“म त्यो जाल लैजाउँ ?” केटोले सोध्यो ।

“हुन्छ लैजाउ ।” बूढोले भन्यो ।

वास्तवमा त्यहाँ न त जाल थियो न त पहेँलो भातको भाँडो नै । जाल पहिले बेचिसकेको झल्याँस्स सम्झियो केटोले | केटोलाई पनि थाहा थियो कि भाँडोमा न भात थियो न त माछा नै। उनीहरू खालि यस्तै कुराहरू गर्दै एक आपसमा ठट्टा गर्थे हरेक दिन । ।

“पचासी शुभ अङ्क हो | यदि मैले हजारौं पाउण्डको माछा मारेर ल्याएँ भने तिमीलाई कस्तो लाग्छ ?” बूढाले सोध्यो ।

“म अत्यन्तै खुसी हुन्छु ।” केटोले भन्यो | म सार्डिन माछा लिन जान्छु । तिमी यहीँ ढोकाको छेउमा घाम तापेर बस, हुन्न ?” केटोले भन्यो ।

बूढोले भन्यो, ‘भै हाल्छ नि किन नहुनु ? म बरू हिजोको पत्रिकामा बेसबलको केही खबर छ कि पढ्दै गर्छु ।’

हिजोको पत्रिका पढ्ने कुरो पनि काल्पनिक हो भन्ने लागेको थियो केटोलाई | तर बूढोले साँच्चिकै ओछ्यानमुनिबाट पत्रिका निकालेर भन्यो -“पेरिकोले दिएको यी पत्रिका मलाई ।”
सार्डिन भेट्नासाथ फर्किउँला । तिम्रो र मेरो भाग माछा , बरफमा राखौंला अनि अर्को दिनको बिहान भागवण्डा गरौंला हुन्न ? म फर्कर आएपछि तिमीले बेसबलको खबर सुनाउनु पर्छ नि मलार्इ । याङकीहरूले हार्न जानेका छैनन । तर मलार्इ केल्भल्याणड इन्डियनहरूदेखि अलि डर लाग्छ ।” केटोले भन्यो ।

‘हेर बाबु याङकीहरूमाथि विश्वास गर | डिमागियो जस्तो खेलाडी छ त्यहाँ बुझ्यौं ?” बूढाले भन्यो ।

“डेट्रायटका टाइगर र केल्भल्याण्डका इन्डियन दुवैसँग डराउँछु म ।’ केटोले भन्यो ।

‘सिनसिनाटीका रेड्स र शिकागोका ह्वाइट्‌ साक्ससित पनि डराउनुपर्छ तिमी ।’ बूढोले भन्यो ।

“तिमी पढ्दै गर अनि म फर्केर आएपछि भन्नू ।

“पचासी नम्बरको चिठ्ठा टिकट किन्न उचित होला के लाग्छ तिमीलाई ? भोलि त पचासी दिन पुग्छ माछा मार्न जान थालेको ।’ बूढोले भन्यो । “भै हाल्छ नि किन नहुनु ? अलि पहिलाको चौरासी दिनको त्यो अनुभव चाहिं के गर्ने नि ?”केटोले भन्यो ।

“अब त्यस्तो घटना दोहोरिँदैन । पचासी नम्बरको चिठ्ठा लिन सक्छौ तिमी ?” बूढोले भन्यो ।

“एउटा टिकट त लिन सकिन्छ ।’ केटोले बूढोको मनलाई शान्त पार्न भन्यो ।

एउटा टिकट ? एउटा चिठ्ठाको साँढे दुई डलर पर्छ । कोसित सापटी लिने होला बरू ?” बूढोले खल्लो मन गर्दै भन्यो ।

सजिलै सापटी लिन सकिन्छ त्यति त । सधैँ साँढे दुई डलर ऋण लिन्छु म ।’ केटोले फुर्ति लाउँदै भन्यो ।

“म पनि सक्छु होला तर म सकेसम्म सापटी लिने पक्षमा छैन | पहिले क्रण अनि त्यसपछि भीख ।” बूढोले भन्यो ।

“जीउ तताइराख बूढा । तिमीलाई थाहा छैन अहिले सेप्टेम्बर चल्दै छ भन्ने कुरा ?”

