सदाबहार र कालजयी गीतहरूको गायक प्रेमध्वज प्रधानको अवसानसFगै नेपाली सुगम संगीतको एउटा सुनौलो युगको अन्त्य भएको छ। नेपाली सांगीतिक फाँटमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको बयान गरिसाध्य छैन । उहाँका गीतहरू सुन्दै हामी हुर्किएका हौँ । कम्तीमा मेरा सीमित मनपर्ने गीतहरूको सूचीमा उहाँका चर्चित तथा लोकप्रिय गीतहरू छन् । अन्य नेपालीकाझैँ मेरा भावना पनि उहाँका गीतले फक्राउने फुलाउने गरेको थियो । चर्चित गीतहरू सुन्दा र ती गीतमा डुब्दा हामीलाई जहिल्यै पनि लाग्छ, यी मान्छे कहिल्यै दिवंगत हुँदैनन्, सधैँ बाँचिरहन्छन् । हुन पनि, देह सकिन्छ तर तिनको सिर्जना कहिल्यै सकिँदैन ।

मेरा प्रिय गायक प्रेमध्वज प्रधानको निधन भएको दुःखद् अवस्थामा उहाँप्रतिको सम्मान स्वरूप शनिवारीय कला स्तम्भमा उहाँलाई केही श्रद्धाञ्जली अर्पण गरूँ लाग्यो र यो चित्र तयार भएको छ ।

आशा छ, तपाईंहरूले रूचाइदिनु हुनेछ ।