तीन

विन्टरबोर्न चिलोनको यात्रा सकी पर्सिपल्ट जेनेभा नगरी फर्केका थिए। उनी ‘जनवरी’ महिनाको अन्त्यमा रोम गएका थिए । उनकी काकी लामो समयदेखि त्यहाँ बसिरहेकी थिइन । विन्टरबोर्नले रोममा उनले पठाएका दुईवटा चिठी प्राप्त गरेका थिए। उनले विन्टरबोर्नलाई चिठीमा लेखेकी थिइन, ‘गत गर्मी ऋतुमा भेभेईमा रहँदा तिमी जुन युवतीसँग आकर्षित भइरहेका थियौ, उनीहरू कुरियर सहित तिम्रो बारेमा कुरा बझन मकहाँ आएका थिए । तिनीहरूले कुरा गर्दै जाँदा धेरै जनासँग चिनापर्ची भएकाजस्ता देखिन्थे । कुरियरले तिनीहरूसँग लगातार घनिष्ठ हुँदै कुरा गरिरहेको थियो । ती युवतीले तल्लो वर्गका इटालेलीसँग सम्बन्ध स्थापना गरेकी रहिछिन्‌ उनी तिनीहरूसँग नराम्रा काममा पनि सहभागी हुने गर्दीछन्‌ रे ! उनको बारेमा यस्तो कुरा धेरै सुन्नमा आउँदथ्यो । मकहाँ तेइस तारिखभन्दा पछाडि नआउनू र आउँदा चर्बीलजको सुन्दर उपन्यास ‘पोल मिअ’ ( यो उपन्यास ई.सं. १८६५ मा प्रथमपटक प्रकाशित भएको थियो । यो उपन्यासको उदाहरण दिएर लेखकले पाठकलाई श्रीमती कोस्टलो पुरानो संस्कारकी हुन्‌ भन्न खोजेका छन्‌ ।) लिएर आउनू।’

विन्टरबोर्नले रोम आउँदै गर्दा संयोगवश श्रीमती मिलरको ठेगाना एउटा अमेरिकी बैङ्कबाट प्राप्त गरेका थिए अनि उनी डेइजीको बारेमा जानकारी लिन सिधै काकीकहाँ गएका थिए। उनले श्रीमती कोस्टलोलाई भने, ‘भेभेईमा जे भए तापनि मैले उनीहरूलाई औपचारिकरूपमा मकहाँ निमन्त्रणा गर्नुपर्दथ्यो ।’

‘भेभेईमा तिमीले उनीहरूलाई निमन्त्रणा गरेको भए के हुन्थ्यो अथवा तिमीले उनीहरूलाई अरू कुनै ठाउँमा निमन्त्रणा गर्न गइरहेका छौ, तिमीलाई थाहा छ, उनीहरूलाई निमन्त्रणा गर्न हुन्छ कि हुँदैन ? यदि तिमीले आफ्नो नैतिकता पतन नहुने गरी तिनीहरूसँग चिनापर्ची बढाउने इच्छा राखिरहेका हौ भने तिमीलाई धन्यवाद छ । वास्तवमा एउटा मानिसले हरेकलाई उनीहरू कस्ता खालका हुन्‌ भनी जान्नुपर्दछ । हरेक मानिस आफ्नो फाइदा लिनका लागि स्वतन्त्र छन्‌ उनकी काकीले भनिन्‌ ।

‘अनि काकी । मैले तिनीहरूलाई रोममा निमन्त्रणा गर्दा कसो होला ?’ विन्टरबोर्नले सोधे ।

‘ती युवती एक्लै आफ्ना विदेशी युवा साथीलाई भेट्दै हिँड्छिन्‌। यसभन्दा बढी के हुनुपर्यो त ? तिमीले उनका यस्ता क्रियाकलापलाई जहाँतहींबाट थाहा पाउन सक्दछौ । उनी रोमका सम्पत्तिका लागि मात्र विवाह गर्ने थुप्रै युवा साथीलाई बटुल्दै हिँड्छन्‌ । उनीहरूले यसअघि थुप्रै युवतीसँग विवाहको नाटक रचेर धेरै सम्पत्ति हत्याइसकेका थिए। यतिमात्र कहाँ हो र ! उनी तिनीहरूलाई होटल-होटलमा समेत लिएर जाने गर्दछिन्‌। उनी सामाजिक समारोहमा उपस्थित हुँदा साथमा राम्रो बानी व्यवहार भएजस्तो लाग्ने एक जना युवालाई पनि लिएर आउने गर्दीछन्‌। उनका अचम्मका जुँगा छन्‌, उनकी काकीले भनिन्‌ ।

