बस्तीमा मान्छेहरुले भ्लासोभ परिवारको त्यो सानो घरबारे झन्झन् बढी चाख लिन थाले । यस उत्सुकतामा अज्ञात शङ्का र द्वेषको भावना मिसिएको थियो । साथै यस उत्सुकताले उनीहरुमा विश्वासमिश्रित जिज्ञासा पनि जगाउँदै थियो । कहिलेकाहीँ कुनै बिलकुल अपरिचित व्यक्ति पाभेलको नजिक आउँथ्यो र सावधानीपूर्वक यताउता हेरिसकेपछि भन्थ्यो –
“भाइ, हेर त, तिमी किताब पढ्छौ, कानुनको पनि जनकारी राख्छौ, के तिमी बताउन सक्दैनौ .. ।” अनि ऊ पुििलस अथवा फैक्ट्रीका व्यवस्थापकहरुले गरेको कुनै अन्यायबारे बताउन थाल्थ्यो । यदि कुरा निकै जटिल छ भने पाभेल सहरमा बस्ने आष्m्नो परिचित वकिलको नाममा एउटा चिट लेखिदिन्थ्यो । तर यथासम्भव ऊ आफैं त्यस समस्याको हल बताउने कोसिस गथ्र्यो ।
बिस्तारैबिस्तारै मानिसहरुले त्यस गम्भीर युवकको कदर गर्न थाले । ऊ सिधासादा शब्दमभा निडरतापूवर्कक आफ्नो कुरा बताउँथ्यो, प्रत्येक कुरा आँखा खोलेर हेथ्र्यो र हरेक कुरा बडो ध्यानपूर्वक सुन्थ्यो । ऊ प्रत्येक घटनाको पिँधसम्म नपुगी शान्त हुँदैनथ्यो र जहिले पनि, जहाँ पनि समस्त मानिसहरुलार्य एकताबद्ध गर्ने सुत्र पत्ता लगाउने कोसिस गथ्र्यो ।
“दलदलका लागि एक कोपेक भन्ने मामिलासम्बन्धी त्यस घाटनापछि मान्छेहरुले पाभेललाई विशेष आदरका दृष्टिले हेर्न थाले ।
फैक्ट्रीको सिमानाबाहिर, झन्डै चारैतिरबाट फैक्ट्रीलाई घेर्ने ठूलो दुर्गन्धमय धाप टाढाटाढासम्म फैलिएको थियो । यो धापमा भोजवृक्ष र सल्लाको जङ्गल उम्रिएको थियो । वर्षाकालमा धापबाट पहेँलो रङको बाफ उठ्थ्यो र लामखुट्टेहरुको फौज निस्कन्थ्यो, जसले बस्तीमा ज्वराको महामारी फैलाउँथ्यो । यो धाप फैक्ट्रीको सम्पत्ति थियो र नयाँ डाइरेक्टरले यो धापिलो जमिन उपयोग गर्ने उद्देश्यले धाप सुकाउने र त्यहाँबाट मट्टीकोइला निकाल्ने योजना बनाएको थियो । मजदुरहरुको रहनसहनको अवस्थामा सुधार ल्याउने उद्देश्यले यो कदम उठाउँदैछ भन्ने बह ानाले डाइरेक्टरले धाप सुकाउन प्रत्येक मजदुरले आफूले पाउने ज्यालाको हरेक रुबलबाट एक कोपेकका दरले फैक्ट्रीलार्य कर बुझाओस् भन्ने आदेश जारी ग¥यो ।
मजदुरहरु क्रोधित भए । विशेषतः कुन कुरामा उनीहरुको विरोध थियो भने फैक्ट्रीका व्यवस्थापकहरुमाथि यो आदेश लागू हुँदैनथ्यो ।
जुन शनिबार डाइरेक्टरको आदेशअनुसार कोपेक काट्ने यो घोषणा टाँसियो, त्यस दिन पाभेल बिरामी परेर घर बसेको थियो । त्यसैले उसलाई त्यस घटनाबारे केही थाहा थिएन । भोलिपल्ट सजोभ र माखोतिन उसलाई भेट्न आए । फाउन्ड्रीमा काम गर्ने सिजोभ एक सुडौल बूढो मजदुर थियो र माखोतिन रिसाहा अनुहार भएको एक अग्लो मिस्त्री थियो । उनीहरुले पाभेललाईै डाइरेक्टरको आदेशबारे बताए ।
“हामी बुढापाकाहरु भेला भएर यसबारे विचारिविमर्श ग¥यौं ।” – सिजोभले बडो गम्भीरतापूर्वक भनयो – “तिमी जान्नेसुन्ने मान्छे भएकाले सल्लाह गर्ने हामीलाई तिमीकहाँ पठाएका हुन् । हामी थाहा पाउन चाहन्छौं – के कुनै त्यस्तो कानुन छ, जसले डाइरेक्टरलाई हाम्रो पैसाले लामखुट्टे मार्ने अधिकार दिन्छ ?”
