१८७७ मे २८ मा जन्मिएका म्याक्समिलियन एलेक्सान्द्रोविच किरेन्को-भोलोसिन विविध योगदानका लागि चिनिइन्छन् । उनी युक्रेनमा जन्मिएर रूसमा ख्याति बटुलेका लेखक तथा कलाकार हुन् ।
हालको युक्रेनको राजधानी किभमा जन्मिएका उनले विद्यालयीय शिक्षा किभमा नै पाए । पछि उनी मस्को विश्वविद्यालयमा भर्ना भए । तर त्यो बेला अर्थात् १८९९ ताका मस्कोमा विभिन्न राजनीतिक उथलपुथलहरू भइरहेका थिए ।
उनले विश्वविद्यालयको अध्ययन पूरा गर्नभन्दा पनि यात्रामा जोड दिए । उनले विद्यार्थीकालमा पश्चिमी युरोप, ग्रिस, टर्की, इजिप्ट लगायतको भ्रमण गरे । तर सबैभन्दा बढी प्रभाव भने उनलाई फ्रान्सको राजधानी पेरिसले गर्यो । त्यहाँको कलाप्रतिको इज्जत र रूझान उनका लागि निकै आश्चर्यजनक थियो ।
उनी त्यो बेलाका राम्रा कवि तथा चित्रकार भए पनि उनलाई उनका चित्रकारिताका कारण पनि चिनिन्छ । आज हामी उनका कविताभन्दा यहाँ चित्रकारिता अवलोकन गर्नेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।