यी कुरा भनुन्जेलसम्म डेइजीले आफ्नाे ध्यान विन्टरबोर्नतर्फ मोडिसकेकी थिइन । ‘तपाईं कति नीच हुनुन्थ्यो ? यो कुरा मैले श्रीमती वाकरलाईं भन्दै थिएँ,’ ती युवतीले गुनासो गर्दै भनि्न ।

डेइजीले श्रीमती वाकरसँग किन यस्तो कुरा गरेकी होलिन्‌ भनी उनले अचम्म मानिरहेका थिए। नीच भएको प्रमाण तपाईँसँग छ त ?’ विन्टरबोर्नले सोधे। उनी डेइजीको प्रशंसक थिए। डेइजीको यस्तो आरोपले उनको उत्साहमा ठेस लागिरहेको थियो । श्रीमती वाकर बोलागना र फ्लोरेन्स सांस्कृतिक केन्द्रमा काम गर्थिन्‌। ती कला एवं संस्कृतिकी ज्ञाता पनि थिइन्‌ । विन्टरबोर्नले रोमका विभिन्न ठाउँको भ्रमण गर्दा न त बाटामा पर्ने बोलागनामा रोकिन्थे न त फ्लोरेन्समा नै तर कला र संस्कृतिप्रति उनको भावनात्मक झुकाउ थियो । विन्टरबोर्नले सम्झे, असल कुरामा विश्वास नगर्ने उनको एक जना देशवासीले अमेरिकी युवती राम्रा हुन्छन्‌ भनेका थिए। उनले सोचे, यसमा कुनै तर्क छैन तर सन्सारले यो कुरामा किन विश्वास गरिरहेको छ त ? निष्पक्ष भएर भन्नुपर्दा अमेरिकी युवतीलाई प्रकृतिले नै राम्रो गुण प्रदान गरेको छैन।

“तपाईंले भेभेईमा मप्रति ज्यादै नीच व्यवहार किन गर्नुभएको थियो ? तपाईंले मैले भनेको केही पनि मान्नुभएको थिएन त ? मैले तपाईंलाई भेभेईमा बस्न अनुरोध गर्दापनि तपाईं मान्नुभएको थिएन नि !’ डेइजीले भनिन्‌।

“मेरो हृदयकी अतिप्रिय बैँसालु मैयाँ, म त्यतिबेला जसरी भएपनि तपाईँलाई रोममा भेट्न आएको भए हुन्थ्यो त ? यसले तपाईँको चोट लागेको मनलाई अझै बेखुसी बनाउने थिएन र ?’ विन्टरबोर्नले मिठो स्वरमा भने।

‘उहाँले भनेको कुरा सुन्नुहोस्‌ मात्र, नपत्याउनुहोस्‌ नि ! यस्तो विचित्रको कुरा तपाईंले कहिल्यै सुन्नुभएको थियो त ?’ श्रीमती वाकरको रीबनको फुकेको गाँठो पार्दै डेइजीले भनिन्‌ ।

‘यति धेरै विचित्रको कुरा ! मेरी प्रिय !’ विन्टरबोर्नलाई समर्थन गर्दै मसिनो स्वरमा श्रीमती वाकरले भनिन्‌ ।

“अँ, श्रीमती वाकर, यो विचित्रको कुरा हो कि होइन मलाई थाहा छैन तर मैले तपाईंलाई केही कुरा भन्न चाहन्छु,’ श्रीमती वाकरको रिबनमा औँला राख्दै डेइजीले भनिन्‌ ।

‘आमा ! मैले तपाईंलाई अनुरोध गर्दछु तपाईं श्रीमती वाकरले आयोजना गरेको भोजको समारोहमा जानुपर्दछ, नत्र त्यहाँ युजिनले उपद्रो मच्चाउने छ,’ बिचमा टिप्पणी गर्दै अभद्र तरिकाले म्यान्डोल्फले भन्यो ।

