मकथा लेख्थे । कहिलेकाही उसलाई सुनाउथे, उ भन्थि – कसरी लेख्छेस्‌ कथा?
म यसो हेर्छु, देख्छु, जुन कुराले मलाई बढी हुन्छ, त्यही लेख्छु, कथा बनिदिन्छ । उसले भन्थि – कतै हामीलाई हेरेर पनि कथा लेख्लिस्‌ नि । साथी हो १ यो सँग डराउनु पर्छ है ।
मैले भने विश्वस्त पार्थे – तिमीहरुसँग के नै छ र, त्यस्तो लेख्ने लायकको ।
अठार वर्ष उमेर हुँदाका कुराथिए माथिका ।
मतीस वर्ष हुँदासम्म हाम्रो भेटघाट भएन्‌ । ऊ अन्तै जिल्ला अन्तै अञ्चल म अन्तै । केही समय त देश नै फरक पर्थ्यो हाम्रो बसाइको । जब पुनः भेट भयो, हाम्रो कर्म थलो एकै परेछ राजधानी ऊ मास्टर्स पढि सकेर मास्टर्नी भएकी रहिछ । मेरो पेसा पनि उस्तै ।
एक पूर्व साथीको बिहे भोजले हामीलाई पुन भेटाएको थियो ।
आत्मियता फेरी उस्तै भयो, तर १२ वर्ष पहिला जस्तो दिन भरको समय हुन्थेन सँगै बस्ने, गफ गर्ने । निकालनु पर्यो समयलाई – बिदाको दिनमा त्यो पनि घरायसी कामबाट कटौती गरेर । तर हामी त्यति टाढा थिएनौं जति ती बिचका १२ वर्षमा थियो । त्यति नजिक पनि थिएनौ जति त्यो बाह्र वर्ष अगाडि थियौँ ।
यसैपनि म एक बच्चाकी आमा त्यसैले भेटघाटको लागि समयले उसलाई भन्दा मलाई साथ दिँदै

नीलम कार्की निहारिका (अमेरिका)

न थियो । समय अलि फरक भएछ ।

पहिला म मेरा कथा सुनाउथे । अब ऊ पत्र-पत्रिकाबाट आफै खोजेर पढ्ने भइछ । कथामाथी टिप्पणी गर्ने समेत भइछ । मैले भन्थे – तिमी मेरो राम्रो पाठक भइछौं, मित्र मात्र रहिनौ अब ।
उसले भनी – अपुष्पिणी कथाकी साइली कति कमजोर ? लालन-पालन गर्न सकिदैन भनेर सन्तान नै नजन्माउनु । साइली माथि कथाकारले गरेको अन्याय हो यो ।
मैले भने – कथाकारले अन्याय गरेको होइन । समाजको गरिबीको, विद्रुपरुप पस्केको मात्र ।
मएक बच्चकी आमा। दोस्रो बच्च मेरो पेटमा चल्दै छे । ऊ तेत्तिस वर्षीय अविवाहित ।
तनुको बिहे गर्नुपर्थ्यो केटा खोज्न । हाम्रो पुरानो साथीले भनी, तनु र मेरो, हामी दुवैको मिल्ने साथी ।
केटा त खोज्रे तर कस्तो खोज्ने?
हाम्रो मान्यता ठिङ्ग मेरो सामु उभिएको छ ।
-केटीभन्दा केटा, उमेरमा पाको हुनुपर्छ नभएर सँगैको तर कम हुनु हुदैन ।
-केटीभन्दा केटा शिक्षा हुनुपर्छ नभए बराबर कम हुनहुदैन ।
-केटीभन्दा केटा आर्थिक सम्पन्न हुनुपर्छ नभए बराबर कम हुनहुदैन ।
-केटीभन्दा केटा उचाइमा केही अग्लो हुनुपर्छ नभए बराबर कम हुनहुदैन ।
-केटीभन्दा केटा बढी आय आजएन गर्ने हुनुपर्छ नभए बराबर कम हुनहुदैन ।
-केटीभन्दा केटा प्रतिष्ठित हुनुपर्छ नभए बराबर कम हुनहुदैन ।