केटोले सम्झायो, ‘ठूलाठूला माछा समात्न सकिने महिना हो सेप्टेम्बर । मे महिनामा त जो पनि माझी बनीटोपल्छ नि।” बूढोले शान देखाउँदै भन्यो ।

“म सार्डिनहरू लिन जान्छु अब ।’ केटोले भन्यो ।

केटो फर्केर आउँदा घाम अस्ताइसकेको थियो | बूढो कुर्सीमा निदाइराखेको थियो । केटोले ओछ्यानबाट पुरानो कम्बल निकालेर बूढोलाई ओढाइदियो । बूढोको काँध देख्दा अचम्म लाग्यो उसलाई | गर्दन पनि अझै मोटो लाग्यो । निदाएको बेलामा घाँटीको छाला पनि त्यति साह्रो चाउरी परेको देखिँदैनथ्यो । कुर्सीमा बूढोको टाउको लर्केको थियो । उसको कमिज पनि पाल जस्तै धेरै ठाउँमा टालेको थियो । अनुहारमा कुनै चमक थिएन बुढ्यौलीले गर्दा । टालेको ठाउँ पनि रङ्गीचङ्गी देखिन्थ्यो । पत्रिका उसको घुँडामा च्यापेको थियो । हावाले नउडाओस्‌ भनेर हातले थिचेर राखेको थियो । उसका खुट्टा नाङ्गै थिए । केटो बूढोलाई छाडेर कतै गयो । फर्केर आउँदा पनि बूढो अझै गर्छ मस्त निद्रामा थियो |

“उठ बूढा ।’ बूढाको घुँडामा हात राख्दै केटोले भन्यो ।

आँखा खोल्यो बूढाले । कतै टाढाबाट फर्किआएको जस्तो भयो बुढोलार्इ। त्यसपछि बूढो मुस्कुरायो । “के ल्यायौं ? बूढोले सोध्यो ।
‘बेलुकालाई खानेकुरा ।’ केटोले भन्यो ।

“बेलुकाको खाना खाने बेलामा छौं हामी ।” “मलाई खासै भोग । लागेको छैन ।’ बूढाले भन्यो ।

“खाएनौ भने त माछा मार्न सक्दैनौ नि फेरि । खाऊ खाऊ ।’

खाउँला नि त भनेर बूढो उभियो अनि पत्रिका पट्यायो |

केटोले भन्यो -“म बाँचुन्जेल तिमीलाई खाना नखाइकन माछा मार्न जानै दिन्न बुझ्यौं ?

“लामो आयु होस्‌ तिम्रो । राम्रो ख्याल गर आफ्नो ।’ के खाने अब हामी ?” बूढोले भन्यो |

“कालो बोडी र भात केराको भुटुवा अनि अलिकति मासुको तरकारी ।” चौतारीबाट ल्याएको थियो केटाले बट्टामा हालेर ती खानेकुरा । उसले गोजीमा पत्रिकाले बेरेर प्याष्टिकको चक्कु र काँटा चम्चा पनि ल्याएको थियो । साथै हात पुछ्न पुरानो पत्रिकापनि ।

“कसले दियो तिमीलाई यी सबै खानेकुरा ?” बूढोले सोध्यो “मार्टिन, मेरो मालिकले ।”
“धन्यवाद दिनैपर्छ उनलाई ।”

“मैले पहिल्यै दिईसके । तिमीले दिइराख्नु पर्दैन ।’ केटोले भन्यो ।

“उनलाई मैले माछा मारेको दिन माछाको भुँडीको मासु तिम्रो मालिकलार्इ दिन्छु । ” यसअघि पनि धेरै चोटि मद्दत गरेका थिए हामीलाई उनले ।” बूढोले भन्यो ।

हो त नि । भुँडीको मासु मात्र होइन अरू पनि थुप्रै कुरा दिनुपर्छ जस्तो लाग्छ उनलाई । हाम्रा शुभचिन्तक रहेछन्‌ उनी । “उनले दुई बोतल वियर पनि पठाएका छन्‌ ।’ केटोले थप्यो ।

“मलाई क्यान वियर औधि मनपर्छ ।” बूढोले भन्यो ।

“अँ थाहा छ मलाई | तर यो चोटि उनले बोतलमै पठाएका छन्‌ । हाटे वियर हो यो । बोतल फिर्ता दिनुपर्छ ।”. केटोले भन्यो ।

“ठीक छ त्यसो भए ।” बूढोले भन्यो ।

“खाने हैन अब ?”

