दुइ दिनअघि मात्र फ्रान्सका चर्चित चित्रकार थियोडोर रूसोको जन्मदिन धुमधामका साथ मनाइयो । अप्रिल १५ मा १८१२ मा जन्मिएका उनी फ्रान्सेली ल्यान्डस्केप चित्रकार थिए । उनले स्थापना गरेको बार्बिजोन स्कुल अद्यापि चर्चित छ ।
उनी त्यो बेलाका अन्य चर्चित चित्रकारहरू ज्याकोब भान रूइसडेल, जोन कन्स्टेबल, जँ माइकलबाट प्रभावित थिए तर पछि उनले स्वतन्त्र शैली अपनाए । उनका शुरूवाती चित्रहरू, जस्तो कि भ्यु इन द भिसिनिटी अफ ग्रानभिल १८३३ ले उनलाइ चर्चामा ल्याएका थिए । पछि त निकै ख्याति बटुल्न थालिहाले । सन् १८३० को दशकताका बार्बिजोनमा रहन थाले । त्यहाँका गाउँ र जङ्गलका भूदृश्य उनका प्रिय रचनाहरू हुन थाले ।
चित्रको कम्पोजिसनको हिसाबले उनको सिर्जनालाइ निकै सुन्दर मानिन्छ । उनले खासगरी केन्द्रीय भूमिलाइ अलि बढी नै स्ट्रोक हान्ने गरेको पाइन्छ ।
उनले प्रकृतिका विविधता पस्किएका छन् । उनले प्लेन एयर पेन्टिङको सिद्धान्तलाइ लोकप्रिय बनाएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

