मेरो स्पर्शलाई निर्मम तवरले प्रहार गरी मलाई मोहको दामरी लगाउन चाहन्छ ।

“बिन्ती छ सखी ! यो वाणीमा कटुता नजागोस् । हरेक पुरुषले झैँ मैले पनि आफ्नो कामुकतालाई आफ्नो सखीसमक्ष व्यक्त गरेकी हुँ । म केवल तिम्रो हातको उपभोगबाट मेरा कामुकताका मदलाई शान्त गराउन चाहन्छु ।”

त्यो रात जगद्धाराको वचनअगाडि म पूर्ण हारेँ । उनले नै मेरो कपाणलाई वायुको स्पर्शसँग मिलाइदिइन् । मेरो वक्षस्थल ढाकेको कञ्चुकी(चोली)लाई उनको हातले खोलिदियो । उसरी नै कण्ठश्री (घाँटीमा लगाइने माला ) देखि शिरसम्मको गहना उतारियो । जसरी एक बहुलठ्ठी पनमा उत्रेको पुरुषले नगरवधूको चण्डातक (छोटो पेटीकोट) खोली उनलाई निवस्त्र बनाउन चाहन्छ । उसरी नै म रत्नप्रभाका अगाडि स्त्रीसदृश भएर उभिएँ ।

द्वारमा कोही उभिरहेको छ । मेरो प्रतीक्षाका लागि तर रत्नप्रभा चाहन्छिन् यो रात उनको शरीरमा एक स्त्रीले सम्भोग गरोस् भनेर । उनी सैनिकका अगाडि पूरै इन्कार गर्दछिन् कि मेरो प्रस्थान फर्कनका लागि राजदरबारतर्फ कदापि हुने छैन भनेर ।

त्यो रातको अवयवमा मात्र सफल राजर्षिको जस्तो चमक थियो रत्नप्रभाको मुहारबिन्दमा । श्वेत मांसपेशीमा उनको नरम हातले मलाई शय्यामा ढलाइदियो ।

धागाको धारले शब्दलाई टुक्राटुक्रा पार्न नसकेझैँ गुनासो र खोटले पनि आफ्नो कृत्रिम जडित धमरबाट पछाडि हटेन । दुई पिँडौलाको कापमा अहङ्कारको प्रतिरूपलाई मैले त्यो रातभरि सहिरहेँ । नथाक्ने रहेछ स्त्री यौवनहरू । म कठपुतली बनिसकेकी छु । मेरा वक्षस्थलमा, उनको वक्षस्थलमा, मेरो योनीमा, उनको योनीमा, मेरा ओठ, अधर र कण्ठमा । उनको ओठ, कण्ठ अधरमा । केवल नाङ्गो हातको स्पर्श छ । अनि त्यो यौवनको चिप्लो घसाइमा ।

***

प्रेमको विषयमा अति नै मिठो कहानी सुन्नमा आएको छ । सिंहल द्वीपका राजा गन्धर्वसेनको पुत्री पद्मावती र चित्तौड गढको राजा रत्नसेनको तर त्यहाँ राज्यलाई टुक्राउने अहितकारीले आफ्नो जग नबसालेका भने होइनन् । राघवको षड्यन्त्र र नागमतिको वियोगान्तका अगाडि अपूर्व प्रेमगाथा फिक्का लाग्ने रहेछ ।

सम्बन्धित पोस्टहरु

म अपवित्र मान्छु नौगढकी राजकुमारी रत्नप्रभालाई । यो सम्भोगको वासना हो । जागृत गराउनेलाई श्राप छ । यदि चरित्रकै कोलुसा देखाउने हो भने रत्नाले मेरो उपभोग अगिसरा बनेर नै गरिन् । सायद उनको नजरमा म उनको शय्यागामिनी सखी हुँ । ‘दोष त त्यो क्षुद्र कृष्णको पनि थियो नि खै उनलाई त पाप लागेन क्यारे !’ रत्नप्रभाको यो धारणालाई कृष्णको कामुकताको अगाडि छर्लङ्ग देखिन्थ्यो । सत्य हो हामीले चाहिँ कुन महापाप गरेका हौ र ? कृष्णले सहस्र गोपिनीहरूका अगाडि नाङ्गै उभिएर प्रेम प्रदर्शन गर्न हुनुमा हाम्रो पापमात्र दखाउनुलाई म देवहरूको विधानमा थुक देखाउछु । अहो ! क्षमाप्रार्थी गणहरू ! मेरो अश्लील क्रियाले सारा जगत्‌को मानको बेइज्जती गरायो ।