“सुन्नुहोस्‌ श्रीमती वाकर, म युजिनसँग डराउँदिनँ। तपाईं ढुक्क हुनुहोस्‌, म तपाईंले आयोजना गरेको भोजको समारोहमा अवश्य पनि आउनेछु, शिर ठाडो पार्दै डेइजीले भनिन्‌ ।
‘यो सुन्न पाउँदा म खुसी छु,’ श्रीमती वाकरले भनिन्‌ ।
‘मसँग भोजको समारोहमा लगाउने राम्रा लुगा पनि छन्‌ नि !’ डेइजीले भनिन्‌।
‘तपाईँजस्तो मानिससँग पनि नहुने त ।’ श्रीमती वाकरले भनिन्‌ ।
“तर मैले तपाईँले आयोजना गरेको भोजको समारोहमा एउटा साथी पनि ल्याउने अनुमति चाहन्छु,’ डेइजीले भनिन्‌ ।
“तपाईंका कुनै पनि साथीलाई उक्त भोजको समारोहमा भेट्न पाउँदा म खुसी हुनेछु’, श्रीमती वाकरले श्रीमती मिलरतर्फ फर्केर हाँस्दै भनिन्‌ ।

“ए, तिनीहरू मेरा साथी होइनन्‌ नि ! मैले तिनीहरूसँग कहिल्यै पनि कुराकानी नै गरेकी छैन,’ डेइजीकी आमाले लाज मानेरै भएपनि हाँस्दै भनिन्‌।

‘गिओभानेलि मेरो घनिष्ठ साथी हुनुहुन्छ,’ नडराउँदै स्पष्ट आवाजमा तथा चहकिलो सुन्दर अनुहारमा कात्ति पनि मलिनता नदेखाउँदै डेइजीले भनिन्‌।

श्रीमती वाकर एकछिन्‌ मौन भएकी थिइन्‌। उनले झ्वास्स विन्टरबोर्नको अनुहारमा हेरिन्‌ । त्यसपछि उनले भनिन्‌, ‘म गिओभानेलिलाई भेट्न पाउँदा खुसी हुनेछु ।’

“उहाँ इटालेली मेरो महान्‌ साथी हुनुहुन्छ । उहाँ विन्टरबोर्न बाहेक संसारको सबैभन्दा रूपवान्‌ हुनुहुन्छ । उहाँले धेरै इटालेलीलाई चिन्नुका साथै केही अमेरिकीसँग पनि चिनापर्ची गर्न चाहनुहुन्छ अनि अमेरिकीलाई ज्यादै मन पराउनुहुन्छ । उहाँ ज्यादै चलाखका साथै आकर्षक पनि हुनुहुन्छ, डेइजीले शान्त हुँदै भनिन्‌ ।

ती प्रतिभासम्पन्न मानिसलाई श्रीमती वाकरको भोजको समारोहमा लगिने छ भन्ने कुरा निश्चित भएपछि श्रीमती मिलर वाकरलाई बिदा दिन तयार हुँदै भनिन्‌, ‘मलाई लाग्दछ, हामी होटलमा फर्कनेछौँ होला ।’

“आमा ! तपाईं होटलमा फर्कन सक्नुहुन्छ, तर म पैदल घुम्न जाँदैछु ।’ डेइजीले भनिन्‌।

“उहाँ गिओभानेलिसँग पैदल यात्रा गर्न गइरहनुभएको छ,’ र्यान्डोल्फले दाबी गर्दै भन्यो ।

“म पिन्सियो जाँदैछु,’ डेइजीले हाँस्दै भनिन्‌ ।

‘यो समयमा तिमी उनीसँग एक्लै जाने मेरी प्रिय नानू ? श्रीमती वाकरले सोधिन्‌ । ‘अहिले दिन ढल्केर साँझ पर्ने बेला भइसकेको छ। सडकमा टाँगाको साथै चर्चमा प्रार्थना गरेर फर्कने पैदल यात्रीको समेत भिडभाड हुन्छ । यो कुरा तिमीले विचार गरेकी छ्यौ ? मेरी प्रिय नानू, मलाई लाग्दछ, यो समयमा यात्रा गर्नु सुरक्षित हुँदैन,’ श्रीमती वाकरले भनिन्‌ ।

“मलाई पनि यस्तै लाग्दछ, तिमी जति विश्वस्त भए पनि यो समयमा यात्रा गर्दा तिमीलाई रोमन औलोले आक्रमण गर्नेछ । सम्झ त, चिकित्सक ड्याभिस्‌ले के भनेका थिए !’ श्रीमती मिलरले कुरा थप्दै भनिन्‌ ।

‘यात्रामा प्रस्थान गर्नुभन्दा अगाडि उहाँलाई केही औषधि दिनुस्‌ न त ।’ र्यान्डोल्फले भन्यो ।

