किन दुनियाँलाई चिन्तित बनाउनूरु प्रायः मान्छेहरूअरूलाई जलाउन र गलाउन मात्रै खोज्छन् । त्यसको परिणाम कस्तो आउँछ भन्नेमा चिन्ता गर्दैनन् । आजको मान्छेको खराबी नै यही हो, ऊ आफ्नो गल्ती लुकाउँछ र अरूको गल्ती खोतल्न थाल्छ । बरु शान्त भएर बस्नु नै उचित हो । यहाँ अरूका लागि केही दिने को छ र रुआँसु झारिदिनेहरूले पनि त आफ्नै मन शान्त पारेका न हुन् तरआजको मान्छे न अरूका लागि रुन्छ न आफ्ना लागि । ऊ त बाध्यतामा मात्र रुन्छ ।

जतिबेलासम्म ऊ आफैँ शक्तिशाली हुन्छ, उसलाई रुनै पर्दैन । जब मान्छेले आफ्नो हैसियत भुल्छ र अनायास सगरमाथा चढ्छ । तब उसले रुनुपर्ने अवस्था आउँछ ’।

एक दिन प्रवेशले यसो भनेको थियो ।
‘सायद यो भ्रम हुन सक्छ । यस्तै भ्रमयुक्त सन्देश प्रवाह गरिराख । यसले कुनै कल्याण हुने छैन । न मेरा लागि न तिम्रा लागिू, साराले उसको तर्कमाथि विश्वास गरिनँ क्यार । ओठ लेप्र्याई र भनी, ‘बस्न देऊ कसैलाई भ्रमको खेती गरेर । तिमी बस शान्त मन लिएर । सुन्दर भविष्यको कल्पना गरेरू ।

साराले उसलाई छोडेर गएपछिका उसका दिनहरू बिरक्तलाग्दा छन् ।
मान्छेले किन आफ्नो र बिरानो छुट्याउन सक्तैन रुखासमा मान्छे किन अरूप्रति उदार बन्न सक्तैन रुयस्ता गम्भीर प्रश्नहरूको सपाट उत्तर खोज्न गाह्रो पर्छ । तैपनि मान्छेले मान्छेप्रति अविश्वास गर्न छाडेको छैन । आफ्नै जिद्दी र हठ बोकेर अगाडि बढिरहेको छ । केवल आफ्नो तुष्टि मेटाउन वा मनको डाहले रुमनको डाह नै सही तरसही र गलत छुट्याउने पनि त मान्छेकै भागमा पर्छ नि । यो कुरा बुझ्दैनन् र प्रायः मान्छेले गल्ती गर्छन् । क्षणिक आनन्द र मजाका लागि रमाउँछन् । साराले पनि यस्तै केही निर्णय हतारमा लिई । जसको परिणाम आज भोग्नु परिरहेको छ ।

तीर्थ सिग्देल

सायद ऊ खुसी नै होली, प्रवेशलाई यतिबाहेक अरू केही भन्ने अधिकार छैन । अधिकार त के भन्ने उसलाई यति भन्ने साहस पनि छैन । कतिपय अवस्थामा साना साना कुरा गर्न पनि साहस नै चाहिन्छ । किनभने मान्छे समय र परिवेशको गुलाम बनेको हुन्छ । ऊ पनि त्यस्तै परिस्थितिबाट गुज्रेको छ । ऊ न अगाडि बढ्न सक्छ न पछाडि सर्न सक्छ । आफ्नै सुरमा ऊ स्थिर भएर बसेको छ । सामान्य दिनचर्या बिताउनु त सामान्य नै भैगयो । बाँकी काम उसका लागि वैधानिक छैनन् ।
कुनै असमझदारीमा साराले घर छाडी । उसले प्रवेशसँगै नबस्ने निधो गरी । घर बसाउनु र घर छाड्नुको बिचमा धेरै फरक छ । कुनै पनि चिज जोड्नुअघि हजारपटक सोचिन्छ तरछाड्नका लागि त एउटा बहाना भए पुग्छ । घरायसी वस्तुको खरिदमा त यसरी सोचिन्छ भने घर व्यवहार नै छोड्ने र नाता सम्बन्ध नै तोड्ने कुरा कम जटिल थिएन । एउटा प्रेमले जोडिएको सम्बन्ध, व्यवहारले जोडिएको परिवार र सन्तानको मायाले पनि सँगसँगै छाड्ने कुरा झन् पीडादायी थियो ।