वसन्त पञ्चमीको एक मासपछि मैले एक पुरुषसँग क्रीडा गरे । आफ्नै सुसारेसँग हो । मलाई लत लागिसक्यो क्रीडा उठाउनमा । रात, निवस्त्र, पुरुष, शय्या । अहो ! यो नै राजधिकारीहरूको वास्तविक रूप हुन क्यार !

वनायुका राजकुमार दिवोदाससँग मेरो विवाह सम्पन्न भयो । अहङ्कारले जागेकी नारीमा पुनः एक पुरुषले आफ्नो समाधि लिन चाह्यो ।  विवाह गर्नुमा मेरो नै जिद्दी थियो । म चाहन्नथेँ कि हरेक रात फरकफरक पुरुष ग्रहण गरी आफूलाई वेश्या बनाऊँ । प्रथम रातमा नै दिवोदासलाई थाहा भयो कि उसको भार्या कुमारी नरहेकी हुन् भनेर ।

ऊ निराश छ । उसको भार्याको व्यवहारका अगाडि तर के अब ऊ मेरो अपमान गर्न सक्दछ ? अहँ सक्दैन । के ऊ मेरो हत्या गर्न सक्छ ? अहँ सक्दैन ?

दारण्यका अगाडि दिवोदासको रूप फिक्का लाग्यो । जब मैले उसलाई पहिलोपटक देखे । अनि भूल गरेँ दिवोदाससँग विवाह किन गरिछु भनेछ । छिः कति कुरूप छ दिवोदासको अनुहार । कति कुरूप छ उसको हाँसो । लाग्छ भद्दा नजर छ उसको चक्षुमा । यो विवाहको रवाइँले आफ्नो पूरै जीवनलाई नरक बनाइसकेँ मैले । हो, दारण्यको रूपले मलाई मार्न चाहन्छ । उसको शरीरमा टाँगिएको अर्धवस्त्र पनि मेरो सहन गर्न सक्ने क्षमतालाई गिराउन पर्याप्त छ ।

मैले दिवोदाससँग कुरा चलाए दारण्यसँग जलविहारका लागि जाने भनेर । उसको भद्दा नजरले कुरूपताको हाँसो हाँस्यो । पञ्चवटीको राजकुलमा मेरो नारी सुलभ अति नै झल्कियो । त्यहाँका पुरुषका अगाडि । केही नखरा पारी  उनीहरूको वीर्यलाई गिराउनु जत्तिको आनन्द र चैन सायद कमै स्त्रीहरूले नगर्लान् तर मेरा लागि पितासमान गरुहरूको नजरमा पनि यौवनको परिभाषा दिन सङ्कोच लागेन ।

समयसँगै ममा दिवोदास प्रति अनास्था जाग्दै गयो । दारण्यसँग मैले बिस्तारै सम्बन्ध बढाए । गुपचुप गुपचुप । मलाई लाग्न थाल्यो  । यदि दिवोदासको हत्या गरिदिएँ भने मैले अवश्य नै दारण्यलाई प्राप्त गर्नेछु । दारण्यलाई लाग्छ कि उसकी विवाहिता अभिसारीकालाई भगाउन ऊ तत्पर छ ।

मैले दारण्यले निम्तो दिए । राजभोजका लागि, महाभोजका लागि, अनि शय्यासम्मको सम्भोगका लागि । एकपटक होइन, पटकपटक । हो हरेकपटक, म हार्न चाहन्छु उसको कामुकताको उत्सवका अगाडि । म हराउन चाहन्छु उसलाई मेरो कामुकताको उत्सवका अगाडि ।

वस्त्र ? के आवश्यक छ यो दरियाका लागि । यी वस्त्र मात्र अङ्ग छोप्नका लागि निर्मित साधन हुन । किन बुझ्न चाहेनन् यो वस्त्र निर्माण गर्नेले कि वेश्याका लागि वस्त्र आवश्यक छैन भनेर तर के विदुषी गार्गी पनि त नाङ्गै हिँड्थिन् नि आफ्ना कुलगरुहरूका अगाडि । राजा जनकका अगाडि तर उनी त वेश्या थिइनन् त ?