बरारब नै हुनैपर्छ भन्नेकुरा जातभातमा मेल खान आउँछ । उपाध्याय हो कि जैशी ? जैशीमा पनि तल्लो भात कि माथिल्लो भात? यो मेल खानुपर्छ, बराबरीको हिसाबले । जब घरबाट बिहेको कुरा चल्छ यस्तै सुनिन्छ ।
हो, यहाँनेर एउटा कुरामा भने केटा केटीभन्दा कमी भए हुन्छ । हेर्दाको सुन्दरतामा । केटाभन्दा केटी राम्री हुनुपर्छ । चिटिक्क परेकी सरलक्ककी ।

यत्तिका क्राइटएरिया छ मेरो सासु । म कहाँ कसरी खोज्नु केटा उसको लागि ।
वर्ष दिन बित्यो । मेरो आँखामा कोही परेन, यसरी मिल्दो ।
उमेर चौतिस काटेको, माथिल्लो भातको जैशी बाहुन, उचाइ पाँच फिट तिन इन्च भन्दा बढी, कम्तीमा स्रातकोत्तर, मासिक आठ हजारभन्दा बढी आर्जन गर्ने । यही हो न्यूनतम योग्यता ।
-केही कुरामा केही बुँदामा कम भएको सँग कुरा चलाईदिउँ भने हेला गरेको मै दिने होकी, डरलाग्थ्यो ।
मेरो श्रीमान्को दुई साथी उहाँको सिफारिसमा परेका हुन ।
एकजना लगभग छत्तीस वर्षको, पेसाले वकिल तर श्रीमती गुमाएका ।
अर्का, त्यस्तै पैतिसका हाराहारीका तर उनको एउटा दाँया हात बाँयाको तुलनामा अलि मसिनो । अलि कमजोर पनि।

मेरी साथीलाई – के सोचेर यो प्रस्ताव ल्याउन सक्नु भएको ? म कड्केकी थिए श्रीमानसंग ।
उहाँले भन्नु भएको – फरक पर्दैन होला भनेर ।
– कस्तो फरक नपर्नुनि, ल तनुलाई उनीहरूको ठाँउमा, तनुको ठाउँमा उनीहरूलाई राखेर सोच्नुस त ।
म नारीवादी कुरा गर्न थाले । एक्लै फत्फताए पनि । उहाँ चुपलाग्नु भनु – गल्ती स्वीकारे झैँ ।
मरिसाउनुको पनि कारण थियो । कारण मध्ये एक कारण मेरो श्रीमान उसलाई “हेपे” भन्नु भन्दा पनि उसले मैले “हेपी” भन्ने थियो । कसैगरी गरी म यो प्रस्ताव लिएर उसको अगाडि जान सक्ने थिइन । जब मेरो रिस चिसियो-
‘कि भनिदिउँ एक बाजी, मनले भन्यो ।
होइन, के ठान्ली, मेरो कस्तो मूल्याङ्कन गरिन्छ भन्लि । हुँदैनन्‌ । यही बन्द गर्नुपर्छ यो ? फेरी मनले नै भन्यो ।
केही महिनापछि खबर सुने, पुरानो मित्रबाट – उसको बिहे हुने भएछ ।
उसले बिहे गर्ने निर्णय गरिन्छ ।
केही हप्तापछि थाहा लाग्यो – उसले बिहे गरिन्छ । सँगै पढाउने टिचरसँग ।
बिहे हुनु के थियो, उ एक डेराबाट अर्कोमा सरिछ । पहिला एक्लै बस्थी अब दुई भएछन्‌ ।
एकदिन ढोका थुन्दै थिएँ बाहिरबाट, टेलिफोनको घण्टी बज्यो । श्रीमान्ले भन्नुभयो छाडिदेऔं – ल हिँड ढिलो भैसक्यो तर मनले मानेन । एक मिनेट ल, श्रीमानसँग अनुमति मागेर नलगाएको चापी उघारे ।
“एकपटक तिमीलाई भेट्नु थियो’ तनुको आवाज थियो ।
– ल हामी हिड्नै लागेका बाहिर । श्रीमानुको पर्सि फ्लाइट छ, फ्रान्स जानु हुने । हामी सपिङ जान लागेका । साँझ गरन, अनि कुरा गरौला ।
मलाई टेलिफोनमा बोल्न समेत फुर्सद मिलेन । उ केही बोल्दै थिई म कुरा छोट्याएर टुङग्याई पनि हाले ।
बाहिरबाट छिटो छिटो भन्ने आवाज अर्को कानमा बढी नै ठोक्किरहेको थियो ।
न उसले नै साँझ समर्पक गरी , न मैले नै गरेछु । सोझो अर्थमा मैले बिर्सिएछु, बिहान उसले फोन गरेको थिई भन्ने समेत ।

