साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः हतार

Chovar Blues Mobile Size

पानीलाई  छोडिदिनु थियो
अलिकति तिर्खा
बतासलाई  बाँडिदिनु थियो
अलिकति शीतल 

ढुंगालाई दिनु थियो अलिकति वजन
धर्तीलाई अलिकति माटो ।
संकटमा परेको साथलाई
अलिकति साथ
अभरमा परेको बेला
सेवा गर्ने हात
हातलाई अलिकति हात दिनु थियो ।

सुरेन्द्र देवकोटा
सुरेन्द्र देवकोटा

प्रेमलाई छोइदिनु थियो
प्रेमिल स्पर्श
बिर्सिएर
सबै सबै बिर्सिएर
हत्केलामा पत्थरको मुटु बोकेर
कहाँ हिँडिरहेको हो यो
अहंकारको जुलुस?
पिएर वैषम्य विष
किन मात्तिएको हो
यो हत्यारा सोच ?

उभ्याएर बाटाभरि
अदेख तगाराहरु
दिन दहाडै यसरी
किन सल्बलाई रहेका
अँध्याराका ख्याकहरु 

sagarmani mobile size

खाली खाली आएका
यी हातहरूलाई
यो ब्रह्माण्ड नै बोकाएर
कुल्चिएर भुईँ फूलहरु
हतारलाई पनि हतार हुने गरी
कता हिँडिरहेको हो यो लस्कर ?

  © गोरखा  

प्रतिक्रिया
Loading...