साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

यौनकथाः उन्मत्त भैरव

Chovar Blues Mobile Size

उसले आफ्नो कथा यसरी सुरु गरी –
“म काठमाडौंमा जन्मेँ, हुर्के र बढेँ। मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको र हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेम-विवाह भयो । …

उहाँ अमेरिकामा उच्चशिक्षाका लागि जानु भएको छ । मैले उहाँलाई पढाउन सबै गहना बेचेर नपुगेको अरूसँग सापट मागी बन्दोवस्त गरिदिएकी थिएँ। हुन त दुई वर्षका लागि जानु भएको हो, तर दश वर्ष भयो फर्कनु भएको छैन । म एक किसिमले स्वतन्त्र पङक्षीजस्तै छु र पनि दश वर्षदेखि म आफैभित्रका कृण्ठाहरूमा कैदी जीवन बाँचिरहेकी छु । जीवनका महत्पूर्ण क्षणहरूलाई एक्लै बिताउनु मेरो बाध्यता हो ।” – उसको अनुहार केही कठोर हुँदै आयो ।

“एक्लै छु घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङमा काम गर्छु । एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्णताको आभास पाउँछु। साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र होइन नि । मेरो वि

जलेश्वरी श्रेष्ठ

वशता कहाँ गएर पोख्न सक्छु र ।”
ऊ आफ्नो कुरा भन्दै रही –
“म हरेक बिहान सबेरै नुहाइधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवानको दर्शन पनि मर्निङवाक पनि । सायद भगवान्‌को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बाहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।”

sagarmani mobile size

उसले आफ्नो कुरा नढाँटीकन भन्दै गई –
“बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिरहेको फोहरको डङ्गुरले नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहर्दै नदीमा पनि कस्तो फोहर बढेको ।”

उसले नदीको फोहरसँग आफ्नो पीडाको समीकरण गर्दै गई –
“समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ । आफ्नो अतीतमा अनायासै फर्कन्छु म । म सातो हुँदा त्यही खोलाको पानी नै चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दशैँमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।” उसले नदीसँग इन्द्रियलाई समीकरण गरी ।

“मेरी आमा भन्नुहुन्थ्यो – उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नु हुन्थ्यो र त्यहाँको पानी अञ्जुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ।”

उसले पौडी खेलेको सम्झी – पौडीमा कति आनन्द आउँछ । साँच्चै पौडी नखेलेको पनि कति वर्ष भयो । पौडी ! आहा ! सम्झँदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै उसलाई चिट्चिट् पसिना आयो । उसले यथास्थितिमा फर्कने चेष्टा गरी –

“मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु । एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु । किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, जहाँ रतिक्रियाका अनेक आसन कुँदिएका छन्‌ । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ । अभावका पीडाहरूलाई पखाल्न पुग्नु हो, सायद, या त प्राप्तिका विन्दुहरू खोज्न पुग्नु हो ।”

उसका आँखा टुँडालका मैथुनिक दृश्यमा निकैबेर अल्झिरहे र त्यो हेर्दाहरदै ऊ एकोहोरिरही । उसका आँखा फेरि पाटीतिर पुगे –

“त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन्‌ । कोही खरानी घसी लगौँटी मात्र लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उनका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा र मगन्तेहरू । सबै खुसीले नै बाँचेका छन्‌ ।”

उसका आँखा फेरि टुँडालतिर पुगे । यी सबै दृश्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् । ऊ भन्दै गई –

“म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्त भैरवको दर्शन गर्न कहिल्यै छोड्दिनँ । मलाई त्यहाँ नगए सम्म मन शान्ति हुँदैन । साँच्चै भनूँ भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवकाे मूर्तिले नजानिदो आकर्षणा पैदा गरिरहेछ स अनौठो कुतकुती जगाइरहेछ । अनायसै मेरा आँखाहरू मूर्तिका अङगप्रत्यङग नियाल्छन । कति कसिलो शरीर । उन्मत्त भैरवका अङगविशेषले मलाई तरङगको झट्का दियो ।”
उसले उन्मत्त भैरवको मूर्तिलाई तलदेखि माथिसम्म टोलाएर हेरी । मूर्ति यन्त्रवत्‌ थियो र दृढ पनि । उसले बिस्तारै मूर्ति चलमलाएको देखी र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।

“त्यस मन्दिर अगाडि कृष्ण मन्दिरको छेउमा एउटा सानो महादेवको मन्दिर छ। त्यस मन्दिरमा दुईतीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकर्षित भइरहन्छन्‌ । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । उसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । नाम नै उन्मत्त भैरव !

उन्मत्त भई नग्न कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मीठो काउकृती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन्‌ । त्यस काउकुतीबाट म द्रवित हुन्छु लोग्नेको सम्बन्धको तृष्णातृप्ति ।”

ऊअक्स्मात्‌ उन्मत्त भैरवको मूर्तिलाई अङ्गालो मार्न पुगी । बेसरी बाहुपासमा बाँधी। मूर्ति कठोर थियो । मूर्तिको दृढइन्द्रियले उसको पेट अँचेटिएपछि बल्ल थाहा पाई- मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।

“एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो। म मर्माहत थिएँ । किन-किन अनायासै उससँग आफ्नोपन गाँसियो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्के । मनले उससँगको सामीप्य खोजेको थियो ।

घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चर्य र हर्षका साथ उसलाइ हेरिरहँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफुतिर आउन आँखाले इसारा गर्यो । म उसको अङ्गालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेर उसैसँग समाहित भएँ । उसको तातो अनि चिसो स्पर्श शरीरभरि तरङ्गित हुँदै गयो ।

मलाई लाग्यो – म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुईजनाको सङगमको क्रीडा कामशास्त्रमा वर्णन गरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरह्यो । हाम्रो हारजीतको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैँर्झैँ बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घणटी बज्यो , म झल्याँस्स ब्युँझेँ ।”
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसीनाले निथ्रुक्क भिजेको थियो । तर पनि ऊ आफु पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्तिपछिकाे हलुङगो मनको अनुभुति दिइरहेको थियो ।

प्रतिक्रिया
Loading...