मायाले संसार थाम्दैन भन्ने तक्मेबुढाको थेगेजस्तै भो उसको जीवन । उसको मायाले पनि संसार थामेन । साराले पनि त्यै थेगोलाई आत्मसात् गरी । खै किन हो रुजोड्न सकिन्थ्यो तोडिएको जिन्दगीलाई । गोड्न सकिन्थ्यो फूलबारीलाईस जहाँ फुलेका सुन्दर फूलहरूलाई मलजल गर्न सकिन्थ्योस असमझदारी र बेमेललाई अन्त्य गर्न सकिन्थ्योस जोड्न सकिन्थ्यो भावना र सम्बन्धलाईस मल्हम लगाउन सकिन्थ्यो, दुःखेको मनलाईस आशा र भरोसा जगाउन सकिन्थ्योपरिवारलाई ।
मान्छेको मन हो, एकपटक कसो नफर्केला रुबाह्र वर्षमा त खोलो पनि फर्किन्छ भन्छन् तरऊ फर्किन । निस्ठुरी मन रहेछ उसको । प्रवेशको एउटा गल्तीलाई उसले ठुलो विषय बनाई, जुन गल्तीप्रति प्रायः महिलाहरू निस्ठुरी नै बन्छन् । यो उनीहरूको दोष होइन । प्रायः स्त्रीहरूलाई यस्तो लाग्छ कि महिलाहरू निष्कलङ्क हुन्छन् । उनीहरू लुकेको शक्ति नै उनीहरूको बल हो र त्यही बलको प्रयोग गर्छन् उनीहरू । त्यो शक्तिले आँसुको जन्म दिन्छ, जसको शक्तिलाई परास्त गर्न सक्ने सामार्थ्य आजसम्म कसैको छैन ।

सारा त्यही शक्तिको उपयोग गरी र त्यसरी नै रुँदै रुँदै घर छाडी । जब घर परिवारमा शान्ति र सुन्दरता देखिन्न । त्यतिबेला नै हो मान्छेले घर छाड्ने । मान्छे यसरी नै शान्ति र सुन्दरताका लागि अन्यत्र भौँतारिन्छजब उसले आफूभित्र त्यो सम्भावना देक्तैन । सारा त्यही सोचको सिकार बनेकी थिई । यो उसका लागि वाध्यता पनि हुन सक्छ वा रहर रुवा अवसर के हुन सक्छ रुआफ्नो भाग्य र भविष्यको खोजीमा घर छाड्नेहरूखुसी वा दुःखी दुवै हुन सक्लान् तरघरपरिवार र आफू जन्मेको माटो छाडेर हिँडेपछि अलिकति दुःख त लाग्ला नै । खुसी हुने त तिनीहरू हुन्जो देशप्रति इमान्दार छैनन् ।

घर परिवार र महिला पुरुषको मामला अलिक अप्ठेरो नै हुन्छ । अझ पुरुषप्रधान समाजमा यो बढी नै हुन्छ । हुनत पुरुष हुनु र महिला हुनुका बिचमा शारीरिक भिन्नताबाहेक केही भेटिन्न । सोच, चिन्तन, क्रियाशीलताले एकअर्काका बिचमा खासै अन्तर छैन । शक्ति र सामार्थ्यले कसैलाई कमजोर र बलियो बनाउनु कुनै विभेद होइन । शिक्षा र ज्ञानले पनि कसैलाई भेद गरेको हुन्न । ठुलो कुरा आत्मबल हो, जसलाई बलियो बनाउनुपर्छ । सोच र चिन्तनलाई फराकिलो पारेर जानुपर्छ । सोचले मानिसलाई अलग पार्छ । त्यही सोचले घर परिवारलाई अलगथलग पार्छ ।