त्यहाँ भएका सबै हिँड्न तयारी गरिरहेका थिए । डेइजी अझै सुन्दर दाँत देखाउँदै हाँसिरहेकी थिइन्‌। उनले श्रीमती वाकरलाई झुकेर गालामा चुम्बन खाइन्‌ । ‘श्रीमती वाकर ! तपाईँ ज्यादै वीर मानिस हुनुहुन्छ। म एक्लै गइरहेकी छैन । म साथीलाई भेट्न गइरहेकी छु,’ डेइजीले भनिन्‌ ।
‘तिम्रो साथीले तिमीलाई रोमन औलोबाट बचाउन सक्नेछैनन्‌’ श्रीमती मिलरले भनिन्‌ ।

‘तिमीले भेट्न गइरहेको साथी गिओभानेलि होइनन्‌ र !’ श्रीमती वाकरले सोधिन्‌।

विन्टरबोर्नले ती युवतीलाई हेरिरहेका थिए। उनले वाकरको प्रश्नमाथि एकदम छिटो ध्यान केन्द्रित गरेका थिए। डेइजी विन्टरबोर्नको अगाडि प्रफुल्ल भई आफ्नो टोपका रिबन हातले चलाउँदै उभिरहेकी थिइन्‌ । उनले विन्टरबोर्नलाई मुस्कुराउँदै हेरिन्‌ र कत्तिपनि हिचकिचाहट नमानी भनिन्‌, ‘हो, उहाँ गिओभानेलि हुनुहुन्छ । सुन्दर गिओभानेलि ।’

“मेरी प्रिय जवान साथी, एउटा सुन्दर इटालेलीलाई भेट्नको लागि यो समयमा पिन्सियोको पैदल यात्रा नगर,’ उनको हात समातेर श्रीमती वाकरले अनुरोध गरिन्‌।

“अँ, इेइजी गिओभानेलिलाई भेट्न पिन्सियो जाँदा के भयो त ? गिओभानेलिले अङ्ग्रेजीमा पनि राम्रो कुरकानी गर्न सक्दछन्‌, श्रीमती मिलरले भनिन्‌।

‘ओहो ! म कुनै गलत काम गर्न चाहन्नँ अनि यात्रा गर्ने बाटो पनि त सजिलो छ नि !, डेइजीले आश्चर्य व्यक्त गर्दै भनिन्‌ र विन्टरबोर्नलाई लगातार हेरिरहिन्‌ । ‘पिन्सियो यहाँबाट केवल सय यार्ड ( एक यार्डमा ०.९१४४ मिटर हुन्छ ।) मात्र टाढा छ। विन्टरबोर्न मसँग आफू नम्र भएको बहाना मात्र गर्नुहुन्छ। उहाँले यात्राको प्रस्ताव राखेको भए पनि हुन्थ्यो त ! तर खै ?’ डेइजीले भनिन्‌ ।