“हेर न, चार वर्ष पहिले यिनै ठगहरुले नुहाउने घर बनाउन हामीसँग पैसा उठाएका थिए ।” माखातिन भन्दै थियो, बोल्दाखेरि उसका सानासाना आँखा चम्कन्थे । “तीन हजार आठ सय रुबल जम्मा भएको थियो । पछि कहीँ गयो त्यो पैसा ? नुहाउने घरको अत्तोपत्तो छैन ।”
पाभेलले उनीहरुलाई यो कर कति अन्यायपूर्ण छ र धाप सुकाउँदा फैक्ट्रीलाई कति फाइदा हुन्छ भन्ने कुरा बिस्तारपूर्वक बताइदियो । दुवै जना रिसले फतफताउँदै निस्के । उनीहरुलाई ढोकासम्म बिदा गरेर आएपछि आमाले हाँस्दै भनिन् –
“अब त बूढापाकाहरु पनि तँसँग सल्लाह माग्न आउन थालिसके ।” सल्लाह माग्न आउन थालिसके ।”
आमाको कुराको कुनै जवाफ नदिएर पाभेल टेबुलअगाडि बस्यो र केही कुरा लेख्न थाल्यो । केहीबेरपछि उसले भन्यो – “आमा, मेरो एउटा काम गरिदिनोस् न ! सहर गएर यो चिठी पु¥याइदिनोस् .. ।”
“कुनै खतरनाक कुरा हो कि ?” आमाले सोधिन् ।
“हो ! त्यहाँ हाम्रो खबर छापिन्छ । ‘धाप कोपेक’ सम्बन्धी यस घटनाबारे आउँदो अङ्कमा लेख छापिनुपर्छ ।”
“ठीक छ .. ।” आमाले भनिन् । “म अहिल्यै जान्छु ।”
यो पहिलो काम थियो जुन छोराले उनलाई सुम्पेको थियो । छोराले आफूसँग यति खुल्लमखुलला कुरा गरेकोमा उनी निकै हर्षित थिइन् ।
“पाभेल मैले बुझेँ,” आमाले भनिन् । “यो त सरासर लुट हो ! के नाम भन्यौ रे तिमीले त्यस मान्छेको – एगोर इभानोभिच रे ?”
