साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चार अध्यक्षका आठ चित्र

यसपालि साहित्यपोस्टले ललितकला क्षेत्रका केही चर्चित कलाकारहरू जो देश-विदेशमा कलासाहित्य क्षेत्रको नेतृत्व गरिरहनुभएको छ उहाँहरूको कलाहरू प्रस्तुत गर्न गइरहेको छ। आउनुहोस्, ती उम्दा कलाकारहरूको मन लोभ्याउने कला अवलोकन गरौँः

१) उमेश लिम्बु, अध्यक्ष, नेपाल ललितकला मन्च कोरिया
लामो समयदेखि दक्षिण कोरियामा कामदारको रूपमा कार्यरत उमेश लिम्बु विशेषगरी स्केच चित्रमा दख्खल राख्नुहुन्छ । हाल उहाँ प्रवासमै रहेर कला, साहित्य र संगीतका पारखीहरूलाई मनोरन्जन दिलाउन सक्रिय हुनुहुन्छ । उहाँ नेपाल ललितकला मन्चका अध्यक्ष हुनुहुन्छ ।

२) जीवित खड्का मगर, अध्यक्ष, सगरमाथा साहित्य प्रतिष्ठान नेपाल

जीवित खड्का मगर

प्रवासमै रहेर सगरमाथा साहित्य प्रतिष्ठान नेपालजस्तो गरिमामय साहित्यिक संस्थाको नेतृत्व गर्दै आई रहनुभएका जीवित खड्का मगर कला र साहित्य दुवै विधामा पोख्त र चर्चित हस्ताक्षर हुनुहुन्छ।

 

 

 

 

३) एन.बि. गुरूङ, अध्यक्ष, अन्तर्राष्ट्रिय जलरंग समाज (आई.डब्ल्यु.एस.नेपाल)

एन.बी. गुरूङ

अंग्रेजी साहित्यमा स्नातकोत्तर कलाकार एन.बि. गुरूङ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कहलिएका नेपाली कलाकार हुनुहुन्छ । उहाँको आफ्नै विशेष जलरङ शैलीले गर्दा विदेशीमाझ विशेष लोकप्रिय हुनुहुन्छ।

४) दामोदर बराल, अध्यक्ष, ललितकला प्रतिष्ठान चितवन
युवा पुस्ताका औँलामा गन्न सकिने कलाकारहरूमा पनि अग्रस्थानमा आउने नाम हो, दामोदर बराल । विशेषगरी रियलिस्टिक शैलीमा काम गर्न रूचाउने बराल लामो समयदेखि व्यावसायिक कलामा रमाइरहनु भएको छ ।
रहेका छन्।

प्रतिक्रिया
Loading...