प्रवेश आज एक्लै छ । एउटी भएकी छोरी पनि उसैले लिएर गई । आज ऊ बस्ने घर पनि उसैको नाममा छ । के गर्न सक्छ, ऊ एक्लै आज रुजसलाई उसले कलेज जीवनमै अपनाएको थियो । त्यहीबेला नै उनीहरू नजिक भएका थिए । त्योबेला उसैले चाहेकी थिई तरआज उसैले घर छाडी । घरमात्र के छाडी भन्नु र रुसबथोक त्यागी । अलिकति आशा र भरोसा थियो, त्यो पनि त्यागी । यतिसम्म कि सम्पत्तिदेखि घर व्यवहारसम्म अगाडि नबढ्ने गरी रोकिएको छ । उसकै नाम गरिदिएको थियो प्रवेशले त्यो घर । आज न त्यो घर फुकुवा हुन सक्छ न उसले डिभोर्स दिई ।

गल्ती ।।।रुगल्ती त जीवनमा हरेकले गरेकै हुन्छन् । गल्ती भन्ने कि भ्रम रुहेराइमा भर पर्दो रहेछ । हेर्ने तरिका र आँखामा लगाइने चस्मामा पनि फरक पर्दोरहेछ । अझ कुनै पनि भौतिक वस्तुलाई बुझ्ने र त्यसलाई हेर्ने तरिका त फरक हुन्छ भने मान्छेको जिन्दगीप्रतिका दृष्टिकोणहरू त हरेकका अलग अलग हुन सक्छन् । सायद सारा त्यही भ्रमको सिकार बनी वा बनाइयो । मान्छेहरूलाई आफ्नै आँखाको त भर हुँदैन भने अरूको नजरले हेर्दा त फरक परिहाल्छ नि । सायद ऊ त्यही उक्साहटमा लागी वा उसले आफूलाई नै बदली रुयसको प्रस्ट उत्तर खोज्न गाह्रो परेको छ । अझ महिलाहरूमा उत्पन्न आवेग र संवेगको समाधान हुन्न । यस्तो विषयलाई सोचका आधारमा पनि व्याख्या गर्न सकिन्छ तरउसमा तत्कालै कस्तो सोच आयो, जसले उसलाई यो निर्णय लिन बाध्य बनायो ।

‘के मप्रतिका सबै सम्बन्धहरू सकिए त अब रुमनका अन्तरकुन्तरमा अलिकति पनि भावना छैन त अब रु’, प्रवेशले मनमनै सोच्यो र भन्यो, ‘हुनत मेरो पनि दोष छ । यस्ता कुराको व्यवस्थापन समयमै गर्नुपर्ने थियो । उसले कुरा उठाउनेबित्तिकै मैले उसलाई सम्झाउनुपर्ने थियो । उसलाई सबै वास्तविकता बताउनुपर्नै थियो’ ।

यो महिला र पुरुषबिचको सम्बन्ध पनि गजबकै हुँदो रहेछ । मन मिले आजीवन सँगै नमिले एकै क्षणमा अलग हुने । कस्तो अचम्म रुको कसका लागि र को कसप्रति समर्पित हो भन्ने रहेनछ । एकले अर्कालाई नबुझ्नु र नस्विकार्नु नै समस्या रहेछ । त्यही त भर्खरै संसारकै धनी मध्येका एक माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्स र मेलिन्डा गेट्सका बिचमा छुटानाम भयो । के थिएन र उनीहरूसँग रुके नपुग्दो थियो उनीहरूलाई रुतैपनि उनीहरू अलग भए । एकअर्काको जीवनबाट अलग भएर गए । मान्छेले धन सम्पत्तिलाई मात्र ठुलो कुरा नठान्दो रहेछ । माया, ममता, सद्भाव र समर्पण पनि खोज्दो रहेछ रकतै धन सम्पत्तिले मायालाई बाँधेर राखेको हुनसक्छ भने कतै माया, प्रेम र सद्भावले । संसार न माया, प्रेमले मात्र टिकेको हुन्छ न धन सम्पत्तिले । यी सबै परस्परमा अन्तःसम्बन्धित छन् । एक अर्काका परिपूरक छन् । कतिपय मानिसले धन र सम्पत्तिलाई नै जीवन ठान्छन् त कसैकसैले माया र प्रेमलाई आफ्नो जिन्दगी ठानेका हुन्छन् ।

