साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

यस्तो किन हुन्छ ?

पहिला यो भिडियो हेर्नुस्ः

भिडियोमा कसरी ठूला ठूला स्काइक्रापरहरूको छायाँले भ्रम उत्पन्न गर्यो र त्यो ठूलो समाचार बन्यो भन्ने देखाइएको छ । यो भिडियो पुरानो भए पनि त्यसको सम्झना आउनुको विशेष कारण भने यो तस्बिर रहेको छ ।

बेलायतका एक मानिस डेभिड मोरिसले जब यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे, उडिरहेको तेल बोक्ने पानीजहाजले तहल्का नै मच्चायो । यस्तो दृष्टिभ्रम उत्पन्न गराउने यो मात्र एक तस्बिर होइन । नेसनल जियोग्राफिकले हालै त्यस्ता तस्बिरहरूको एउटा शृंखला नै प्रस्तुत गरेको छ ।

हामीले तिनै तस्बिरहरूको शृङ्खलालाइ यहाँ प्रस्तुत गरेका छौँः

सम्बन्धित पोस्टहरु

दक्षिण अमेरिकाको बोलिभियामा सूर्य उदाउने प्रतीक्षामा रहेको एउटा परिवार उनीहरूको जिपसहित । यहाँ सूर्योदय हेर्न पर्यटकको ओइरो लाग्ने गरेको छ ।यहाँ पहाडहरू उडिरहेको देखिन्छ । समुद्रमाथि तैरिरहेका मानिस र जिपको झल्को पनि यहाँ पाइन्छ ।

अमेरिकाको सिकागोमा समुद्रले डुबाउन लागेको शहरको भ्रम दिने तस्बिर ।

अफगानिस्तानको दस्ते मार्गो मरूभूमिमा ल्यान्डरोभर जिप र त्यसले छुनै लागेका धुलोका बादलहरू ।

यो स्केच सन् १६०० ताका नेदरल्यान्डका एक कलाकारले बनाएको विश्वास गरिन्छ । उनले पनि त्यस्तै दृष्टिभ्रम भएपछि यो चित्र बनाएका हुन् ।

आखिर किन यस्तो देखिन्छ ?

यस्ता दृष्टिभ्रमले मानिसलाई अनेकन् अन्धविश्वासमा पुर्याउने गरेको छ । तर यसको वैज्ञानिक कारण भने सामान्य रहेको छ । जब पृथ्वीको सतहको हावा चिसो हुन्छ र यसको ठीकमाथि तातो हावा बहन थाल्छ, त्यस्तो बेला यस्ता दृष्टिभ्रम उत्पन्न हुने गर्छ । र, यस्तो दृष्टिले मानिसलाई सधैँ अत्याउने, अन्धविश्वासमा पुर्याउने, अपसगुन हुने, पृथ्वीलाई खतरा आइपर्नेजस्ता आकलन गर्न थाल्छ ।

प्रतिक्रिया
Loading...