तिहारको बेला थियो । लक्ष्मीपूजाको अघिल्लो दिन मैले देखे – बाटोमा उ सानो पोलिथिनको झोला झुण्ड्याएर हिडेकी छ । मैले नै देखे र बोलाए । बल्ल झवाट्ट सम्झिएँ उसले टेलिफोन गरेको कुरा ।
मैलेबोलाउँदा उ झस्किइ ।
-यता-कता ? यो मेरो टोल थियो ।
-म पर्दा पसल खोज्दैछु । यही कतै छ भनेका थिए ।
– पल्लो चोकमा छ । अनि कता? मेरो प्रश्न मेरो सङ्केत फेरि पनि मेरो टोल प्रतिको थियो ।
– म हिजो मात्र यतै डेरा सरेकी । ढोकामा पर्दा हाल्नु थियो ।
– हो र १ ल बस । स्कुटरमा बस्छे ऊ ।
– फोन गरेकी थियौ नि किन? पर्दा रोज्दा बोले ।
-अ….. । अप्ठ्यारो मानी ।
– के हो? मैले उसको शरिरहेरे जिस्काउने पाराले केही परामर्श चाहिएको ?
– होइन १ फेरी अप्ठ्यारे मान्छे ।
-अनि किन त ?
– पछि कुरा गरौला ।
-भनन्‌ । म ढिपी कस्छु।
-उ अल्कोहोलिक छ । उ खुल्छे
-आजभोली कसले खात्न ? मेरो प्रतिक्रिया
– ज्यादै ड्रङकर छ ।
भन्नाले ?
-अलि बढी नै । खाएपछि दिन रात खान्छ ।
-हो र? आश्चार्य मेरो ।
पर्दा रोजियो । उसले भनी – यो अलि अध्यारो रङ्गको छ यही लिउ । फोहोर हुदैन ।
– फोहोर नहुने होइन्‌, फोहोर देखिन्न ।
– हो फोहोर नहुनु बेल्लै कुरा, फोहोर नदेखिनु बेग्लै ।
सँगै फर्कियौं ।
एकपटक उसले अनुरोध गरी कोठामा जान । म पनि तयार भए । त्यो अनुरोध – अनुरोधकै लागि मात्र थियो बा साच्चै को सोच्दै सोचिन ।
ढोकामा ताला झुण्डिएको मात्र थियो, चावी लागेको थिएन । उसले ढोका उघारी ।
एउटा खाट, एक कुनामा । पक्कि चिसो भुईमाथी प्लाष्टिकको गुन्द्री । त्यहिछेउमा एउटा ब्रिफकेसमा लुगा कोचिएको र खुल्लै पनि । त्यहीछेउमा केही किताब, विद्यार्थीको उत्तर पुस्तिका । अर्को कुनामा सानो टेवल टेवलमाथी ग्याँस चुल्हो झ्यालतिर सिलिण्डर । टेवलको तल प्लाष्टिकका विभिन्न रङ्गका डिब्बा अर्थात्‌ खाद्य साधन । चामलको अन्दाजी तीस किलोको बोरा । बोराको मुख खुल्लै । कागज ओछ्याएर राखिएका हरिया तरकारी तर सुकेर चाउरीपरेका । झ्यालको उचाइ नमिलेको पर्दा । यही देख्यो आँखाले ढोकादेखि पलङसम्मको दुरी तय गर्दा ।
-बसन्‌ । उसले पलङ तर्फ सङ्केत गरी ।
-म बसे ओछ्यानमा ।
सँगै बस्दै भनी – ज्यादै खान्छ । बिहोस नै हुनेगरि । अफिसको नजिकबस्दा सबैले थाहापाउने भए भनेर, हिजोमात्र डेरा सरेको । अस्तव्यस्त सामान तर्फको सङ्केत हो भनेर बुझे मैले ।
– धैरै जसो होस्टलमै बस्नु हुन्छ भनेको होइन?
– ही, बिदाको बेला यहाँ । दशैको बिदामा त के भनु ? रोकिएको होइन । उठ्यो मुख नघोइ खान सुरु गरेको ‘साझसम्म खायौं निदायो, उठेर फेरी सुरु । कुनै होस नै नहुने गरी – ओछ्यान भर भोमिट गरेर ……… 1
उसको अनुहारमा घिन लपत्तिएको छ । मुख बिगार्छे ।
– होस्टलमा बस्दा के गर्ने त त्यसरी खानुपर्ने मान्छे त्यो बेला कसरी नखाई बस्न सक्छ?
– खैनी खान्छ बेस्कनी,
– खैनी बाहेक केही, त्यस्तो नगन्हाउने खानु हुन्छ कि रक्सी भन्दा फरक ?
कहिले काही गाँजा खान्छ । आमाले नै वन्दोवस्त गरिदिन्छन्‌ । त्यही गएर खाएर आउछ ।
आमाले?
हो, उनीहरूलाई चाहिने कुरा सबै आमाले वन्दोवस्त गरिदिन्छीन्‌ । जेठो पनि खान्छ उ भन्दा बढी ।
– कहाँ वस्छन?,
– कान्छो छोराको अफिस नजिकै
सोचमा परे म ।
– छुटाउने औषधी हुन्छ भन्ने सुनेकी थिए । त्यही सोधु भनेर तिमीसँग ।