भनाइ नै छ नि, धन ठुलो कि मन ठुलो ?
खासमा मान्छे यही द्विविधामा परेको हुन्छ । यो सब अन्योल र भ्रममा बाँचेको हुन्छ मान्छे । उसले जसलाई माया र प्रेम, समर्पण र सद्भाव ठानेको हुन्छ । त्यो धन, सम्पत्ति र बैभवमा अल्झिएको पनि हुन सक्छ । माया र प्रेमलाई भन्दा पनि धन र सम्पत्तिको जालमा परेको हुन सक्छ । जीवनमा यस्ता धेरै मोडहरू आउन सक्छन्, जसलाई समुचितरूपमा सम्बोधन गर्न सकेन भने मान्छे सङ्कटमा पर्न सक्छ । यस्ता घुम्ती र मोडहरू आउन सक्छन्, जहाँ उसले फैसला गर्नुपर्ने हुन सक्छ, जिन्दगीका बारेमा । चाहे त्यो आफ्नो व्यक्तिगत जीवनका बारेमा निर्णय लिने बेलामा होस् वा अरूका बारेमा । त्यतिबेला मान्छे चुक्न सक्छ । त्यतिबेला मानिस झुक्न सक्छ । ऊ अरूकै माया जालमा परेको पनि हुन सक्छ । मोहजालमा पनि फसेको हुन सक्छ । त्यतिबेला उसले न आफ्नो भविष्यका बारेमा सोच्न सक्छ न आफ्नो परिवार र सन्तानका विषयमा ध्यान दिन्छ ।

सायद ऊ त्यस्तै केही अप्ठ्यारोमा परेकी हुन सक्छे । उसलाई कसैले मायाजालमा पारेको पनि हुन सक्छ । जहाँबाट ऊ निस्कन नसक्ने अवस्थामा होली वा उसलाई कसैले भ्रम पनि फैलाएको हुन सक्छ, जसलाई चिर्न नसकिएको होला कि रुमान्छे फँस्ने नै यस्तै बेलामा हो, जतिबेला उसको मनस्थिति खलबलिएको हुन्छ । मान्छेले सही निर्णय लिन नसक्ने त्यस्तै समयमा हो, जहाँ ऊ सोच्न नसक्ने स्थितिमा पुगेको हुन्छ ।

जब मन अस्थिर हुन्छ, त्यतिबेला उसले लिने फैसला त्यति उचित नहुन सक्छ । आवेश र हतारमा गरिएका त्यस्ता फैसलाहरू धेरै हदसम्म प्रत्युत्पादक हुने गर्छन् । अझ जिन्दगीका बारेमा लिने फैसला त झन् सोच विचार गरेर गर्नुपर्ने हुन्छ । त्यतिबेला समझदारीले काम गर्नुपर्ने हुन्छ । मनले विचार गर्छ र त्यसले काम गर्न अह्राउछ । त्यही मनको चपेटामा परेको हुन्छ मान्छे, जसले ठिक बेठिक भन्दा पनि उसलाई लागेको उचित अनुचित निर्णय लिन्छ । त्यतिबेला नै हो मान्छेले ध्यान दिने । ध्यानले मनलाई गलत काम गर्नबाट रोक्छ । मन एकाग्र बनाउँछ मनलाई । ध्यानले रोक्छ मान्छेका मनमा उत्पन्न हुने विकारलाई । ती सबैखाले गलत कार्य गर्न अह्राउने विकार र तन्तुहरूलाई सही मार्गमा हिँडाउँछ ।

