पछिल्लो समय आर्किटेक्ट थोमस हिथरविक निकै चर्चामा छन् । उनका सिर्जनाहरूलाई लिएर धेरै कला मर्मज्ञहरू कृतज्ञ देखिन्छन् । नदेखियून् पनि किन, उनका डिजाइन नै यस्ता छन् कि, हेर्नेबित्तिकै तिनले मनै हरण गर्छन् ।

लजालु स्वभावका तर हाँस्न थाल्दा निकै कर्कश हाँसो हाँस्ने थोमसले धेरै ठाउँमा हाँसो रोक्न नसक्दा माफी माग्नु परेको छ । हुन पनि उनी हाँस्दा वरपरका मान्छे नै असहज हुन थाल्छन् । त्यो असहजतालाई सहज बनाउन भए पनि उनी माफी माग्ने गर्छन् ।

हिथरविक स्टुडियोका संस्थापक उनले बेलायतका सडक, पुल, भवन निर्माण गरेका छन् र उनले छोएका ती सबै चिजहरू वस्तुभन्दा बढी कला झल्कने गरेका छन् ।

उनको ख्याति कतिसम्म छ भने उनलाई संसारभरबाट विभिन्न सरकारहरूले आफ्ना लागि केही न केही डिजाइन गरिदिन आग्रह गर्ने गर्छन् । खासगरी पछिल्लो समय सिङ्गापुरले उनलाई एउटा चुम्बन गरिरहेको भवन बनाउने जिम्मा दिएको थियो र त्यो वास्तवमै सुन्दर बन्न पुगेको थियो ।

आउनुस्, आज यिनै थोमस हिथरविकका मनमोहक डिजाइनहरू हेरौँः

तस्बिर स्रोतः इन्टरनेट