मैले पनि सुनेकी थिए । त्यो औषधी खाएपछि रक्सी खायो भने धेरै उँधो उँभो हुन्छ रे डाएरिया भोमिटिङ्ग क्या, अनि कहिल्यै रक्सी हेर्न मन लाग्दैन रे । घर भरि हुन्छ रे ….. सफा गर्न तयार हुनुपर्छ।
– त्यस्तो सफा नगरेको होर?
उसको अनुसारमा घिन छ, घृणा भन्दा ।
– बरु रिहयावलिटेसनमा लगेभैगो नि ।
– उसलाई त्यो सबै थाहा छ । ७ वर्ष त्यही काम गरेको रे, यहाँ गर्नु अघि ।
-के आफैले इग्रस खानु हुन्थो पहिला?
हो? धेरै पहिला । त्यो छडार नै त्यहा काम गरेको रे ।
खाने मात्र हो कि सुई पनि आउने?
-खोइ १ थाहा भएन त्यो त । दाजुले गर्दा त सिकेकोरे सबै लत, इन्डिया हुदानै ।
यतिवेला भने उसको अनुहारमा घृणा छ, श्रीमानको दाजु प्रतिको ।
किताब माथि एलवम र केही खुल्ला फोटा छन्‌ ।
– तिम्रो श्रीमानको फोटो होला नि?
मैले उसको श्रीमान देखेकै थिइन । देख्ने मन भयो साह्रै नै ।
फोटोहरू फर्काउदै जान्छु म । उसले श्रीमान चिनाइ दिन्छे फोटो मै । एक फोटोमा दुई जना छन्‌ । म त्यहीमा रोकिइरहन्छु ।
पहिलाको श्रीमती । उसैले प्रस्टै भन्छे
-के. पहिला विवाह भैसकेको थियो ? मेरो आश्चार्य
हो वंगालनी, बानी राम्रो थिएन रे । जो सँग पनि हिडने घुम्न जाने । पछि भागी रे अर्कै सँग । त्यै पिरले त खान लाग्यारे।

फोटो हेदै जादा, एक अर्को फोटो, उनै महिला । नौ महिनाको गर्भ भए जस्तो शरीर । म रोकिए त्यही फोटोमा । प्रश्नराख्न सकिन्‌ । त्यस पछिको दोस्रो – तेस्रो फोटो मै मेरो कौतुहल मेटिन्छ तिन जनाको फोटो थियो सानो बच्चा काखमा राखेको फोटो ।

