‘कृष्णका नाममा केही दिनुस् हजुर ! भगवान्का नाममा दुई–चार रुपियाँ !’
‘डाम्नो बुढो आफ्नो ठाउँमा बस्न छोडेर किन यहाँ हाम्रोतिर आउँछ, अगाडि–अगाडि अरूलाई छेक्न ? जति भन्दा पनि नलाग्ने मर्न नसकेको बुढो !’

नेपालको कासी भनेर चिनिने देवघाटस्थित वेद पाठशाला परिसरअगाडिबाट काली गण्डकीकिनारतिर झर्ने बेलामा एक जना आमैले हामीसँग पैसा मागिरहेका समवयी बाबैलाई फतफताउँदै गरेको सुनेँ । जीवनका अन्तिम दिन गनिरहँदा पनि जिन्दगीमा असन्तुष्टि भने बाँकी नै हुने रहेछ ।

साक्षी किनारामा चारवटा बुलाहा थिए, बसेका । एउटाले भर्खरै खोसेको सुन्तला समातेको, अरू त्यो खान पाइन्छ कि भनेर आस गर्दै गरेका । म सोचिरहेको थिएँ– कुन ठाउँमा छैन असन्तुष्टि ? बुद्धत्व पनि सारमा असन्तुष्टिकै एक परिणाम त हो !

‘कता हराउनुभयो कविजी ? अचेल साहित्य लेखाइ के हुँदै छ ?’ सँगै हिँडिरहेका चितवने मित्र अर्जुन पाण्डेलाई मेरो ध्यान मूलबाटोमा नदेखेर पिर प¥यो । म ओरालोमा लड्छु कि भन्ने उनको चिन्ता शब्दमा सुनियो ।

‘लेख्दै छु अलिअलि, चल्दै छ जसोतसो !’ आफूलाई धरातलीय यथार्थमा फर्काउँदै मैले भनेँ ।
‘ए, लु राम्रो, तपाईहरूजस्तो साहित्यकारले लेख्नचाहिँ छोड्नुहुँदैन है !’
‘के छोड्नु, पानीले डुबाउन छोड्छ, आगोले डढाउन छोड्छ ?’ मैले प्रतिवाद गरेँ ।
‘हुन त हो तर …!’ भन्दै अर्जुनजी नपत्याएको भावसहित अघि लागे ।

मित्रलाई मैले आश्वस्त पार्न सकिनँ । सङ्घीयताको खाका स्पष्ट हुनुअघि तीन जिल्ला, तीन अञ्चल र तीन विकास क्षेत्रको जमिनलाई एकै सूत्रले बाँधिरहेको पानीको फैलावट रोकिरहेको बगरमा शालिग्राम खोजिरहेको मलाई मित्रले काली–सेती मिसिएको दहतिर बोलाए ।

‘छिटो आऊँ है कविजी, ढिलो भइसक्यो ¥याफ्टिङमा बसौँ ! यहाँ शालिग्राम खोज्ने–मान्छे कति आउँछन् कति ! तर सबैले भेट्टाउँदैनन् । फेरि सबै काला ढुङ्गा शालिग्राम नै हुन्छन् भन्ने के छ ?’

‘ए, ल ल’ पहिचान खुल्न बाँकी एउटा सानो कालो ढुङ्गा खल्तीमा हालेर ¥याफ्टिङ–बोटमा बसेँ । पारि भीरको फेदमा पवित्र पानीले खोपेर कुनै मान्छेजस्ता, कुनै देउताजस्ता, कुनै राक्षसजस्ता, कुनै जनावरजस्ता नाना आकृति हेर्दै, गन्दै निकैबेर रोमाञ्चित भइरह्यो कवि मन ।

‘साँच्चै सबै ढुङ्गा शालिग्राम हुँदैनन् ! जसको भाग्यमा छ, तिनैले पाउने हो फूल–प्रसाद, तिनैले भनाइमाग्ने हो देउता, चढाइमाग्ने हो भेटी !’ मनले मनमनै भन्यो, ‘कविजीको भाग्यमा चाहिँ के होला पछि ?’