प्रवेश आजकल ध्यानमा लागेको छ । ध्यानमार्फत ऊ आफ्ना कमीकमजोरी पत्ता लगाउन लागेको छ र त्यही ध्यानको माध्यमबाट उसको गुमेको जीवन फर्काउन तल्लिन छ । सारालाई पनि ध्यानमै लगाउन पाए हुने थियो भन्ने उसलाई लागिरहेको छ तरध्यान केवल अनुलम विलोम गर्ने कुरा मात्र होइन । यो त संसारकै उत्कृष्ट विद्या हो भन्ने कुरा सारालाई कसले बुझाउने रुउसलाई कसले सम्झाउने यो कुरा रुजब हामी कुनै कुरामा मन लगाउछौँ । कुनै पनि काम ध्यान दिएर गर्छौँ भने त्यो कामले सुखद परिणाम दिन्छ । यदि काममा ध्यान दिदैनौँ भने त्यो काम अपूर्ण हुन्छ । यो सत्य कसले घुसाउने उसको दिमागमा ।

एकोहोरो कसैलाई दिनुमात्र जिन्दगी होइन, उसबाट पनि केही पाउने आशा गरेको हुन्छ मान्छेले । अरूबाट लिन सकेमामात्र उसलाई पनि केही दिन सकिन्छ । नत्र त्यस्तो सम्बन्धको कुनै अर्थ र महत्त्व हुँदैन । अनि मात्र आपसी सम्बन्धमा सुधार हुन्छ । तब मात्र सम्बन्ध बराबर हुन्छ । तराजुले पनि दुवै पल्लामा बराबरी भएमामात्र सही मापन गर्छ । एकातिर घटी र बढी भएमा सही तौल दिँदैन । तराजु नै त्यस्तो सत्य हो, जसले आजसम्म कसैलाई अन्याय गरेको हुँदैन । मान्छेको मन पनि तराजुजस्तै बन्नुपर्छ । जसले कसैलाई विभेद नगरोस् ।

सारा म चाहन्छु कि तिमी तराजुजस्तै बनस तिमी ध्यानमा बस रएकपटक सोच । के तिमीले आफूलाई सन्तुलनमा राखेकी छौ रुमनको तराजुमा जोखेर हेर आफ्नो घमण्डलाई । ध्यानको परिधिमा राखेर हेर शरीरको थुप्रालाई । जहाँबाट फैसला गर आफ्नै जिन्दगीका बारेमा । निर्णय लेऊ आफ्नै घर परिवारको बारेमा । ध्यानको एकाग्रतामा लीन गराऊ र मनको तराजुमा आफैँलाई जोखेर हेर । त्यतिबेला तिमीले मलाई निर्दोष पाउनेछौ । एकपटक सम्झ त, के म तिम्रो दोषको भागेदार बन्न सक्छु रुजतिबेला तिमीले एउटा गफको विषयमा, कार्यालयको कामको सन्दर्भमा घुमफिर गरेको प्रसङ्गलाई यति ठुलो बनायौ । आज तिमी जहाँ छौ, देक्तै हौली रुत्यहाँका मानिसहरू कति स्वतन्त्र छन् । आफ्ना बारेमा आफैँ निर्णय लिन सक्छन् । के उनीहरूलाई अरू कसैले निर्णय लिन बाध्य पारेको छ रुदेखिरहेकै हौली । के आजको मान्छे काम नगरी बस्न सक्छ रुघरपरिवार भनेर मात्र बस्न सक्छ रुमैले पनि काममा ध्यान दिएको थिएँ । त्यसलाई तिमीले मेरो कामलाई काम वासनाको रूपमा बुझ्यौ र गलत अर्थ लगायौ । अलग्गै रूपमा सोच्यौ । खासमा ऊ त्यस्ती थिइन । ऊ निर्दोष थिइ, जसलाई तिमीले एकै शब्दमा भन्यौ, बाइफाले….,

बिर्तामोड ९झापा