मक़बूल फ़िदा हुसैन, जसलाई एम.एफ़. हुसैनको नामबाट चिनिन्छ, एक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भारतीय चित्रकार थिए। उनी चर्चित ‘द प्रोग्रेसिब आर्टिस्ट्स ग्रुप अफ बम्बई’को संस्थापक सदस्यहरूमध्ये एक थिए। भारतको पिकासो पनि भनिने हुसैन अन्तर्राष्ट्रिय स्तरमा २० औं शताब्दीको सबैभन्दा प्रख्यात भारतीय चित्रकार हुन्। हुसैनलाई मुख्यतः उनको चित्रकारीका लागि चिनिन्छ तर उनी कलाको अन्य विधाहरूजस्तै फिल्म, रेख-चित्रण, फोटोग्राफी इत्यादिमा पनि पारङ्गत थिए।

बाबु साइँला
हुसैनको केही कृतिहरूको कारण धेरै विवाद पनि उत्पन्न भयो। उनले आफ्नो कैयन चित्रहरूमा हिन्दू देवी-देवताहरूलाई गैर-पारम्परिक तरिकाबाट देखाइएको थियो।
उनले केही फिल्महरू पनि निर्देशन गरेका थिए। सन् १९६७ मा उनलाई ‘थ्रू द आइज अफ अ पेन्टर’ को लागि ‘नेशनल फिल्म अवार्ड फर बेस्ट एक्सपेरिमेंटल फिल्म’ अवार्ड दिइयो। सन् २००४ मा उनले ‘मिनाक्षी: अ टेल अफ थ्री सिटिज्’ नामक फिल्म पनि निर्माण गरे जसलाई ‘कांस फिल्म फेस्टिभल’ मा प्रदर्शन गरिएको थियो।
प्रारम्भिक जीवन
मक़बुल फ़िदा हुसैनको जन्म १७ सेप्टेम्बर १९१५ मा महाराष्ट्रको पंढरपुरस्थित एक सुलेमानी बोहरा परिवार (जो मूलतः गुजरात को निवासी थियो) मा भएको थियो। हुसैन धेरै सानो हुँदा उनको आमाको निधन भएको थियो। त्यसपश्चात उनको पिता इन्दौर गए जहाँ बालक मकबूलको प्रारम्भिक शिक्षादीक्षा भएको थियो। बड़ोदामा एक मदरसामा अध्ययन गर्दागर्दै कलामा उनको रूचि जाग्यो। बीस सालको उमेरमा हुसैन बम्बई गए र जे.जे. स्कूल अफ़ आर्ट्समा भर्ना भए। आफ्नो करियरको शुरूआती दिनहरूमा पैसा कमाउनका लागि हुसैन चलचित्रहरूको पोस्टर बनाउने गर्दथ्यो। पैसाको अभावको कारण हुसैन अन्य काम पनि गर्दथे जस्तो खेलौनाको फ़्याक्ट्रीमा काम जहाँ उनले राम्रो पैसा पाउँथे । जब उनलाई समय मिल्थ्यो अनि गुजरात गएर प्राकृतिक दृश्यहरूको चित्र बनाउने गर्दथे।
एक युवा चित्रकारको रूपमा मकबूल फ़िदा हुसैन ‘बंगाल स्कूल अफ आर्ट्स’ को राष्ट्रवादी परम्परालाई तोडेर केही नयाँ गर्न चाहन्थे यसकारण केही अन्य चित्रकारहरूसँग मिलेर उनले १९४७ मा ‘द प्रोग्रेसिभ आर्टिस्ट्स ग्रुप अफ बम्बई’ को स्थापना गरे।
करियर
मकबूल फ़िदा हुसैनको कला कृतिहरूको पहिलो प्रदर्शनी सन् १९५२ मा ज्यूरिख (स्वीजरल्याण्ड)मा भएको थियो। अमेरिकामा उनको कला प्रदर्शनी पहिलोचोटी सन् १९६४ मा न्यू योर्कको ‘इंडिया हाउस’मा गरिएको थियो।
सन् १९६७मा उनले आफ्नो पहिलो फिल्म ‘थ्रू द आइज अफ् अ पेंटर’ बनाए जसलाई ‘बर्लिन इंटरनेसनल फिल्म फेस्टिभल’मा प्रदर्शन गरिएको थियो र ‘गोल्डन बियर सर्ट फिल्म’को पुरस्कार पनि प्राप्त भयो। सन् १९७१ मा ‘साओ पाउलो बाईएन्निअल’ मा पाब्लो पिकासोसँगै उनी पनि विशिष्ट अतिथि थिए।