अघिदेखि नै सोधि राखेको छु त खाने हैन भनेर । “तिमीले खान्छु नभनेकाले मैले भाँडै उघारेको छैन ।“ केटोले भन्यो ।

“खान्छु अब म । हातमुख धुन अलि समय चाहिन्छ ।” बूढोले भन्यो ।

‘कहाँ धुन्छौं हात ? धारा पनि निकै टाढा छ | पानी ल्याएर राखिदिनुपर्थ्यो मैले उनको लागि | साथै तौलिया र साबुन पनि । म किन यति हुस्सु भएको होला ? जाडोको लागि अर्को एउटा सर्ट, ज्याकेट, एक जोर जुत्ता अनि एउटा कम्बल पनि ल्याइदिनु पर्थ्यो | केटोले मनमनै सोच्यो ।
बूढोले भन्यो, “मासुको तरकारी त एकदमै मिठो रहेछ ।’

‘बेसबलको बारेमा बताउँदैनौं मलाई ?’ केटोले सोध्यो ।
“अमेरिकी लिगमा याङ्कीहरूले जिते ।” बूढाले गर्वसाथ भन्यो ।

“तर उनीहरू आज हार्नेछन्‌ ।’ केटोले जवाफ फर्कायो ।
त्यसले केही फरक पर्दैन । महान्‌ खेलाडी डिमागियो छउन्जेल आतिनु पर्दैन । टीममा अरू पनि राम्रा खेलाडी छन्‌ | “अवश्य डिमागियो टीममा हुनु र नहुनुले निकै फरक पार्छ । उनी अलि भिन्नै खालका खेलाडी हुन्‌ । ब्रुकलिन र फिलाडेल्फीयाको बीचको अर्को खेलमा म ब्रुकलिनको पक्ष लिन्छु । डीक सिस्लर र अन्य खेलाडी पनि शक्तिशाली छन्‌ भन्ने मलाई लाग्छ । डिकसिस्लर जस्तो लामो प्रहार गर्न सक्ने खेलाडी मैले देखेको छैन अहिलेसम्म । “उनी कहिलेकाहीँ चौतारीमा आएको तिमीलाई याद छ ? म उनलाई माछा मार्न जाऔं भन्न चाहन्थेँ तर लाजले सक्दिन थिएँ । तिमीलाई अह्राएको थिएँ, तर तिमी पनि लजायौ ।’ बूढोले भन्यो ।

केटोले भन्यो, “हो त्यो त ठूलै गल्ती भयो हामीबाट, सोधेको भए माछा मार्न जान्थे कि हामीसित ।”

बूढोले भन्यो, ‘डिमागियोलाई माछा मार्न लैजाने ठूलो धोको छ मेरो । भनिन्छ उनको बाबु पनि माझी नै थिए रे । सायद उनी पनि हामी जस्तै गरीब थिए होलान्‌ | हामीले भनेको मान्थे होलान्‌ सायद | तर सिसलरका बाबुचाहिं गरिब थिएनन्‌ कहिल्यै । अनि उनी मेरो उमेरमा ठूला-ठूला खेल खेल्थे ।” बूढोले भन्यो |

फेरि बूढोले आफ्नो विगत सम्झदैं केटोलाई भन्यो, ‘तिम्रो उमेरमा म अफ्रिका जाने जहाजको पाल अगाडि उभिएको थिएँ । साँझपख समुद्री किनारमा सिंहहरू देखेको थिए अफ्रिकामा ।’

केटोले भन्यो, “भो मलाई थाहा छ तिमीले धेरैचोटि पहिले भनिसक्यौ । बूढोलाई अफ्रिकाको कुरा गर्न मन थियो । त्यसैले बूढोले केटोलाई सोध्यो । अब हामी बेसबलको कुरा गर्ने कि अफ्रिकाको ?”

