जोसेफ मालर्ड विलियम टर्नर १७७५ अप्रिल २३ का दिन जन्मिएका थिए । हिजो उनको जन्मदिन थियो । उनको जन्मदिनका बेला हामीले यहाँ उनका उम्दा सिर्जनाहरू हेरेर मनन गर्नेछौँ ।

विशेषतः बेलायती ल्यान्डस्केप कलाकारका रूपमा उनी चिनिन्छन् । उनका कला समयभन्दा अगावै बनेको र गहिरो भाव व्यक्त गर्ने कलाका रूपमा लिइन्छ । उनका चित्रमा रङहरूमा कन्ट्रास्ट देखिन्छ । उनले कहिलेकाहीँ एतिहासिक पक्ष र कहिलेकाहीँ मिथकीय पक्षलाइ चित्रांकन गर्ने गरेका छन् ।

उनले जीवनभर ल्यान्डस्केपको महत्त्व बुझाउने प्रयास गरे र ल्यान्डस्केपले नै सबै किसिमका प्रवल भाव अभिव्यक्त गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्ने प्रयास गरे ।

उनका चित्रमा समुद्र, जहाजहरू, सूर्योदय, सूर्यास्त, धुम्म वातावरण, बादलजस्ता कुरालाइ प्रस्तुत गर्ने गर्थे ।

उनले ल्यान्डस्केपबाटै प्रख्याति कमाए पनि उनी सधैँ निराश जीवन बाँचे । प्रायः कमै घुलमिल हुने कलाकारमध्येमा उनी मानिन्छन् । खासगरी उनका लागि सम्बन्ध भन्दा कला नै ठूलो थियो ।

उनी घरमा कसैलाइ जानकारी नदिइकनै कयौँ हराउने गर्थे । यस्तै हराउने क्रममा अकस्मात उनको निधन भएको थियो । सन् १८५१ डिसेम्बर १९ मा उनको निधन हुँदा १९ हजारभन्दा बढी ड्रइङ तथा तीन सयभन्दा बढी आयल पेन्टिङ छाडेर गएका थिए ।

आज उनैको सम्झनामा हामी उनका उम्दा चित्रकला हेरौँ न त । हुन्न ?