तर पनि म यकिनमा पुग्न सकेकी थिइन । अझै पछाडि पुग्दा बच्चाको एक्लो फोटो । साहैर राम्रो बच्चा । म धेरैबेर नै रोकिन्छु । प्रश्न विना उ जवाफ दिन्छे ।
– उसको छोरा । अन्दाजी चार वर्षको बालक ।
-अहिले कहाँ छ?
-होस्टलमा ।
-आमाले नलगेको?
-उसैले खोसेर ल्याको रे ।
– तिमीलाई बिहे गर्दा सबै थाहा थियो?
– केही थियो, केही थिएन ।
उसले विवरण दिँदै गई ।
– मैलेजब सबैकुरा थाहा पाए सासुसंग भने, म कसैकी छोरी थिए, किन मलाई नभनेर छलगरी आज यस्तो पार्नुभयो । उनले भनिन्‌ – चार पाँच महिनापछि गर अहिले नगर बिहे भनेकै थिए, मानेनौँ तिमीहरुकै मर्जीले गर्यौ । किन अर्कालाई दोष लाउछौँ ।

म यतिबेला गर्न सक्ने भनेको सहानुभूतिका केही शब्द बोल्न सक्थे – बोले र निस्किए । जाँदाजाँदै भने – पिर नगरी सुत्नु । उसले भनी-बानी भो, थकाइ लाग्छ, निदाउन्न भनेपनि निद आफै आउँछ ।

मेरै सानो बुवालाई सम्झे- छोरा बिग्रियो भनेर बिहे गरिदिएको । बुहारीले सम्हाल्छे भनेर ।
त्यो समाजसेवीलाई सम्झे, उसले पनि आफ्नो कुलतमा लागेको छोराको निम्ति मेरै सानो बुवाको बाटो समातेको थियो।
मेरी सानीआमा बुहारीलाई भन्नुहुन्छ यसले त्यति जाबो लोग्ने सम्हाल्न सकिन ।
स्कुटरलाई गेटभित्र बिश्राम दिए । मेरो मनले विश्राम पाएन । धेरै गाह्रो भो । आइतबार घरमा खानाखाने गरी केही पाहुना डाकेकी थिए ।
दिउँसो देखि खाना बनाउनमा जुटेकि थिए ।
टेलिफोन बज्यो । बजिरह्यो । धेरैबेरमा बल्ल उठाएँ ।
“हेलो” हेरन, फेरी त्यस्तै भयो । आज स्कुल समयमै खाएछ । रमिता भा छ यहाँ अस्पताल लानुपर्छकी ? लग्यो भने भोलि फेरी मलाई के भा’थ्योर लगेको भन्छन्‌ रिसाउछन्‌ | …………..ल म पछि फोन गर्छु , आफैले सम्पर्क बिच्छेदगरि ।

