प्रख्यात बेलायती चित्रकार थोमस गेन्सबोरोको हिजो शुक्रबार २९४ औँ जन्मजयन्ती थियो । उनी अठारौँ शताब्दीका ज्यादै रुचाइएका कलाकारमध्येका थिए । उनले कोरेका चित्रहरूमध्ये केही संसारकै अद्भुत चित्रकलाका रूपमा समेत गनिएका छन् ।

उनको विशेषता भन्नु नै प्रकृतिको सौन्दर्यलाई निकै मिहिनतापूर्वक अभिव्यक्त गर्नु हो । उनले जहिले पनि आफ्ना लागि चित्र बनाए । भलै केही चित्र उनले व्यक्तिहरूका पनि नकोरेका होइनन् तर तिनमा उनले आफ्नो रुचिको काम मात्र गरे ।

चर्चित कला समीक्षक जोन कन्स्टेबलले एक पटक थोमसका बारेमा भनेका थिए, “उनलाई कलाको मिहिनताका बारेमा मतलब छैन । उनी मात्र सुन्दरता समझ बुझाउन चाहन्थे र त्यसमा उनी पूर्ण रूपमा सफल छन् ।”

आउनुस्, उनका सौन्दर्यले भरपूर चित्रहरू हामी आज यहाँ अवलोकन गरौँः