धने सानै छदा धनेकी आमाको देहावसान भएपछि धनेको बाउले उसको लालन पालन, हेरचाह गर्दै आइरहेको थियो । आमाको अभाव धनेलाई महसुस हुन दिएको थिएन । उसको व्यक्तित्व विकासको लागि बाउले सकेजति गर्यो ।
       धनेको आमाको मृत्यु पछि उसलाई “बिहे गर  अब  एक्लै कतिन्जेल बस्छस्, धनेकाे पनि हेरबिचार गर्छे ” भनेर गाउँलेहरूले नभनेका होइनन । तर धनेकाे बाउले दोस्रो बिहेपछि छोरालाइ नकारात्मक असर पर्छ कि सोचेर बिहे नगरि धनेकै लालनपालन मा आफ्नो उमेर खर्चियो ।
         धने सानै देखी पढाईमा अब्बल थियो । गाउँकै सरकारी विद्यालयबाट एस एल सी प्रथम श्रेणीमा उत्तीर्ण भई उच्च शिक्षा अध्ययनको लागि सहर जाने इच्छा गर्यो । तर बाउसँग त्यत्रो धनसम्पत्ति थिएन । दैनिक ज्यालादारी गर्दै धनेलाई पढाउँदै आएको उसलाई के गरौं कसो गरौं भयाे ।
      धनेकाे पढ्ने इच्छा पूरा गर्न आफूसँग भएको पाखो बारी बेचेर सहर पठायो । आफु अरूको घरमा बस्दै काम गर्दै गुजारा गर्न थाल्यो ।
    पढाइमा अब्बल धनेले उच्च शिक्षा अध्ययन सकेर लोक सेवा पास गरी सरकारी जागीरे भएको खबर

अङ्कुर चन्द

धनेको बाउले थाहा पायो । आफूले अहिलेसम्म छोराको लागि गरेको मेहनत परिश्रम, त्यागले लक्ष्य प्राप्त गरेकोमा मनमनै खुशी भयाे । अब मेरा पनि सुखका दिन आउने भए । यता छोरोलाई पढाउँदा लिएको साहुको ऋण तिर्न सकिने भयाे भन्दै सन्तोषको सास फेर्यो ।

          जागिर लागेको पाँच वर्षसम्म पनि धनेले बाउलाई सम्झिएन् । काममा व्यस्त होला भन्दै अनि पैसाको अभावले यता बाउले पनि उसलाई भेट्न जाने आँट गर्न सकेन । यता साहुहरुले सताई रहेका थिए ।
          अब त आफैं जानुपर्यो भनि धनेको बाउ धनेलाई भेट्न सहर पस्छ । धनेलाई भेट्छ ।  पढाउँदा ऋण लिएकाे पैसा फिर्ता गर्नुपर्ने भो, साहुहरूले ताकेता गरीरहेका छन् धने । तसँग छ भने देऊ हैं, म गएर फिर्ता गरिदिन्छु भन्दा धनेले जवाफमा “यता आफूलाई  खान बस्न त पुग्दै छैन कहाँ बाट दिउँ म पैसा तपाईंलाई । अहीले मसँग छैन । जसरी ऋण माग्नु भा थ्यो त्यसरी फिर्ता गर्नु । मसँग यस्ता अभाव लिएर नआउनुहोला ।”
धनेको बाउ नजवाब हुँदै गाउँतिर फर्किन्छ

 

कञ्चनपुर