आमा साँझ अबेला घर फर्किन् । उनी निकै थाकेकी थिइन् तर प्रसन्न थिइन् ।
“सासासँग भेट भएको थियो ।” आमाले भनिन् – “तँलाई नमस्कार पठाएकी छिन् । एगोर इभानोभिच त निकै सिधासादा, ठट्यौलो मान्छे रहेछन् । कुरा सुन्दै हाँसो उठ्ने ।”
“आमा, तपाईलाई यी मान्छेहरु मन परेकोमा मलाई धेरै खुसी छ ।”पाभेलले बिस्तारै भन्यो ।
“बडा सिधासादा मान्छेहरु रहोछन्, पाभेल । पटक्कै ठूलो बन्नु नपर्ने । सबैले तिम्रो बडो आदर गर्छन् .. ।”
सोमबार पनि पाभेल काममा गएन, ऊ अझ बिरामी नै थियो । दिउँसोको खाना खाने बेलातिर फ्योदर माजिन् स्वाँस्वाँ गर्दै आइपुग्यो । ऊ निकै प्रसन्न र उत्तेजित देखिन्थ्यो ।
“लौ हिँड हिँड !” उसले चिच्याउँदै भन्यो । फैक्ट्रीका सबै मजदुरहरु कम्मर कसेर उभिएका छन् । तिमीलाई डा्रक्न पठाएका मलाई । सिजोभ र माखोतिन भन्दैछन् – “तिमीले जति राम्ररी अरु कसैले कुरा बुझाउन सक्दैन । गएर मात्र त हेर, के हुँदैछ ।”
पाभेल केही नबोली चुपचाप लुगा लगाउन थाल्यो ।
“आइमाईहरु पनि खुब हल्लीखल्ली मचाउँदैछन् ।”
“म पनि जान्छु ।” आमाले भनिन् । “के हुँदैछ त्यहाँ ? म पनि जान्छ्ु ।”
“हिँड्नोस् ।” – पाभेलले भन्यो ।
सडकमा उनीहरु चुपचाप छिटोछिटो हिँड्दै थिए । आमा कति उत्तेजित थिइन् भने उनलाई लाग्दै थियो अब कुनै महत्वपूर्ण घटना हुनेछ । फैक्ट्रीमा मूल ढोकामा आइमाईहरुको भीड लागेको थियो । उनीहरु ठूलठूलो स्वरले चिच्याउँदै थिए । तीनै जना चुपचाप चोकमा पुगे । त्यहाँ चारैतिर मानिसहरुको भीड लागेको थियो । मानिसहरु निकै उत्तेजित स्वरले चिच्याउँदै थिए । आमाले देखिन् – सबै मानिसहरु फाउन्ड्रीको भित्तातिर मुख फर्काएर उभिएका छन् । त्यहाँ सिजोभ, माखोतिन, भ्यालोभ र अरु पाँच छ जना बूढापाका प्रभावशाली मजदुरहरु पुरानो फलामको डुङ्गुरमा उभिएका थिए ।
“भ्लासोभ आइपुग्यो ।” कसैको चर्को स्वर सुनियो ।
“भ्लासोभ रे ? लौ, यता पठाऊ उसलाई .. ।”
“चुप लाग ! चुप लाग !” एकैचोटि धेरै स्वर सुनिए ।
नजिकैबाट रीबिनको शान्त स्वर सुनियो –
“हामी कोपेकका लागि होइन, न्यायको लागि लड्दौछौं, यही हो कुरा ! हामीलाई आफ्नो कोपेकको त्यति माया छैन – यो पनि अरु कोपेकजस्तै गोलो छ, तर अरुभन्दा गह्रौं छ – यस कोपेकमा डाइरेक्टरको रुबलमा भन्दा धेरै बढी रगत छ ! मोल कोपेकको होइन, हाम्रो रगतको हो, न्यायको हो !”
रीबिनको कुरा सुनेर भीडबाट आवाजहरु आउन थाले ः
“ठीक भन्यौ तिमीले रीबिन ।”
“बडो घतलाग्दो कुरा ग¥यौ तिमीले !”