¥याफ्टिङ बोटबाट ओर्लिने बेलामा कविजीको मनमा आयो एक शक्तिशाली कविताको अन्तिम पङ्क्ति –
‘कृपया ईश्वरले तिनीहरुको रक्षा गरुन्,
जो गरिबसँग मोलमोलाइ गर्छन् ।’

बुझ्नेका लागि कविता धेरै शब्द चाहि“दैन ।
भोको घर, सेतो धरती, जनताको भरिया, परेवा सेता–काला, ल्याम्पोस्टबाट खसेको जून, घर फर्किरहेको मानिस, तमोसोत्सव, देश खोज्दै जा“दा, जूनको आगोे, पागल बस्ती, यो जिन्दगी खोइ के जिन्दगी ? आदि पदावलीले सुन्ने–पढ्नेलाई सुरुमै एउटा पूर्ण कविताको सन्तुष्टि दिन्छन् । पाठक–श्रोताको मनमा प्रतिक्रियाको पहिरो जानुअघि थाहा हुन्छ, यी साहित्यिक छन्, यिनमा कविता छ । इमर्सनले त भाÈण पनि एउटा Ôुद्र किसिमको कविता हो भनेका छन् ।

त्यसो त कवितामा हामी सर्जक नै समुद्रमा, खोलामा, तालमा, पोखरीमा वा धारामा टिलपिल पानी देखेर ‘वाह पानी ! क्या पानी !’ भन्दै रमाएजस्तो नियतिबाट अलिकति भित्र पस्न नसकेको हो कि भन्ने समकालीन अनुभूति छ । हावामा भएको पानीको मात्रालाई कम आ“किएको देख्छु अझै ।

सहरमा जताततै मुटुमा ठा“टो जमाउने सघन चीसो छ । मौसमको मिजाज हाइकुलाई खुब काम लाग्ने देख्छु ।
‘निलो जिब्रोमा,
थपक्क झुसिल्किरा,
ओथारो खोज्छ ।’

यही बेला बर्डस् अफ् प्याराडाइज (स्वर्गको चरा) फुल्ने मौसम रहेछ । खङ्ग्रङ्ग पत्करस“गै हावा चुमिरहेको धुलोले मस्तिष्कलाई जति बेला पनि बलात्कार गर्नसक्छ । ओखरपौवा रित्तिएको र प्राकृतिक कुचिकारहरू भोकाएको क्याप्सन माथि हुबहु हुन्छ, खण्डन गर्न नमिल्ने सत्य ।

पारिजातलाई मनपर्ने नीला सिरिसहरू काकाकुल हु“दै छन् । अकविता थपिँ“दै छ । नर्सरी, आइल्यान्ड, होटल, पार्क र घरका कौसीमा रमाउन पुतलीहरू पनि हच्किएको देखेर कविता लेख्न मन छैन । गजल नफुरेको निकै भयो ।

धीरज भट्टराई सम्झिन्छु । भन्छन्– मान्छेलाई सोच दिन सकिन्छ तर सोच्ने क्षमता दिन सकिन्न । रकेट कति माथि जान्छ त्यो रकेटभित्र भएको बारूदमा भर पर्छ । कुनैलाई पुच्छरमा छ्यास्स आगोमात्र लाइदिनुपर्छ, यस्तो भाग्छ कि सोल्टी गायब ! अनि बारुद ओसिएको छ भने जति आगो लाए पनि फुस्स ! मान्छे रकेट हो भने सोच आगो ।

भर्खरै घोÈित उपमहानगर स्मृतिमा आउ“छ । घर आ“खामा टा“सिन्छ, मनुजबाबू मिश्रले लेख्न बा“की हरियो थान्का बनेर । टु“डिखेल वरपर जङ्गबहादुरले ऐँचेको घोडा नाहकमा मात्तिएको छ । विधि कुल्चेर हिनहिनाइरहेको छ । मनुजबाबू मिश्रले आफ्नै अनुहार घाँटीमा पट्टी लाएर जन्जिरमा बाँधेको झ्याप्ले कुकुरसँग तुलना गरेको सम्झिन्छु ।

कवि गोपालप्रसाद रिमालको ‘एक युगमा एकदिन एक पटक अवश्य आउँछ’ भनेको पदावलीसहित आमाको सपना सँगसँगै सम्झनामा आइरहन्छन्, बेला–कुबेला । सम्झिन्छु, धेरैपछि लेखेको एउटा कविता –

‘सडकमा मिल्किएको
रगताम्मे
सेनेटरी प्याड सुँघेपछि
कुकुरले –
उत्तरतिर फर्केर हे¥यो ।

उत्तरतिर छ सिंहदरबार,
उत्तरतिर छ प्रहरी मुख्यालय,
उत्तरतिर छन् पशुपतिनाथ ।
कुकुरले उत्तरतिर किन हे¥यो ?