विन्टरबोर्नको नम्रताले छिटै नै दृढता प्राप्त गरेको थियो। उनले ती युवतीसँग यात्राको प्रस्ताव राखे। ती युवतीले विन्टरबोर्नलाई दया देखाउँदै आफूसँग यात्रामा जाने अनुमति दिएकी थिइन्‌ । तिनीहरू डेइजीको आमाभन्दा पहिले नै भर्याङ्बाट झरी तल आइसकेका थिए। विन्टरबोर्नले श्रीमती मिलरको टाँगा ढोका नजिकै रोकिइरहेको देखे। टाँगामा आभूषणयुक्त कपडामा सजिएको कुरियर बसिरहेको थियो। उनले भेभेईमा नै उसलाई चिनेका थिए। ‘बिदा हुन्छु ल, युजिन ! म यात्रा गर्न जाँदै छु डेइजीले भनिन्‌ । उनीहरू एकैछिन टाँगा खोज्न अल्मलिएका थिए, तर छिटै नै भाडाको टाँगामा सबार भएका थिए। ग्रेगोरियनादेखि पिन्सियन डाँडाको फेदीमा अवस्थित सुन्दर बशैँचासम्म यात्रा साँच्ची नै छिटो भएको थियो। दिन ज्यादै राम्रो भए तापनि गाडी, पैदलयात्री र अल्छी मानिसहरूको भिडले गर्दा ती जवान अमेरिकीले आफ्नो यात्राको प्रगतिलाई अति ढिलो भएको महसुस गरिरहेका थिए । विन्टरबोर्नले यतिबेला अनौठो आनन्द प्राप्त गरिरहेका थिए | उनको सम्पूर्ण ध्यान आनन्दमा केन्द्रित भइरहेको थियो । उनको सम्पूर्ण मन-मस्तिष्क डेइजीसँग रमाइरहेको, लर्ठाठइरहेको एवं झुलिरहेको थियो । यस्तो भान हुन्थ्यो उनको ध्यान डेइजीबाट प्राप्त गरेको आनन्दमा बाहेक अन्त कतै गइरहेको थिएन, तर अचम्म उनले पनि यात्रा ढिलो भइरहेको कुरा धेरैपछि |स्वीकारेका थिए। उनीहरूको यात्रा भइरहेको बाटामा अल्छी गरेर बिस्तारै हिँड्ने रोमनको भिड थियो । त्यो भिडले उनीहरूको बिचबाट एक युवकको मायालु अँगालोमा लठठिदै टाँगामा अगाडि बढिरहेकी एकदम राम्री विदेशी युवतीलाई ध्यान दिएर हेरिरहेको थियो भने उता विन्टरबोर्नले आफ्ना सबै भनाइ रित्तिने गरी कुरा गर्ने डेइजीको मस्तिष्कको रचना यस पृथ्वीमा कसरी भएको थियो होला भनेर अचम्म मान्दै उनले गरेका प्रशंसायुक्त कुरालाई ध्यान दिन छाडिसकेका थिए । डेइजीबाट विन्टरबोर्नले थाहा पाए अनुसार उनको काम डेइजीलाई गिओभानेलिको हातमा सुम्पनु थियो। यो कामले विन्टरबोर्नलाई एकातिर रिस उठाइरहेको थियो भने अर्कोतिर खुसी पनि बनाइरहेको थियो । उनले मनमनै ढुक्क हुँदै यस्तो काम नगर्ने निर्णय गरेका थिए।

“तपाईं किन छिटै नै मलाई भेट्न आउनुभएको थिएन ? तपाईं मलार्इ भेट्ने दायित्वबाट टाढा रहन हुन्थेन, भनिन्‌।

“म रेलयात्रामा थिएँ र भर्खरमात्र रेलबाट उत्रेको थिएँ । यो कुरा तपार्इलाई भन्न पाउँदा म ज्यादै खुसी छु,’ विन्टरबोर्नले भने ।

“तपाईं रेल रोकिएपछि पनि रेलमै बसेको भए त राम्रो हुन्थ्यो नि! अनि मैले तपाईं मस्त निद्रामा हुनुहुन्थ्यो भन्ने ठान्दथेँ त ! तपाइँसँग श्रीमती वाकरलाई भेट्ने समय त रहेछ नि ! मुस्कुराउँदै युवतीले भनिन्‌।

