साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मारियाका सुन्दर ल्यान्डस्केप

आज हामी मारिया गोर्दिभाका कलाकृतिलाई यहाँहरुसमक्ष प्रस्तुत गर्दैछौँ । मारिया गोर्दिभा भन्नेबित्तिकै कतिपयले हिउँ स्केटिङकी च्याम्पियन तथा मस्को च्याम्पियनसिपकी विजेता मारिया पनि बुझ्न सक्नुहुन्छ तर उही नाउँका अनेकन् व्यक्ति हुन सक्छन् नि, हैन ?

त हामीले यहाँ चर्चा गर्न लागेकी कलाकार मारिया गोर्दिभा भने ल्यान्डस्केपकी अनुपम प्रतिभा हुन् । उनका कृति यति विश्वसनीय छन् कि हामीले कुनै पोस्टकार्डमा तस्बिर हेरिरहेका छौँ कि कलाकारिता, छुट्याउन मुस्किल पर्छ ।

समकालीन कलाकारहरुमध्ये चर्चामा रहने मारिया सन् १९७० मा खार्कोवमा जन्मिएकी हुन् । उनले खार्कोवमै चिल्ड्रेन्स आर्ट स्टुडियोमा अध्यन गरिन् तथा थप अध्ययन खार्कोव आर्ट स्कुलबाट पूरा गरिन् ।

हाल स्वतन्त्र चित्रकारका रुपमा आफूलाई परिस्कृत गर्दै अघि बढिरहेकी छन् । चित्रकारितामा उनले झल्काउने वास्तविकता र सजीवपना उनका निधि हुन् । आउनुस्, आज हामी उनै मारियाका उम्दा कृतिहरु अवलोकन गरौँः

प्रतिक्रिया
Loading...