साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जसको अन्तिम संस्कारमा दुई जना मात्र थिए…

एलेक्सी सभ्रसोभ रूसी ल्यान्डस्केप चित्रकारका रूपमा निकै चर्चित छन् । सन् १८३० मे २४ मा जन्मिएका उनी खासमा काव्यिक ल्यान्डस्केप शैलीलाई लोकप्रिय बनाउने मध्येका चित्रकार हुन् ।

व्यापारी घरानामा जन्मिएका उनले बाल्यकालदेिख नै चित्र बनाउन थालेका थिए । उनका अभिभावकले उनको रूचि देखेपछि उनलाई चित्रकला स्कुलमा हालिदिए । त्यो बेला मस्को स्कुल अफ पेन्टिङ, स्कल्पचर एन्ड आर्किटेक्चरको खुबै चर्चा थियो । उनले त्यहाँबाट सन् १८५० मा स्नातक भएपछि ल्यान्डस्केपमै विज्ञता जमाए ।

सन् १८६० को दशक उनका लागि निकै उर्वर साबित भयो । उनले बेलायतदेखि स्विट्जरल्यान्डसम्म यात्रा गरी आफ्ना चित्रकलाहरूको प्रदर्शनी लगाए । उनको ल्यान्डस्केपबाट निकै बेलायती र स्विस चित्रकारहरू प्रभावित भए ।

सन् १८७० को दशकपछि भने उनको उर्वरतामा कमी आउन थाल्यो । उनकी प्यारी छोरीको असामयिक निधनले उनलाई भित्रैदेखि टुटायो । त्यसपछि उनी अल्कोहलिक हुन पुगे । सन् १८८२ सम्म आइपुग्दा त उनी यति बदनाम भए कि उनले काम गरिरहेको विश्वविद्यालयले उनलाई कामबाटै निकाल्यो ।

उनको जीवनको अन्त्य निकै दर्दनाक बन्न पुग्यो । उनले कंगालीमा जीवन बिताउनु पर्यो । सन् १८९७ को अक्टोबर ८ मा मस्कोमा ६७ वर्षको उमेरमा उनको निधन हुँदा उनका नजिकका दुई जना साथीहरू पाभेल ट्रेत्यकोभ र मस्को स्कुल अफ पेन्टिङ, स्कल्पचर एन्ड आर्किटेक्चरका पिउन उनको अन्तिम संस्कारका उपस्थित थिए ।

आउनुस् ती दुःखी आत्माले खुसी हुँदा सिर्जना गरेका अनुपम कृति अवलोकन गरौँः

 

प्रतिक्रिया
Loading...