“मैले श्रीमती वाकरलाई संयोगले भेटेको थिएँ,’ विन्टरबोर्नले स्पष्ट पार्दै भने ।

“तपाईँले श्रीमती वाकरलाई जुन ठाउँमा संयोगले भेट्नुभएको थियो, त्यही ठाउँमा मैले पानि भेटेकी थिएँ। उनले मलाई भनेकी थिइन्‌, तपाईंले उनलाई जेनेभा नगरीमा भेट्नुभएको थियो रे । अँ, तपाइँले मलाई भेभेईमा भेटेर राम्रो गर्नुभएको थियो त्यसैले तपाईं मलाई भेट्न कै लागि भए पनि यहाँसम्म आउन त बाध्य हुनुभयो नि !’ डेइजीले भनिन्‌ । यसपछि डेइजीले विन्टरबोर्नलाई प्रश्न सोधेर दिक्क गरिरहिन्‌। उनले आफूसँग सम्बन्धित लामो अनावश्यक कुरा गर्न सुरू गरिन्‌ । ‘हामी बसोबास गरेको होटलका कोठा ज्यादै राम्रा छन्‌। युजिनले पनि यी कोठा रोमका सबैभन्दा राम्रा हुन्‌ भन्दछ । हामी रोमन औलोको कारणले मरेनौँ भने पुरै जाडो ऋतुभरि यहाँ बस्ने छौँ । मलाई लाग्दछ, परिस्थितिले साथ दिएमा त्यसपछि पनि रोममा नै बस्नेछौँ । मैले रोमलाई जति राम्रो ठाउँ छ भनी सोचेकी थिएँ, त्योभन्दा पनि राम्रो ठाउँ भएको अनुभव गरिरहेकी छु । मैले ढुक्क भएर सोचेकी थिएँ, रोम शान्त र सानो छ अनि हामीले प्रायः चलचित्र र लुगाको बारेमा मात्र कुरा गरेर अरूलाई दिक्क पार्ने खराब प्रवृत्ति भएका वृद्व मानिसमध्ये केहीसँग रोमका नयाँ ठाउँको भ्रमण गर्नु पर्नेछ, तर हामी यहाँ आएको एक हप्तामात्र भएको छ, मैले आनन्दको अनुभव लिइरहेकी छु । मेरो धेरैसँग चिनापर्ची भएको छ। यिनीहरू मानिसलाई छिटै खुसी बनाउन र आकर्षण गर्नसक्ने क्षमता भएका छन्‌ । यहाँका क्लब ज्यादै राम्रा छन्‌ । यी क्लबमा अङ्ग्रेज, जर्मन र इटालेली लगायत सबैखालका मानिसको सहभागिता छ । मलाई लाग्दछ, म सबैभन्दा बढी अङ्ग्रेजलाई मन पराउँदछु। मलाई तिनीहरूको कुराकानी गर्ने शैली मन पर्दछ । यहाँ राम्रा अमेरिकी पनि छन्‌। मैले अहिलेसम्म यति मित्रवत्‌ व्यवहार गर्ने अमेरिकीलाई भेटेकी थिइनँ । यहाँ हरेक दिन कुनै न कुनै राम्रा काम भइयरन्छन । यहाँ आयोजना गरिने सामाजिक समारोहमा धेरै नाच्ने तर मैले कहिल्यै पनि नाँच नै सबै कुरो हो भनी सोचिनँ। म सधैँ मानिससँग वार्तालाप गर्न रूचाउँदथेँ। मलाई लाग्दछ, मैले यो अवसर श्रीमती वाकरको आवासगृहको कोठामा प्राप्त गर्नेछु तर ती कोठा ज्यादै साना पो छन’ डेइजीले भनिन्‌ । तिनीहरूले पिन्सियन बगैँचाको मूलद्वार पार

गरिकेपछि डेइजीले उत्सुक हुँदै गिओभानेलि पर्खिरहेको ठाउँ पत्ता लगाउने प्रयास गरिरहेक थिइन्‌। ‘हामी त्यो ठाउँमा सिधै जानु राम्रो हुन्छ, जहाँबाट तपाईंले धेरै दृश्य देख्न सक्नुहुनेछ,’ डेइजीले भनिन्‌ ।

‘मैले तपाईंलाई निश्चय पनि गिओभानेलि पर्खिरहेको ठाउँ पत्ता लगाउन सहयोग गर्ने छैन नि !’ विन्टरबोर्नले भने ।

“त्यसोभए मैले तपाईंको सहयोगबिना नै गिओभानेलिलाई खोज्नेछु,’ डेइजीले भनिन्‌ ।

“तपाईं मलाई एक्लै छाडी अवश्य पनि कतै जानुहुने छैन,’ विन्टरबोर्नले भने।

डेइजीले खित्का छाडेर हाँस्दै भनिन्‌, ‘तपाईँलाई आफू हराउनुहुनेछ भनेर डर लागिरहेको छ होला, होइन र ? अथवा म भागेर जानेछु भनेर डर लागिरहेको छ होला ? तर गिओभानेलि त्यहाँ नजिकैको रूखमा अडेसा लागेर उभिइरहनु भएको छ । उहाँले टाँगाका नारीलाई हेरिरहनु भएको छ। तपाईंले कहिल्यै यस्तो रमाइलो अवसर देख्नुभएको थियो त ?’

