साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सम्झनामा लाङटाङः जता हेर्याे उतै हिमाल (फोटो कथा)

Chovar Blues Mobile Size

दीपाङ्करको जन्मभूमि भारत हो । मातृभाषा नेपाली बनाएको छ । घर मिरिक भएर पनि नेपाललाई कर्मभूमि बनाएको छ । पेसाले शिक्षक । रहरले फोटोग्राफर ।

“आधि खाएर डल्लै फाल्यो” यो उसको लवज हो । यो दर्जिलिंगे लवजसँग अध्यापनको शिलशिलामा मेरो भेट तीन वर्षअघि इलामस्थित फिक्कलमा भएको थियो । तोया पनि हामीसँग अध्यापनकै शिलशिलामा जोडिन आइपुगेको हो ।

०७५ मा हामी तीन भाइ जाडोलाई छेकेर कालिन्चोक गयौँ । र, फर्कँदा एउटा घोषणा गर्याैँ– हरेक वर्ष नेपालको कम्तिमा एक ठाउँ घुम्न जाने । यात्री बनेर होइन, बिना योजना यात्रा बनेर ।

गत वर्षको पुस अन्तिम । कर्मथलो चितवनबाट दीपाङ्कर अर्का एक साथीलाई साथ लिएर काठमाडौँ आइपुग्यो । तोया र म जो काठमाडौँ थियौँ । तर हाम्रो भ्रमणले कुन बाटो समाउँछ थाहा थिएन ।

बिना योजनाका यात्राहरु विशेष रहन्छन् । हामी योजनाविहीन थियौँ । रातको एक बजे लाङटाङको कुरासम्म गरेर सुतियो । तर बिहान उठेर यहीँ जाने भन्ने पत्तो थिएन । बिहान उठेर नयाँ बसपार्क पुग्दा आठ बज्यो । गाडी माछापोखरीबाट लाग्दो रहेछ, बसपार्क पुगेपछि मात्र पत्ता लाग्यो । माछापोखरी पुग्दा स्याफ्रुबेसीको अन्तिम गाडीले हामीले पर्खिन्छ । धुन्चेसम्मको गाडी भने अन्तिम रहेछ । धुन्चे पुग्दै चार बज्यो ।

स्याफ्रुबेसी बजारलाई लाङटाङ पदयात्राको बेसम्याप भन्दा हुन्छ । हामीले साँझको पाँच बजे धुन्चेबाट स्याफ्रुबेसीको पदयात्रा सुरु गर्याैं । भाग्य, हाइड्रोको गाडीमा लिफ्ट पाएपछि ७ बजे स्याफ्रु पुग्यौँ ।

sagarmani mobile size

रसुवा जिल्लास्थित स्याफ्रुबेसीबाट सुरु हुन्छ लाङटाङ पदयात्रा । ट्रेकिङ एजेन्सी तथा स्थानीयको कुरालाई आधार मान्ने हो भने समुद्रसतहदेखि १४६० मिटरको उचाइमा रहेको स्याफ्रुबेसीबाट हिँडी समुद्रसतहदेखि ३८१७ मिटर उचाइमा रहेको क्यान्जिङ् गोम्पामा बास बसेर पुनः स्याफ्रुबेसी आइपुग्न पाँच दिन खर्चनुपर्छ तर हामी योजनामा हिँड्नेहरुमध्ये थिएनौँ ।

स्याफ्रुबेसीबाट हिँडेको दोस्रो रात हामी क्यान्जिङ् गोम्पामा बास बस्यौँ । तेस्रो रात त स्याफ्रु नै फर्किइसकेका थियौँ । क्यान्जिङ् गोम्पाबाट स्याफ्रुबीचको दुरी ४५ किलोमिटर रहेछ । हामी तेस्रो दिनै फर्किएको देखेर सबैभन्दा चकित होटल साहु थिए ।

हामी तीन भाइको बिना कुनै योजना यात्री होइन कि यात्रा बनी हिँड्ने योजनाले कहिलेसम्म निरन्तरता पाउँछ ? थाहा छैन । अहिलेलाई प्रस्तुत छ, आँखामा नेपाली हिमाल बोकेर क्यामरा हिमालतिर तेर्साउँदै हिँड्ने दीपाङ्करले लाङटाड पदयात्राका क्रममा कोरेका केही हिमालहरूका फोटो कथा ।

प्रतिक्रिया
Loading...