साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आजको देश

यहाँ सबै अस्तवेस्त छ ।
अपसोच
अस्तवेस्त छ भन्न भएको छैन ।
किनकी उनीहरु त्यही चाहन्छन् ।

यहाँ कृषि चल्दैन
चल्न दिइदैन
उद्योग चल्दैन
चल्न दिइदैन
शिक्षा बिकृत छ
बनाइएको छ
उनीहरुकोमा मात्र खपत हुन्छ ।

यहाँ कर्मचारी बिग्रिन्छ
बिगारिएको छ
पत्रकार बिग्रिन्छ
बिगारिएको छ
प्रहरी
अदालत
व्यक्ति बिग्रिन्छ
आफु बन्न
ऊ आफै बिग्रिएको
उसको महत्वकाङ्क्षा प्रयोग भएको ।

राजनीतिको के कुरा
सफल व्यवसाय त केवल नेतागिरी छ ।
यहाँ कलेजले राजनीति सिक्छ ।
हर हावाका कणमा राजनीति छ ।
राजनीति कहाँ हुदैन ?
दुइ व्यक्ति उपस्थित भए राजनीति चल्छ ।
तर राजनीति नराम्रो को पर्याय बनेको ।
तर अझ चिन्ता
ऊ आफ्नो उत्तरार्धी आफुजस्तै बनाउन सफल भएको ।

यहाँ सबै कुरा अस्तवेस्त छ ।
अस्तवेस्त छ भन्न भएको छैन ।
किनकी उनीहरु त्यही चाहन्छन् ।

अस्तव्यस्तले निरासा लुकाउछ ।
देश निराश छ ।
सक्ने युवा खाडी जान्छन्
अझ सक्ने अझ पश्चिम लाग्छन् ।
गोलचक्कर चलिरहेछ ।
लाग्दछ अनन्त सम्म चलिरहन्छ ।
खै कसरि निरासा हटाउनु ?
लाग्छ गाउँ फर्केर जाउ
उत्पादन बढाउँ
सकारात्मक शोच राखौ
कृषि क्रान्ति गरौ ।
तरकारी फलफुल क्रान्ति गरौँ
नकारात्मक शोच फालौ
उद्योग क्रान्ति गरौँ
सबै मिले बिचौलिया फालिन्छ
आउ म छतमा तरकारी फलाउछु
तिमी बाँझो खेतमा हरियाली भर
किन उनीहरुलाइ जित्न दिने ?

यहाँ सबै कुरा अस्तवेस्त छ ।
अस्तवेस्त छ भन्ने हाम्रो अधिकार छैन ।
किनकी व्यस्था मिलाउने सबैको कर्तव्य हो ।

प्रतिक्रिया
Loading...