१९९० को दशकमा हुसैनलाई हिन्दू देवी-देवताहरूलाई गैर-पारम्परिक तरिकाबाट दर्शाएको कारण केही हिन्दू संगठनहरूको विरोध झेल्नु पर्यो। उनका विरूध्द अदालतमा कैयन मुध्दा दर्ता भए र सन् १९९८मा केही अतिवादी तत्त्वहरूले उनको घरमा हमला गरी तोड़-फोड़ पनि गरे। विरोध-प्रदर्शनका कारण उनको एक प्रदर्शनीलाई लण्डनमा पनि बन्द गर्नु पर्यो।
सन् २००० मा उनले प्रसिद्ध अभिनेत्री माधुरी दीक्षितलाई लिएर ‘गजगामिनी’ नामक फिल्म बनाए। सन् २००४ मा अर्की अभिनेत्री तब्बूसँग अर्को फिल्म ‘मिनाक्षी: अ टेल अफ् थ्री सिटीज’ बनाए तर केही मुस्लिम संगठनहरूको विरोधपश्चात हुसैनले फिल्म सिनेमाघरबाट उतारेका थिए।
सन् २००६ मा हुसैनमाथि हिन्दू देवी-देवताहरूको नग्नचित्रद्वारा ‘मानव भावनालाई ठेस पुराएको’ आरोप लगायो। यध्यपि फिल्म सिनेमा घरहरूमा ज्यादा समयसम्म प्रदर्शित हुन पाएन तर फिल्म समीक्षकहरूले फिल्मलाई राम्रो प्रशंसा गरे र यसलाई थुप्रै पुरस्कार पनि प्राप्त भयो। यस फिल्मलाई ‘कान्स फिल्म फेस्टिभल’ मा पनि प्रदर्शित गरेको थियो।
सन् २००८मा एम एफ हुसैन सबभन्दा महँगो भारतीय चित्रकार बन्न पुगे। क्रिस्टिजको लिलामीमा उनको एक चित्रकला लगभग १६ लाख अमेरिकी डलरमा बिक्री भयो।
सन् २००७ को आस-पाससम्म ‘मान्छेको धार्मिक भावनालाई ठेस पुराएको’ आरोपमा हुसैनविरूध्द १०० भन्दा बढी मुध्दाहरू दर्ता भैसकेका थिए र यिनैमध्ये एक मामलामा ‘अदालतमा हाजिर नभएको कारण’ उनीविरूद्ध वारेन्ट पनि जारी गरिएको थियो तर पछि भारतको सर्वोच्च न्यायालयले वारेन्ट रद्द गरिदिएको थियो। हुसैनलाई मार्ने धम्कीहरू पनि आए, जसका कारण उनले २००६ मा स्वेच्छाले देश छाडेका थियो र लण्डनमा बस्न थालेका थिए।
सन् २०१० मा कतारले उनलाई कतारी नागरिकता दिने प्रस्ताव राखेको थियो । त्यसलाई उनले स्वीकार गरे। कतारमा रहँदा उनले दुई परियोजनाहरूमाथि काम गरे । ती अरब सभ्यताको इतिहास र भारतीय सभ्यताको इतिहासमा आधारित थिए।
व्यक्तिगत जीवन
मकबूल फ़िदा हुसैनको विवाह सन् १९४१ मा फाज़िलासँग सम्पन्न भएको थियो। यो विवाहबीट उनका तीन पुत्र (मुस्तफा, शमशाद र ओवैस) र दुई पुत्रीहरू (राइसा र अकीला) भए।
आफ्नो जीवनको अन्तिम समय उनले क़तार र लण्डनमा बसेर गुजारे। हुसैनको मृत्यु ९ जून २०११ मा लण्डनस्थित रोयल ब्रोम्पटन अस्पतालमा हृदयघातका कारण भयो। उनी पछिल्ला केही महीनाबाट बिरामी थिए। १० जून २०११ मा उनलाई लण्डनको ब्रुकवुड सेमेट्रीमा अन्त्येष्टि गरिएको थियो।
सम्मान र पुरस्कार
हुसैनलाई भारत सरकारद्वारा सन् १९५५ मा पद्मश्री, सन् १९७३ मा पद्म भूषण, सन् १९९१ मा ‘पद्म विभूषण’जस्ता सम्मान र पुरस्कारबाट सम्मानित गरिसकेको छ भने
सन् २००८ मा केरला सरकारले उनलाई प्रतिष्ठित ‘राजा रवि वर्मा पुरस्कार’बाट सम्मानित गरेको थियो।
जोर्डनको राजधानी अम्मानस्थित ‘रोयल इस्लामिक स्ट्रेटेजिक स्टडीज सेन्टर’ ले उनलाई आफ्नो ‘संसारका ५०० प्रभावशाली मुसलमान’को सूचीमा सामेल गरेको थियो।
आउनुस् उनै हुसैनका केही कलाकृति अवलोकन गरौंः

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन

मकबुल फिदा हुसैन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