हो, वस्त्र मलाई झन्झट लाग्छ यो पहिरन र उतार्नमा । मैले दारण्यको रूपलाई देखेको छु, स्पर्श गरेको छु र गन्ध लिएको छु । हात पुगेको छ मेरो उसको हरेक अङ्गमा तर ऊ लजाउँछ मेरा अगाडि । मेरो यौवनका अगाडि । मेरो कामुकताको उत्सवका अगाडि ।

भूल गरे हरेकपटको उत्सवमा उसलाई आमन्त्रित गरेर । उसलाई आफ्नो ठानेर । उसका निम्ति एक पुस्ताको रचना गर्न अनुमति दिएर ।

***

आफ्नै अपराधले मैले आफ्नै कवच टुटाएँ । शय्यामा लडिरको दिवोदासको मृत शरीर । मेरो कोखमा पलिरहेको दारण्यको गर्व । म दोषी हुँ किनकि म आफ्नै पतिको हत्यारिणी हुँ तर भूल मैले के नै गरेकी हुँ र ? जुन कुराबाट म आजित छु मात्र मैले छुटकारा पाएँ । उसको भद्दा नजर देखि उसको कुरूप सोचाइदेखि अनि उसको कुरूप उत्सवदेखि ।

आँखामा आँसु टिल्पिलाइरहेको छ । मेरो अपराधको भार दारण्यले लिएर ऊ आफ्नो सन्तानलाई जन्म गराउन चाहन्छ । मैले त्यसै गरेँ । आफ्नै पतिको रगतको आहालमा टेकेर मैले उनलाई नाघेँ । जुन नघाइ ऊ हरेकपटक मेरो नाङ्गो शरीरमाथि गर्थ्यो । मैले मात्र एकपटक नागेँ तर उसको मृत शरीरमाथि ।

अनि वनको बाटो हुँदै  कुञ्जला भन्ने यो सानो नगरमा आइपुगे । अति स-साना कुराहरू पनि मेरा निम्ति अति नै असह्यकारी भैदियो । मेरा निम्ति अब दारण्य अजनबी समान भैसकेको छ । त्यहीँ अजनबी जो सन्ध्याकालमा आफ्नो प्रबल शक्तिका साथ मेरा अगाडि आएको थियो अनि त्यसरी नै रातको मध्यान्तर नहुँदै अस्तु भएर गैदियो ।

म तर्कबाट पराजित हुने स्त्रीमा थिइनँ तर दारण्यले आफ्नो प्रेमका साथ मलाई हराइदियो । रवि किरणसँग आइरहेको सम्बन्धको धागाले फेरि पनि मलाई हराइदियो ।

कुञ्जलामा मेरो नाममा एक खत खस्यो । म हतारहतार कुञ्जलाको नगरमा पुगेँ । बढिरहेको बच्चाको भारमा अब त्यो पत्रको भारले पनि मलाई विवश गराइदियो, विश्राम गर्नका लागि । कुनै वस्तुको चाह राख्नु आकर्षण हो तर त्यही वस्तुलाई बारम्बार चाहन्छौँ भने त्यो अवश्य नै प्रेम हो । कुनै कामुकताको उत्सवले एउटा प्रेमरूपी पत्र मेरा अगाडि फ्याँकिदिएको छ । अबको आफ्नै जीवन या मृत्युको एकै उत्तर उनलाई आफैँले दिनुपर्नेछ ।

“प्रिय सखी रोहिणी !