“लै भ्लासोभख पनि आइपुग्यो ।”
यी सब स्वरहरु मिलेर एक त्यस्तोा सर्जनमा परिणत भए उसले मेसिनहरुको गडगडाहट, बाफको सिसी र तारहरुको गुञ्जन सबै डुबाइदियो । चारैतिरबाट मान्छेहरु आफ्नो हात हल्लाउँदै अगाडि बढिरहेका थिए र जोसिला शब्दहरुद्वारा एक दोस्रालार्य उत्तेजित तुल्याउँदै थिए । उनीहरुको शिथिल हृदयमा भित्रभित्रै जुन असन्तोष सल्किरहेको थियो, त्यो अचानक दन्कियो र बाहिर निस्कन छट्पटाउन थाल्यो । यो असन्तोष विजयोल्व्लाससहित चारैतिर वातावरणमा फैलियो र यसका भयङ्कर पखोटाहरु निरन्तर फैलिँदै गए । यस असन्तोषले मानिसहरुलाई आफ्नो लपेटामा बाँध्दै गयो, उनीहरुमा द्वेष पैदा गराइदियो र स्वयम् प्रतिकारको एक ज्वालास्वरुप राँकियो । भीडमाथि धुलो र ध्वाँसोको बदल मडारियो । आन्तरिक उत्तेजनाले चम्किरहेका अनुहारहरुमा पसिना थियो र त्यसले गालामा आफ्नो चिन्ह छाडिरहेको थियो । मेसिनको तेलले चिप्ला र काला भएका अनुहारहरुमा आँखा र दाँत टल्किरहेका थिए ।
सिजोभ र माखोृतिन उभिएको ठाउँनेर पुगेपछि पाभेलवले ठूलो स्वरले चिच्याउँदै भन्यो –
“साथीहरु !”
आमाले देखिन् उसको अनुहार एकदम फिका र ओठ काँप्दैछन् । उनी अकस्मात् भीड चिर्दै अगाडि बढ्न थालिन् ।
“किन धक्का दिन्छेस् ?” – मान्छेहरु झर्किदै भन्थे ।
भीडमा अरुले पनि उनलाई घचेट्न थाले तर आमाले वास्ता गरिनन् । कहाँ र कुहिनाले घचेट्दै उनी बिस्तारै छोरा भए ठाउँतिर गइन् । उनी जसरी भए पनि छोरानजिक पुग्न चाहन्थिन् ।
जब पाभेलले त्यो शब्द उच्चारण ग¥यो, जुन शब्दमा उसका लागि अत्यन्त गूढ र महत्वपूर्ण अर्थ निहित थियो, उसले अनुभव ग¥यो, उसको घाँटी एक नयाँ सङ्घर्षशील उल्लासले अँठ्याउँदैछ । ऊ त्यहाँ भेला भएका ती मानिसहरुलाई आफ्नो हृदय अर्पित गर्न चाहन्थ्यो, जहाँ न्यायको स्वप्न दीप बल्दै थियो ।
“साथीहरु !” – उसले स्वरमा नयाँ शक्ति र उललास थियो । – “हामी तिनै व्यक्तिहरु हौं, जो गिर्जाघर र कारखानाहरु बनाउँछौ, जो सिक्री र सिक्का ढाल्छौं । हामी त्यही जीवनशक्ति हौं जसको सहाराले मानिसहरु जन्मेदेखि नमरुन्जेलसम्म आफ्ना पेट पाल्छन् र जिउँदा रहन्छन् ।”
“ठीक भन्यौ !” – रीबिन चिच्यायो ।
“जहिले पनि र जहाँ पनि काम गर्नुप¥यो भने सबैभन्दा पहिले हामी नै डाकिन्छौं, तर फल टिप्दा हामी सबैभन्दा पछि परेका हुन्छौं । कसले हाम्रो वास्ता गरेको छ ? कसले हाम्रा लागि के गरेको छ ? के हामीसँग मान्छेजस्तो वयवहार गर्छन् ? अहँ गर्दैनन् ।”
“गर्दैनन् !” भीडबाट उसको शब्दको प्रतिध्वनिजस्तो कसैको आवाज सुनियो ।
क्रमश………………
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।