“बेसबलकै कुरा गरौं ।’ “महान्‌ खेलाडी जोन जे. म्याक्रग्राका बारेमा बताऊ त मलाई ।’ “केटोले आग्रह गर्यो ।

बूढोहोन्जेलसम्म उनी चौतारीमा आउने जाने गर्थे । उनी अलि रिसाहा रूखो बोली भएका व्यक्ति थिए । रक्सी पिएपछि उनी अलि अभद्र व्यवहार देखाउँथे | बेसबल बाहेक घोडा दौडमा पनि उनको विशेष रूचि थियो । गोजीमा घोडाको सूची बोकी हिँड्थे । अक्सर टेलिफोनमा पनि घोडाकै कुरा गर्थे ।”
“उनी निकै चर्चित मेनेजर थिए रे मेरो बुबाले भन्नुभएको ।” केटोले भन्यो । “किनभने धेरै चोटि आउँथे उनी ।’

“त्यसैले तिम्रो बुबाले उसलाई सक्षम मेनेजेर ठान्थे होलान्‌ सायद | बूढोले भन्यो ।
‘ल्यूक र माइक गोन्जालेजमा को सबैभन्दा चर्चित मेनेजर होलान्‌ ?’
“मेरो विचारमा तिनीहरू दुवै बराबर छन्‌ ।”
केटोले कुरा मोड्दै भन्यो, “सबैभन्दा सिपालु माझी चाहिँ तिमी हौ ।”…
“अहँ । अरू पनि थुप्रै सिपालु माझी छन्‌ ।’
अहँ । होलान्‌ हुन त तर तिमी अरू भन्दा सिपालु छौ ।’ केटोले भन्यो ।

“धन्यवाद” तिमीले मलाई खुशी पार्यौ ।

क्रमश….

 

                                   लेखकको बारेमा

अर्नेस्ट हेमिङ्ग्वेको जन्म २१ जुलाई १८९९ मा अमेरिकाको इलीनोईस्थित ओक | पार्कमा भएको थियो । उनी १७ वर्षकै उमेरमा “द कन्सास सिटी स्टार” नामक । पत्रिकाको संवाददाता बनेका थिए । प्रथम । विश्वयुद्धताका रेडक्रसको एम्बुलेन्स ड्राइभरका रूपमा इटाली पुगेका हेमिङ्ग्वे युद्धमा गम्भीर रूपमा घाइते भए । मुश्किलले बचेका थिए उनी । बहादुरीका लागि इटाली सरकारले “क्रस डी गोयरा” नामको पुरस्कारले सम्मानित गर्यो | सन्‌ १९२१ मा उनी पेरिस पुगे । पेरिसमा रहँदा गेर्टुयेड स्टेन एफ. स्कट पिट्जेराल्ड एजा पाउन्ड जस्ता साहित्यिक हस्तीको संगतमा परेर उपन्यास लेख्न थाले ।

हेमिङ्ग्वेका ४० भन्दा बढी कृतिहरू प्रकाशित छन्‌ । “द सन राइजेज’ (१९२६), अ फेयरवेल टु आर्म्ज” (१९२९), “टर ह्याभ एण्ड टू ह्याभ नट” (१९३७), “फर हुम द बेल टोल्स’ (१९४०), ‘दी वल्ड म्यान एण्ड द सी” (१९५२) उनका प्रमुख औपन्यासिक कृतिहरू हुन्‌ । उनले आफ्ना कृतिहरूमा सैन्य जीवनको अति राम्रो चित्रण गरेका छन्‌ । उनको वर्णनात्मक शैलीको विशिष्टताको लागि उनलाई सन्‌ १९५४ को नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । उनको कृतिमा मानवीय संवेदना, प्राकृतिक दृश्य र जीवनको विविध परिवेशको वर्णन पाइन्छ । हेमिङ्ग्वेको २ जुलाई १९६१ मा का दिन मृत्यु भयो ।