देश ,यो हिमाली पर्वत जहाँ हिऊँ सधैँ झुल्दछन्
पाखामा फूल फुल्दछन् जहीँतहीँ बास्ना खुबै छर्दछन्
पाखामा फूल फुल्दछन् जहीँतहीँ बास्ना खुबै छर्दछन्
नेपाली जनको अपार धन हो यो देश जलको धनि
हो रत्नै सरिको अमूल्य निधि यो, दिन्न म बस्छु रमि।
शोभा दिब्य धरा हो प्राण सरिको, नेपालीको जीवन!
लैजाऊ बरु प्राण दिन्छु सहजै दिन्न यो भूमि छुन!!
सीमा सानो छ मेरो यो बगरको माटो अमूल्य हिरा !
दिन सक्दिन लौ चिमोटी म भूमि पारेर यस्को चिरा !!माग्छौ लौ शिर यो झुकाई म बरु यस भूमिमा आखिर !
चढ्न लौ छु तयार म पनि बली यस देशका खातिर !!
यो हो देव भूमि यस विश्व भरमा छैन है मुल्य कुनै!
यस्का खातिरमा छिनाई बरु लौ दिन्छौ तीनकोटी शिरैमाटोमा नदी कलकल बगिकन ,सिञ्चन जलैले गरी !
धर्तीका मुखमा दिई खुशी खुबै ,नाचेकी हुन झैँ परी !!
पाखा पर्वत र तराई बनमा संजीवनी फल्दछन्!
देशका काखभरि खनिज कति छन कुबेर नै बस्दछन!!

शोभा खतिवडा
धर्तीबाट बगि कति हिम नदी देश उर्वरा पार्दछन् !
झर्ना कलकल बग्दछन जहिँ तहिँ ,भूमि सबै रम्दछन् !
कस्तुरी मृग सावक हर घडी हिमालमा खेल्दछन् !
चौरी खर्क अनि ति लेकहरुमापंख डोलाउँदछन् !!
लस्कर शैल सबै यिनै धरणीको हरपल सुरक्षा गरी !
मानवका हित खातिरै भनिकन यो देव भूमिमा झरी !
सूर्यको जव ज्योति पर्छ भूमिमा ,हिमाल मुस्काउँछिन्!
चन्द्रैको नव कान्ति छाई धरणी शोभा दिई हाँस्दछिन !!
खै तिम्रो भूमिको न लोभ छ कति सानै भूमिमा रमौ!
स्वर्गै लाग्दछ यो धरा हर बखतयहिँ नै म बाँचौँ मरौँ !!
मेचीको जलमा नुहाई शिर यो काली पुगौ मन धुन!
यस्तो पावन यो भूमि अलिकतिदिन्न तिमीलाई छुन !
आऊ हेर्न र घुम्न यो शिव भूमि हिमाल हेरि कन !
शान्तिका दुतको यो जन्म भूमिमागर्नु बसी प्रार्थना !!
नेपाली मनका अपार धनि छन,कुवेर झै छ मन !’
भूमि सानो छ मेरो यो जगतमा अनमोल रत्न धन !!

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला