साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

क्यानभासमा नाै साहित्यकारहरु

Chovar Blues Mobile Size

यी हुन् जीवित खड्का मगर । चित्र बनाउनु उनलाइ जीवन बनाउनु हो झैँ लाग्छ । यो उनकाे अहिलेको सोच मात्रै होइन । उनीभित्र चित्रमोह सानैदेखि थियो । खासगरी २०४५ पछि । त्यतिबेला उनी ५ कक्षामा पढ्थे । पेन्सिलले कापीका पन्नापन्नामा, अंगार र कमेरोमाटोले घरका भित्ताभित्तामा स्केच गरिरहन्थे । उनका एकजना गाउँले दाइ हुनुहुन्थ्यो, उहाँको चित्रमा रुचि थियो । उनै दाइको संगत गर्न थालेपछि जीवितलाइ पनि चित्रको लत लागेकाे हो ।

एसएलसीपछि ललितकलामा अपूर्ण भए पनि चित्र अध्ययन गरे । २०६३ सालमा मूरल आर्ट, डेकोरेटिभ आर्ट, स्टेन्सिल आर्ट लगायत कला सिके । साउदी अरबमा भिसा खुलेपछि उनी त्यतै लागे । त्यसपछि उनको कामले व्यावसायिक निरन्तरता नै पायो । चित्रमा पनि क्रमशः निखारता आउन थाल्यो ।

उनलाई साहित्यकर्मीहरूकाे चित्र बनाउन विशेष रूचि लाग्छ ।

साहित्यकारहरू यो देशका विशिष्ट बौद्धिक सम्पत्ति हुन् । शब्दकर्ममार्फत उनीहरूले देशको लागि अथाह योगदान गर्दै आइरहेका छन् तर अपवाद छाडेर साहित्यकारहरूको सम्मान भएको जस्तो उनलाई लाग्दैन ।  ती मूर्धन्य साहित्यकारको मूल्यांकन भएजस्तो उनलाई लाग्दैन । यो निराशाजनक कुरा हो कि जो सम्मानको हकदार भएर पनि ओझेलमा छन् भन्ने उनलाई त्यही कुराले दुख्यो र प्रेरित गर्यो पनि । अग्रजहरूको थोरै पनि सम्मान गर्न सकूँ लागेर पोट्रेट बनाउने थालनी गरेको हुँ ।

उनलाई मनपर्ने साहित्यकारहरुको नामै तोक्दा धेरैको नाम छुट्न सक्छ, जसका किताबहरूले मलाई प्रेरित गरे, त्यस्ता धेरै छन् । तर उनकाे लेखनीको शुरूवातमै भूपी पढे, शंकर लामिछाने पढे, भीमदर्शन रोका पढे । मलाई यिनीहरू खास मन पर्छन् ।

साहित्यकारहरूकाे चित्र बनाउँदा उनी विशेष ध्यान दिन्छन् ।

sagarmani mobile size

साहित्यकार अलिक फराकिलो होस् । अनुजहरूलाई प्रेरित गर्ने खालको होस् ।
त्यस्ता साहित्यकारहरू उनको रोजाइमा पर्छन् ।

उनका लागि चित्र बनाउनु व्यवसाय वा सौख मात्र रहेन । ‘चित्र त मेरो लत भयो, अम्मल नै भयो,’ उनी भन्छन्, ‘पियक्कडलाई नभै नहुने रक्सीको नसाजस्तो । उसो त, मेरो वैदेशिक रोजगार पनि रंग सम्बन्धित भएकाले निरन्तरता पाइरहेको हुनुपर्छ । म रोजगारीमा मात्रै सन्तुष्ट भएको भए, चित्रकर्म सायद छोडिसकेको हुन्थेँ । यहाँ मेरो इच्छाशक्तिले काम गरिरहेको छ ।’

चित्रबाहेक उनी साहित्यसँग पनि जोडिएका छन् । उनलाई दुइटै कलाका क्षेत्र उत्तिकै प्रिय लाग्छन् ।

उनलाई विशेषगरी कविताविधा मन पर्छ । यसैमा कलम चलाउने कोशिश गर्छु भन्छन् उनी । त्यसो त, राम्रा कृतिहरू सबै विधाका पढ्न उनी रुचाउँछु । उनका दुइटा कविताकृति प्रकाशित छन्- ‘अनुभूतिका चर्चाहरू — २०६०’ र ‘ईश्वरको खेती — २०७१’ ।

उनी भन्छन्, ‘अग्रजले हिँडेको कलाको बाटो हिँडेको छु । सकेसम्म त्यो बाटोलाई फराकिलो पारुँ भन्ने नै लाग्छ । हेरौँ, के के गर्न सकिन्छ ।’

यहाँ उनै जीवित खड्काले साहित्यकारहरूको बनाएका चित्रहरू प्रस्तुत गरिएको छ । आशा छ, हामीलाई जस्तै तपाईंहरूलाई पनि मन पर्नेछ । 

 

अविनाश श्रेष्ठ

दिनेश अधिकारी

गुप्त प्रधान

केवल चन्द्र लामा

मन प्रसाद सुब्बा

प्रकाश सायमी

राजेन्द्र भण्डारी

सत्यमोहन जोशी

श्रवण मुकारुङ

प्रतिक्रिया
Loading...