प्रहरी खोजिरहेछ
निर्मलाको बलात्कारी,
उत्तर आउला कुनै दिन ।’

इनरुवा सम्झिन्छु । सम्झिन्छु परदेसिएको, जतनले सुनगाभा, सन्डे–मन्डे, डिजर्ट रोज रोपेको आ“गन । लाग्छ, हेर्दा–हेर्दै अन्तिम सीमा–स्तम्भ बगाउने ‘अपराधी’ खोला फर्किने दिन नजिकि“दै छ ।

हेटौँडाबाट कवि साम्ब ढकाललाई साÔी राखेर १२ वर्Èअघि भित्र्याएको ‘स्वर्गको चरा’ बीचमा एकपटक आ“गनमै हा“सेको देख्न पाइएथ्यो । बा“स फुलेको झझल्को र कुमारी रहर सधैँ लोभलाग्दो हुने । सेतो–सेतो, नीलो–नीलो, पहेँलो–पहेँलो, हल्का रातो मनमोहक । तर म त आकासेप्रेमी हु“ ।

इन्द्रेणी मन पराउन थालेयता स्वर्गीय रोमाञ्चक Ôण लामो प्रतीÔाको सवाल बनेको छ । यस्तो पृष्ठभूमिमा अब फेरि कहिले फुल्ने होलान् मनलाई मनपर्ने थप बर्डस् अफ् प्याराडाइजहरू ?

¥याफ्टिङ–बोट तरेपछि वारि बगरमा साथीहरूको फोटो–सेसन चलिरहेको थियो । अचानक कुनै अनिष्टको सङ्केत नजिक आयो । एकोहोरो शङ्ख बजेको सुनियो । झसङ्ग हुँदै दक्षिणतिर हेरेँ । मलामीहरू धमाधम चिता सजाउँदै थिए । पिताम्बरले छोपिएको लासको खुट्टा गण्डकीले धोइरहेको थियो ।

‘मानिस आफ्नो खुसीले जन्मिएको होइन र आफू खुसीले मर्ने पनि होइन ।’ हठात् बालकृष्ण सम सम्भिएँ । कवि मन मान्दैन, भावुक भइरहन्छ ।

भन्नु परोइन, कवि हर हालतमा कवि हुन्छ । अमृता प्रीतमले ‘लेखक हरहालतमा लेखक हुन्छ, मौसम चाहे सम्मानको होस्, चाहे गुमनाम, चाहे बदनामको,’ भनेजस्तो । अनपेक्षित बेहोर्नुपरिरहेको मृत्यु सम्झेर म सोचिरहेको थिएँ–

‘सिद्धान्ततः अझै केही दिन
जीवित रहनुपर्ने थियो
कविता पढ्ने पाठक
घट्नुको विषादले रन्थनिएको छ कवि ।

अहँ ! हुँदैन, यो क्रमभङ्ग गरौँ
कारण चाहे जेसुकै होस्
शब्द–सारथीहरूको अकाल मृत्यु रोकौँ यार !
बचाऔँ पाठक
नत्र यसरी त
हाम्रो अभिव्यक्ति पनि मर्छ एक दिन
र, समस्या हुन्छ कविता कसका लागि लेख्ने ?’

पृष्ठभूमिमा भजन भएको सुमधुर आवाज आइरहेको थियो । आवाज कसको हो यकिन छैन । तर शब्दहरू सुनिएकै थिए – ‘कृष्ण गण्डकीको किनार दामोदर कुण्ड, शालिग्राम भगवान् लैजाऊ बैकुण्ठ !’

फर्किँदै गर्दा अलिमाथि जङ्गलजस्तो एकान्तमा फलैँचा बनाइएको रहेछ । साथीहरू तलै थिए । लेख्न, अरू काम गर्न अपेक्षित ढिलो भए पनि हिँड्नचाहिँ छिटो हिँड्छु म ।
फलैँचामा बसेर फन्टुस फिक्सनमा जोड्नैपर्ने केही प्रसङ्ग सोचिरहेको थिएँ । अचानक केदार शर्मा दाइलाई सम्झिएँ ।
झुम्का नहरको डिलैडिल यात्रा गर्ने क्रममा फन्टुस फिक्सनको सम्पादक हुन मैले राखेको प्रस्ताव दाइले पाँच वर्षपछि स्वीकार गर्नुभएको छ ।
फन्टुस फिक्सनको सम्पादक हुन, सिलसिला मिलाउन सक्ने उहाँ जत्तिको योग्य मान्छे, मैले नेपालमा अर्को देखेको छैन । दाइको सम्पादन कलासँग म कायल भएको छु । यसका लागि मलाई बधाई छ । दाइलाई धन्यवाद !
पारिश्रमिक, सर्त–सुविधा र ‘फन्टुस फिक्सन’ नामका बारेमा बसेर राउन्ड–टेबलमा पछि कुरा गर्ने सहमति छ । र, सम्पादकबाट फन्टुस फिक्सनका नाममा आजसम्म लेखिएका शब्दहरू एकीकृत गरेर पाण्डुलिपि बनाउन र चाँडो बुझाउन मलाई आदेश भा’छ । त्यसैले म चाँडै यो काम सम्पन्न गर्ने मुडमा छु ।

तर, केही सन्दर्भहरू बाँकी नै छन्, जुन लेखिनैपर्ने छ । मूलकथालाई टुङ्गोमा पु¥याउने दायित्व पनि बाँकी नै छ ।