विगत केही महिनायता कवि सञ्जय सुमनले देशका विभिन्न ठाउँमा भित्तामा कविता अभियान सञ्चालन गरिरहेका छन् । कोरोनाकालमा गाउँ गएका उनले गाउँमा कविता ब्युँताउने उद्देश्यका साथ आफ्नै र छरछिमेकका भित्तामा कविता रंग्याएर कविता ब्युँताउने प्रयास गरेका थिए ।
कोरोनाका कारण उत्पन्न परिस्थिति पुनः सामान्य हुनासाथ काठमाडौँ फर्किएपछि उनी यतिबेला राजधानी र वरपरका स्कुले भित्तामा कवितालाई ब्युँताउने प्रयास गरिरहेका छन् ।
यस पटक उनले काठमाडौँको चाबेल, लामपोखरीस्थित लाइसियम मोडेल हाइस्कुलमा कविताको बिस्कुन लगाएका छन् । उनी भन्छन्, ‘यी कविता पढेर थोरै मात्र भए पनि कविताप्रति जागृति बढ्यो भने मलाइ त्योभन्दा अर्को खुसी हुने छैन ।’
आउनुस्, हामी पनि लाइसियम मोडेल हाइस्कुलका कविता वाचन गराैँः
छोटा कवितामा विशेषत: गहन मिथकीय प्रयोग गर्न रुचाउने कवि अनिल खतिवडा सिन्धुलीका स्रष्टा हुन्। उनी ”उज्यालोका मालीहरु”मा सङ्ग्रहित कवि हुन्।
विनय सरगम खोटाङका कवि हुन्।
दीपक क्षेत्री कोहलपुर -१२ , बाँकेका कवि हुन्।
साहित्य सिर्जनाका विविध विधाहरु; कविता, कथा, उपन्यास, समालोचना, अनुवादमा गहिरो दखल राख्ने महेश पौड्याल अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविधालयका उप-प्राध्यापक हुन्।
बिम्ब शिल्पमा गहन दखल भएका कवि शरद ऋतु चितवनका स्रष्टा हुन्। उनी ”उज्यालोका मालीहरु” मा सङ्ग्रहित कवि हुन्।
विशेषत: गजल, मुक्तक र कविता विधामा सिर्जनशील श्रीभवानी नेपाल इटहरी-१२, सुनसरीका स्रष्टा हुन्।
अध्यात्म र ध्यानमा गहिरो रुचि राख्ने कवि अनुपम पोखरेल कुण्डलिनी ध्यानका प्रशिक्षक पनि हुन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।