कामुकताले जगाएको त्यो पहिलो रातमा मैले तिम्रो उपभोग गरेँ । मोहको अन्नत रूपले मलाई अझैसम्म पनि गालिरहेको छ । आजसम्म मैले जे जति पुरुषसँग सम्भोग गरेँ, मात्र उनीहरूसँग रात कटाउनु सिद्ध भयो । ती पुरुषहरू आजसम्म पनि मलाई देखेपछि मुसुक्क मुस्कुराउँछन् । मलाई देखेर र त्यो रातलाई समझेर अनि आफैँ आफैँ गलेर तर म सम्झन चाहन्नँ कि मैले ती पुरुषहरूसँग रात कटाएँ भनेर । म सम्झन चाहन्नँ उनीहरूको कष्टकर यादहरू । मैले तिम्रो अभावलाई अझैसम्म खेपिरहेकी छु । आजसम्म मेरा लागि जे जति वर बनी पुरुषहरू मेरा अगाडि उभिए । केवल ती मिथ्या समान ठहरिएका छन् । मलाई कुनै पनि पुरुषको दासत्व स्वीकार गरी उनीहरूको शरीरमा आफ्नो यौवन चढाउनु छैन । अझ स्पष्ट भन्नुपर्दा मलाई पुरुष नामबाट नै घृणा जागिसकेको छ । पिताजीको अन्तिम चाह उनको पुत्रीले सकुशल जीवन सम्हाल्न सकोस् भन्नेमा छ । प्रिय सखी ! यो कामुकताको उत्सवलाई म पुनः दोहोऱ्याउन चाहन्छु । मैले नै सुरुवात गरेको त्यो छलकारी सम्बन्धका अगाडि म पूरै हारिसकेँ । दिवोदासको हत्यामा तिमीले महाराजका सामु दारण्यलाई उभ्याएकी रहिछौ तर तिमी किन यति अज्ञात बन्न सकेकी ? के दारण्यसँगै तिमी पनि त्यो दरबारमा भएकी भए महाराजको नजर तिमीमा पर्ने थियो र ? अब सत्यको खुलासा भएको छ । तिम्रो पितामहाराज र तिम्रो माइती राज्य अहिले बन्दीमा छ । चाँडै नै कुञ्जलामा तिम्रा निम्ति मृत्युको खबर आउनेवालामा छ तर तिमी धैर्य राख । स्त्री नै कामुकताको जननी हो र अन्त पनि । जुन रूपले दिवोदासको हत्या गरेको छ । हुन सक्छ स्वयंवरालाई ढाकेर म तिम्रा निम्ति मैदानमा उत्रन चाहन्छु । तिम्रो राज्यका निम्ति अभिशाप भनेर !

तिम्री सखी
रत्नप्रभा !”

जुन कामुकताको उत्सवमा मैले आफ्नै जालमा जालिन पुगेकी छु । हुन सक्छ । यसको समाधान मेरै मृत्युसँग लुकेको छ । जुन कुराको प्राप्तिका लागि हामी आफैँसँग लडिरहेका छौँ । यदि त्यो चिज नै छैन भने ? अहो ! मैले त अझैसम्म सुनेको प्रेमको विषय त पद्मावती र  राजा रतनसेनको मात्र रहेछ । आखिर सबैको मृत्युको रजाइँ त राघवसँगै लुकेको मैले किन त्यो समयमा भुलेँ ?

प्रिय कहानीकार ! म तिम्रा अगाडि एउटा कटुवाणी छाडेर जाँदैछु । तिम्रो ज्ञाता वा तिम्रो विद्वत्ताले तिमीलाई अनुमति दिनेछ भने अवश्य कुनै नारीसँग कामुकताको उत्सवमा सहभागी हुनु वा उसलाई जबरजस्ती  भए पनि उतार्नु । चाहे मैले जसरी नै किन तिमीले पनि उत्सव धारिणीको हत्या गर्न नपरोस् । तब मात्र बुझ्दछौ ‘तिमी मेरो वास्तविक पीडा ।’

एक कोलुसा धारिणी हत्यारिणी रोहिणी |

प्रतिक्रिया
Loading...