विन्टरबोर्नले केही टाढा एउटा युवकलाई देखे । उनी उभिइरहेका थिए | उनले हात खुम्च्याएका थिए । उनले हातमा एउटा छडी पनि लिएका थिए। उनको सुन्दर अनुहार थियो। उनले कलात्मक शैलीले सन्तुलन हुने गरी टोप लगाएका थिए। उनले एकआँखे चस्मा पनि लगाएका थिए। उनको टिसर्टको टाँकघरमा सुगन्धित फूलको गुच्छा पनि झुन्डिएको थियो । (हेनरी जेइम्जका केही उपन्यासहरूमा टाँकघरको प्वालमा फूलका गुच्छा झुन्ड्रयाइएका पुरूष पात्रहरू पनि भेटिन्छन्‌। यसरी टाँकघरका प्वालमा फूलका गुच्छा झुन्ड्याउनु असल पुरूष पात्रको सङ्केत होइन भनी उनले आफ्ना पाठकलाई भन्न खोजेका छन्‌ ।) विन्टरबोर्नले एकछिन उनलाई हेरेर भने, तपाईँ ती युवकसँग कुराकानी गर्ने चाहना राख्नुहुन्छ र ?’

“मैले उहाँसँग कुराकानी गर्ने चाहना राखेकी छु र ? किन र ? मैले उहाँसँग नबोली सङ्केत प्रयोग गरेर सञ्चार गर्न सक्दिनँ र ? तपाईंले यो कुरा किन सोच्नुहुन्न हँ ?’ डेइजीले भनिन्‌ ।

‘मलाई कुरा बुझाउनको लागि तपाईं त हुनुहुन्छ नि ! म तपाईं सँगै यात्रा गर्न चाहन्छु नि !’ विन्टरबोर्नले भने ।

डेइजी एकछिन कुरा गर्न रोकिइन्‌ । उनले विन्टरबोर्नलाई हेरिन्‌ । उनको अनुहारमा निराशाका सङ्केत कोरिएका थिएनन्‌, बरू उनी मुस्कुराइरहेकी थिइन्‌। उनका पुक्क परेका गाला हाँस्दा निक्कै राम्रा देखिएका थिए र उनका आँखा अभै सुन्दर देखिएका थिए ।

अहा ! यहाँ त कति राग्नी देखिनु भएको छ नि ! यहाँ त मन लोभ्याउने मध्येकी एउटी तरुनी हुनुहुन्छ ।’ विन्टरबोर्नले विचारमग्न हुँदै भने।

तपाईंको यस्तो कुरा मलाई मन पर्दैन। यो त मानिसलाई आफ्नो नियन्त्रणमा लिने ज्यादै नराम्रो तरिका हो नि !’ डेइजीले भनिन्‌।

‘मैले गल्ती गरेको भए माफ माग्दछु। मेरो भनाइको मुख्य आशय के हो भने मैले तपाईंप्रतिको मेरो विचार सुनाउन चाहेको हुँ,’ विन्टरबोर्नले भने।

ती यवतीले विन्टरबोर्नलाई ज्यादै गम्भीर भएर हेरिरहेकी थिइन्‌। यतिबेला उनका आँखा झन्‌ राम्रा देखिइरहेका थिए। ‘मैले कहिल्यै पनि आफूलाई आज्ञा दिने वा मैले गरेको कामलाई हस्तक्षेप गर्ने युवासाथीलाई स्वीकार गर्ने गरेकी छैन,’ डेइजीले भनिन्‌ ।

“मलाई लाग्दछ, तपाईं गल्ती गर्दै हुनुहुन्छ । कहिलेकाहीँ युवासाथीको सही सुझाउलाई पनि मान्नु त पर्छ नि !’ विन्टरबोर्नले भने ।

उनी फेरि हाँस्न सुरू गरिन्‌ । ‘म युवासाथीले भनेका कुरा केही पनि मान्दिनँ, तर उनीहरूको कुरा ध्यान दिएर सुन्छु मात्र ! तपाईँको विचारमा गिओभानेलि असल हुनुहुन्छ कि हुनुहुन्न त ?’ डेइजीले आश्चर्य व्यक्त गर्दै भनिन्‌।

छातीमा फूलको गुच्छा झुन्ड्याएका ती युवाले डेइजी र विन्टरबोर्न दुवैलाई देखे । गिओभानेलि गर्वका साथ ती युवतीको नजिकै गइरहेका थिए । उनले विन्टरबोर्न र डेइजीलाई शिर निहुराएर अभिवादन गरे र हँसिलो मुस्कानले स्वागत गरे । उनको हाँसो कलापूर्ण थियो। उनका आँखा चतुर थिए। विन्टरबोर्नले सोचे, उनी देखाइमा नराग्रा मानिस होइनन्‌, तैपनि उनले डेइजीलाई भने, ‘ अहँ, उनी असल मानिस होइनन्‌ ।