तरकारी पकाउन तेल तताउँदै थिएँ ।
फेरि फोनको घण्टी बज्यो । चुल्हो निभाउछु ।
‘ल न म कोठामा लिएर जादैछु । एकै छिनको लागि भए पनि आउन मेरो कोठामा ।
पुनः चुल्हो खोलेर चिसिएको तेल तताउछु, प्याज भुट्छु , रातो पारेर, मसला भुट्छु र ओइरन्छु काउली । तरकारी चलाउदै गर्दा पनि उही आवाज आउछ उही अनुरोधको ? ग्यास बन्द गर्छु ।
सासु आमाको आखाले मलाई हेरिरहन्छ । शायद भनिरहेकोछ, – दुनियाभरकाको ठेक्का तैले नै लिएकी रहिछस्‌ ।
उसको ढोका अघिल्तिर पुग्छु ।
ढोकाबाट बाहिरिदै हुन्छ रक्सीको गन्ध । रक्सीको गन्धसंग म ठोकिन्छु ।
ऊ अर्धचेत पल्टिरहेछ त्यै खाटमा । सिनेमामा मात्र देखेकी थिए त्यस्तो दृश्य साच्चै सिनेमाका कलाकारले ठ्याक्कै गरिदिने रहेछन्‌ अभिनय । साच्चै गर्दा रहेछन नक्कल खुम्चिएको सर्ट जिङरिङ परेको कपाल, बढेको दाह्री रसिला राता-राता आँखा । त्यो सिनेमामा देखेको र अहिले देखेको दृश्यमा थप अहिले छ – मुखबाट चर्को गन्ध पनि |
-आर यू श्रेया ?
या । हाम्रो परिचय यसरी भयो ।
आई वान्ट टु टक विईथ यू यज अ डक्टर, श्रेया आई एम नट्‌ ड्रङकर, आई एम नट्‌ ड्रिंक……. उसले के भनी, म जँड्याहा हो?
– होइन भनिन ।
उसले धेरै कुरा गर्यो । कति बुझे कति बुझिन । उसले मसँग बोल्न हुने वाक्य पनि बोल्यो नबोल्ने वाक्य पनि बोल्यो।
– म तनूको नजिक जादा, मलाई पहिला तिमी ब्रस गर भन्छे – उसले भन्यो ।
ऊ रुन्छ । आँसु बग्छ गालाबाट तलतिर । यहानेर के रोयो थाहा भएन । सुनेकी थिए, रक्सी पनि रुन्छ कुनै बेला ।
– अस्पताल जाऔँ, उ भन्छे ।
-मलाई के भा छ के म बिरामी छु ? सिरक ओडेर सुत्छ । केहीबेरमा उठ्छ, र बोल्छ –
– मलाई अस्पताल नलैजाने ? म बाचोस्‌ भन्ने चाहना छैन ? उठेर हिँड्छ लड्न खोज्छ, ऊ दौडेर समात्न जान्छे र उ चिच्चाउछ – के म आफै हिड्न सक्दैन ? उ लड्खडाएर भित्ता समाउछ ।
– ज्यादै दुब्लो मान्छे मात्र अस्थिपन्जर छ ।
उ ढोकामा उभिन्छ । तनक्क तन्किएर बोल्छ
-मे आई कमइन ? उ लड्खडाउँदै आउछ ।
एक सर्तमा अस्पताल जान्छु, तपाईँ पनि सँगै जाने भए – उसको अनुरोध |
– साँझ घरमा पाहुना आउँदैछन्‌ । केही पाकेको छैन उम्कने सुर गर्छु । व्यस्तता देखाउछु ।
उ कान समातेर उठबस गर्छ । रक्सी पिएकोमा श्रीमती सँग माफी माग्छ । तनु हिनताका हेराई हेर्छे । म किच्च हास्छु । मेरा दातमात्र हास्छन्‌ ।
-तिमीलाई पछुतो छ म सँग बिहे गरेकोमा ? लज्जा पनि पछुताएकी थिई छाडेर गई मलाई, तिमीपनि जान्छौं ? उसले त एक छोरा दिए गएकी छ ।
उ बतुराउन थाल्छ । ओच्छ्यानमा पल्टन्छ ।
घरपेटी आईपुग्छन्‌ । मलाई डाक्छन्‌ बाहिर ।
तपाईँको चिनजानको भन्ने थाहा पाएका थ्यौँ । यहाँ रात दिन यस्तै हुन्छ । केही बन्दोवस्त गर्नुपर्यो,
आफन्तीलाई खबर गरिदिनु पर्यो ।
– मैले उसको घरवाला कोही चिनेकी छैन ।
– माइतीमा त चिनजान होला नि?
– अँ १ यत्तिमात्र बोल्न सक्छु म ।
माइती, को छ ? आमा छैनन्‌, बाबुभएरपनि छैनन्‌ ।
अस्पताल पठाउने निर्णय हुन्छ । घरपेटीले ट्याक्सी खोजिदिन्छन्‌ ।
केही आवश्यक सामान म झोलामा हालिदिन्छु । ट्याक्सी चढाउनु भन्दा पहिला म भन्छु
– सबै टेस्ट गर्नु, रगतको सबै परिक्षण गराउनु । तिम्रो पनि जाँच गर्नु है डाक्टरलाई भनेर । हामी पढेलेखेकाले पनि सर्तकता अपनाउनैपर्छ ।

तनु ट्याकसी चढदै बोल्छे – फर्केर आएपछि बस्र एउटा कोठाको बन्दोबस्त गरिदेउ ल