दु:शासन र शकुनि को भूमिका खेल्नेहरुलाई मात्र होइन
हृदयको बारुद सल्काउने मनको सुदर्शन चक्र पनि खोज
विवेकको पगरीले समालोचनाको बाटोमा श्रीकृष्ण पनि रोज
तिम्रो सच्चा साथी ऊ पनि हुन सक्दछ जो दुइ दिनको जिन्दगी बिन्दास भएर जिउन चाहन्छ
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँको असलि जादुगर बन्नेछौ
आफ्नो कोट र झोला बोकि दिनेहरुलाई मात्र होइन
तिमि हिड्दै थाक्दा मनको कुरा सुनिदिने बटुवाहरु पनि खोज
तिम्रो सच्चा साथी उ पनि हुन सक्दछ जो आफुलाई बेचेर पनि आफ्नो वचन हार्दैन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
गफ छाँटेर तपाईंबाट स्वार्थ पूर्ति गर्ने हरुसँग मात्र होइन
प्रेरणाका दिप बनेर तपाईंको मनको बाँध बाट बिजुली निकाल्ने हरुलाई पनि रोज
तिम्रो सच्चा साथी उ पनि हुन सक्दछ जो स्वाभिमानका प्वाँख निकालेर खुला आकाश उड्न चाहन्छ ।
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर

तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ

शिवराज कलौनी

विजयको उत्सवमा रमाउनेहरु सँग मात्र होइन
संकटका खडेरीमा हौसला बुलन्द गर्नेहरुलाइ पनि खोज
तिम्रो सच्चा साथी उ पनि हुन सक्दछ जो संसारभर विजय पाएर तपाईं का लागि स्वयं सँग हार्न चाहन्छ ।
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
आफुलाई मन परेकाको मात्र चित्त बुझाएर होइन
मन नपरेका लाई पनि आफुतिर तानेर हेर
तिम्रो सच्चा साथि उ पनि हुन सक्छ जो तपाईं लाइ मालिस गर्दैन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
आफुसँगै बस्ने र हिँड्नेहरुको लिस्ट खल्तीमा बोकेर मात्र होइन
टाढा बसेरै पनि मन तपाईंसँग भएकालाई खोजेर रोज
तिम्रो सच्चा साथी उ पनि हुन सक्दछ जो मासु सराबको लागि आफ्नो हैसियत देखाँउदैन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
कुरा गर्दा आफुसँगै हो-हो मिलाउनेसँग मात्र होइन
आफ्ना गल्ति कोट्याएर सहि बाटो बताइदिनेलाई पनि रोज
तिम्रो सच्चा साथी उ पनि हुन सक्छ जो कुरुक्षेत्रको रणभूमि बन्न दिँदैन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
आफुलाई नाता पर्ने हरुको मात्र चित्त बुझाएर होइन
आफ्ना अपरिचित शुभचिन्तकहरुलाई पनि मुस्कान दिएर हेर
तिम्रो सच्चा साथी उ पनि हुन सक्दछ जो मतलबको चिल्लो घस्दैन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ
यो मान्छे पनि के काम लाग्ला र ? सोच्दै नसोच
अहमताको नाक निमोठेर ऐनामा मुस्काएर हेर
कोहि आफ्ना होइनन्,सबै आफ्ना हुन दिमागले भन
प्रयोगशालाको वैज्ञानिक सोचि आफुलाई अजमाएर हेर
तिमि दुनियाँ को असलि जादुगर बन्नेछौ ।

 

 भि न पा-३ कंचनपुर