डेइजीसँग मानिसहरूलाई एकआपसमा राग्नोसँग परिचय गराउन सक्ने जन्मजात कला थियो । उनले आफ्नो दायाँ र बायाँ भएर अलि टाढै बसेका दुबै साथीको नाम एकअर्कालाई उनीहरू बसेकै ठाउँमा गएर भनिदिएकी थिइन्‌। चलाख तरिकाले अङ्ग्रेजी बोल्ने गिओभानेलिको कुराकानीमा धेरैजसो शब्द अमेरिकी सम्भ्रान्त परिवारका नारीले प्रयोग गर्नेखालका थिए र उनले डेइजीलाई अनावश्यक नम्र शब्दले सम्बोधन गरेका थिए । यो कुरा विन्टरबोर्नले महसुस गरेका थिए। उनले आफूलाई ज्यादै सभ्य देखाउने प्रयास गरिरहेका थिए, तर यसमा विन्टरबोर्नले कुनै प्रतिक्रिया जनाएका थिएनन्‌ । इटालेलीको चलाखपनको गाम्भीर्य विन्टरबोर्नले गिओभानेलिबाट बुझेका थिए। उनीहरूले आफ्नो वास्तविकता लुकाई आरामदायी तथा सजिलो तरिकाले जीवन बिताइरहेको अरूलाई देखाउन चाहन्छन्‌, तर यथार्थमा उनीहरूले निराशापूर्ण जीवन बिताइरहेका हुन्छन्‌ । यो वास्तविकता गिओभानेलिको व्यवहारमा प्रतिबिम्बित भएको विन्टरबोर्नले थाहा पाएका थिए। गिओभानेलिले उनीहरूसँग सामीप्य बढाउने प्रयास गरिरहेका थिए । उनले आफूलाई भेट्न आएका साथीलाई खानपिनको कुनै प्रस्ताव राखेका थिएनन्‌ । उनको इच्छा डेइजीमाथि दूरगामी प्रभाव पारी उनको मन जित्ने थियो । विन्टरबोर्नले उनका यी सबै कुरा चाल पाएको घमण्ड गरेका थिए। ‘उनी भद्र पुरुष होइनन्‌, चलाख भएको बहाना गर्ने मानिस मात्र हुन्‌ । उनी सङ्गीत शिक्षक हुन्‌ वा पत्रिकामा लेख दिने सामान्यखालको स्वतन्त्र लेखक हुन्‌ वा तल्लो दर्जाको चित्रकार हुन्‌ । उनी त हेर्दा राम्रो देखिने मात्रै हुन्‌,’ ती अमेरिकी युवकले डेइजीलाई भने । गिओभानेलिको वास्तवमा राम्रो अनुहार थियो, तर ती प्यारी अमेरिकी युवतीले वास्तविक र अवास्तविक भद्र पुरूष बिचमा भेद छुट्याउन नसेकेको कुराले विन्टरबोर्न ज्यादै रिसाइरहेका थिए । गिओभानेलिले निरन्तररूपमा गम्भीर नहुँदै कुरा गरिरहेका थिए। उनी गफमा लठिठइरहेका थिए अनि डेइजीका विभिन्न भनाइमा उनले अचम्मसँग सहमति जनाइरहेका थिए । गिओभानेलिसँग स्वाङ पार्ने ज्यादै प्रतिभापूर्ण कला थियो । यसको माध्यमले उनले डेइजीसँग सामीप्य बढाउन खोजिरहेको कुरा प्रस्ट देखिन्थ्यो । विन्टरबोर्नले आफैसँग कुरा गर्दै भने, ‘तैपनि यी राम्री युवतीले यी कुरा बुझ्नु पर्दथ्यो !’ विन्टरर्बाले मनमनै शङ्का गरे, यी युवती साँच्ची नै राम्रो चालचलन भएकी हुन्‌ त ? डेइजीलाई विवाहपूर्व युवासाथीसँग मायाप्रीति गाँसेर आनन्द लिने खालकी अमेरिकी युवतीको रूपमा अनुमान गरिए तापनि एउटी राम्रो चालचलन भएकी युवतीले विदेशी युवकसँग सहमति भएको ठाउँमा भेट गर्नुहुन्छ त ? यो भेट खुला दिनमा र रोमको सबैभन्दा बढी भिडभाड हुने ठाउँमा भइरहेको थियो। यो भेटमा अत्यधिक खराब नियत वा व्यक्तिगत फाइदा मात्र थिएन त ? यस्ता अचम्मका क्रियाकलाप त्यहाँ देखिन्थ्यो । विन्टरबोर्नको ती युवतीप्रति फुकाउ थियो। उनले चिन्ता व्यक्त गरे, उनी ती युवतीले आफ्नो मायालुलाई भेटिरहेको बेला ती युवतीसँग अधैर्य देखिनु हुन्थेन । तिनलाई पूर्णरूपमा राम्रो चरित्र भएकी युवती हुन्‌ भनी सम्मान गर्नुपर्ने अवस्था अब रहेको थिएन । डेइजीले आफूलाई गरिने ब्यवहारमा व्यक्त गर्नै नसकिने विचित्र खालको संवेदनशीलता चाहिरहेकी थिइन्‌, त्यसैकारणले यस कुरालाई सामान्यीकरण गर्नु आवश्यक देखिन्थ्यो । ती युवतीले उच्च खालको व्यवहार खोजिरहेकी थिइन्‌ । तिनलाई संवेगको बिचको भावनाको प्रतिमूर्तिको रूपमा व्यवहार गर्नुपर्दथ्यो । यसैलाई मायाका अनुरागीहरूले बन्धन रहित अनुराग भन्ने गर्दथे । उनी विन्टरबोर्नबाट मुक्त हुन चाहेजस्ती देखिन्थिइन्‌ ताकि उनले गिओभानेलिसँग आफ्ना विचार अन्यौलमा नपरी सहजरूपमा राख्न सक्ने थिइन्‌, तर यतिबेला उनले आफूलाई विन्टरबोर्न र गिओभानेलि समक्ष साहस र निर्दोषिताको रहस्यमय सम्मिश्रण हुँदै प्रस्तुत गरिरहेकी थिइन्‌ ।

