बा !
बा ! मैले सम्झिरहेछु
बाडुल्की लागेन हो ?
म फुर्सद हुँदा पनि सम्झन्छु
म फुर्सद नहुदा पनि सम्झन्छु
म निदाउदा पनि देख्छु
म निदाको जस्तो गर्दा पनि देख्छु
बा ! बाडुल्की लागेन हो ?
बा ! आज पारीबाट मीत बा आथ्ये
भुइँले तलुवाबाट कुर्कुचा छामेको
चप्पलको तुना गास्दा सम्झिए
तुसारोमा नमेको सिसानै हजुरको चप्पल थियो है ।
हौशिदै भने;
हाम्रो मन मात्रै होईन
हाम्रो अनुहार , जिउडाल मात्रै कहाँ होर !
गालाको छाला पनि एउटै थियो
एक मात्रै फरक उखु जस्तै गुलियो उ अनि म चिनी जस्तै
र त ।
यति कुरा काढ्दा पनि
बा ! खसखसी लागेन हो ?
मेरो दुधे दाँत मुस्कुराउदा
त्यो गौरीशंकर देखाएर भन्नु भाथ्यो ;
आज हरेक बिहान परेली खोल्दा देख्छु
खोइ किन बोल्नु हुन्न ।
तँ बजिया ठूलो हुँदा हामी त जुन घाम हुन्छौ:
हर दिन घाम डुब्छ अनि उदाउछ
हर रात जुन उदाउछ अनि डुब्छ
तर तपाई ?
तपाई कै नागरिकता बाट तपाई कै नाममा
तपाईं कै शुभ नम्बरको सिम नम्बर निकाल्दा
म अरबौ चोटि मेरा औलाहरुले
मलाइ नै नसोधी डायल गर्दा
तपाईलाई किन फोन लाग्दैन ?
स्टाकोट गोजिबाट रु २ को ढाक चोरेर
ओरेनवल चक्लेट किन्दा
सिस्नु भनेर बन्मारा लाउनु भाथ्यो है ।
बा ! आज त्यो सत्मार्ग कहाँ खोजु म ,
किरणले हाटबाट सिसाको गुच्चा खेल्दा
चिलाउनेको गेडा टिपि दिनु भाथ्यो है ।
बा ! आज त्यो खुशी कहाँ खोजु म,
पेटिको छपुवामा कोइलाको मसिले बङ्गाउदै क लेख्दा
भनु भाथ्यो अब नयाँ सिसा किन्दिन्छु है ।
बा ! आज त्यो प्रेरणा कहाँ खोजु म ,
म हरेक बिम्बमा
प्रतिबिम्बमा तपाईलाई देख्छु,
स्कुलबाट आउदा किताब भिझ्ने डरले
धिरणसङ्ग ओडेको उसकै प्लास्टिक च्याँतिदा
बोल चालै भएन
बाबू ! सबै लाई आफन्त मान्नु पर्छ ।
बा ! हो
बा ! आज म सबैलाई आफन्त सम्झन्छु,
ठूलो बालाई पनि बा सम्झन्छु ,
साना बालाइ पनि बा सम्झन्छु,
मीत बालाई पनि बा सम्झन्छु,
काजी बालाइ पनि बा सम्झन्छु ,
अनि आउछु एकान्तमा
थाहा नै नपाई तप्प आँसु खस्छन:
बा ! सम्झिरहेछु
बा ! सम्झिरहेछु
बाडुल्की लागेन हो ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।