डेइजी पन्ध्र मिनेट जतिदेखि आफ्ना दुई युवा साथीसँग टाँगामा घुमिरहेकी थिइन्‌। केही समय अगाडिदेखि गिओभानेलिले डेइजीसँग निकै उत्सुक हुँदै कुरा गरिरहेका थिए। विन्टरबोर्नलाई लाग्दथ्यो, गिओभानेलिले दर्शकलाई राम्रो भाषण सुनाइरहेका छन्‌। डेइजीले चुल्बुले पाराले बच्चाले जस्तै ज्यादै खुसी हुँदै ती कुरामा सहमति जनाइरहेकी थिइन्‌ । साँझपख पिन्सियन बगैँचा घुम्न आएका मानिसहरूको कारणले गर्दा सडकमा टाँगाको निकै भिड भैसकेको थियो । एउटा टाँगा आफ्नो ताँतीबाट एकदम अचानक छुट्टिएर सडकको छेउको गल्लीमाथि उक्लिएको थियो । त्यसलाई विन्टरबोर्नले देखे। त्यसमा उनको साथी श्रीमती वाकर थिइन्‌ । यिनैको घरबाट उनी केहि समय अगाडि बिदा भएर हिँडेका थिए। श्रीमती वाकर टाँगा गाडीमा थिइन्‌। उनले विन्टरबोर्नलाई हातको इसाराले बोलाइन्‌ । डेइजीको साथ छाडेर विन्टरबोर्न छिटोछिटो हिँड्दै श्रीमती वाकरको नजिक गइरहेका थिए । श्रीमती वाकरको पुरै अनुहार लाजले रातो भइरहेको थियो। उनको मुटुको ढुकढुकी बढिरहेको थियो। उनले स्याँस्याँ गर्दै श्वास फेरिरहेकी थिइन । “यो साँच्चै नै ज्यादै नराम्रो कुरा हो। यस्तो काम ती युवतीले गर्नै हुन्न। उनी यहाँ दुई जना आफ्ना युवासाथीलार्इ साथमा लिएर घुम्न आउनै हुन्थेन । उनलार्इ यसरी सँगसँगै घुमेको धेरैले लेखिसके ,’ श्रीमती वाकरले भनिन्

क्रमश……….