‘अनि उनकी आमा कहाँ छिन्‌ त ?’ विन्टरबोर्नले जान्न चाहे ।

“मलाई केही थाहा छैन । तिनीहरू खराब हुन्‌,’ काकीले भनिन्‌ ।

विन्टरबोर्न एकाछिन शोचमग्न भएर भने,’तिनीहरू केवल अज्ञानी एवं निर्दोषी हुन्‌ । तपाईं ढुक्क हुनुहोस्‌, तिनीहरू खराब छैनन्‌ ।’

‘तिनीहरू आशा गरेभन्दा पनि बढी असभ्य छन्‌ । उनीहरू असभ्य हुन्‌ कि होइनन्‌, त्यो त यथार्थवादीलाई थाहा होला तर खराब त हुन्‌। तिनीहरू एकदम खराब हुन्‌ । तिनीहरूलाई सबैले घृणा गर्दछन्‌ । तिनीहरूलाई सबैले घृणा गर्दछन् । तिनीहरूले आफ्नो पुरै जीवन खराब बनाइसकेका छन्‌,’ उनकी काकीले भनिन्‌ ।

डेइजी थुप्रै आवारा युवाको सङ्गत गर्दछन्‌ भन्ने सुनेपछि विन्टरबोर्न झसङ्ग हुँदै उनलाई सोझै भेट्न जाने सोचाइलाई अगाडि बढाएका थिएनन्‌ । विन्टरबोर्नले काकीको मन जित्न डेइजीको बढी प्रशंसा नगरेको भए तापनि काकीले डेइजीको विचारसँग तालमेल नखाने क्रियाकलाप भनी उनलाई रिस उठाइरहेकी थिइन्‌। विन्टरबोर्न एकछिन्‌ शोचमग्न भएका थिए। उनले कल्पना गरे, रोम सहरको एउटा पुरानो आवासगृहको झ्यालबाट डेइजीले बाहिर हेर्दै विन्टरबोर्न कहिले भेट्न आउनेहोला भनेर मनमनै आफूले आफैलाई सोधिरहेकी छिन्‌। आफ्नो कल्पनामा सचेत भई डेइजीलाई सोझै भेट्न जाने निर्णय गर्नुअगाडि नै उनले केहीबेर रोकिने निर्णय गरे । विन्टरबोर्न छिट्टै नै डेइजीको बारेमा बढी कुरा बुझ्न त्यतिबेला रोममा रहेका आफ्ना दुई-तीन नारी साथी कहाँ गइरहेका थिए । तीमध्ये एउटी ग्रेग्रोरियना मार्गमा बस्ने शिक्षित अमेरिकी नारी थिइन्‌। उनी प्रायः जाडो ऋतुमा जेनेभामा बस्ने गर्दीथन्‌ । उनले जेनेभामा नै आफ्ना बच्चाबच्ची पढाएकी थिइन्‌ । उनीसँगको कुराकानीबाट विन्टरबोर्न डेइजीप्रति बढी सकारात्मक भएका थिए अनि उनको साथमा विन्टरबोर्न डेइजीलाई भेट्न गइरहेका थिए। विन्टरबोर्नले डेइजीलाई आवासगृहको तेस्रो तलाको सानो सिँगारपटार गर्ने कोठामा भेटे । यो कोठाको भित्तामा रातो रङ लगाइएको थियो अनि कोठाभित्र दक्षिणतिरबाट सुर्यको प्रकाश प्रवेश गरिरहेको थियो । विन्टरबोर्न कोठामा प्रवेश गरेको दश मिनट पनि बित्न नपाउँदै डेइजीको सानो भाइ र्यान्डोल्फ त्यहाँ प्रवेश गरेको थियो । उसले कोठाको बिचभागमा उभिई विन्टरबोर्नलाई क्वारक्वारती हेरिरहेको थियो अनि त्यहाँ ‘मड्याम मिला’ भन्दै एउटा नोकर प्रवेश गरेको थियो । एकछिनपछि -र्यान्डोल्फकी सुन्दर दिदी कोठाबाट बाहिर निस्केकी थिइन्‌ । निकै बेरपछि श्रीमती मिलर त्यहाँ देखा परेकी थिइन्‌।

‘म तपाईंलाई चिन्दछु !’ र्यान्डोल्फले भन्यो ।
‘मलाई थाहा छ, तिमी धेरै कुरा बुझ्ने भइसकेका छौ अनि तिम्रो पढाइमा कस्तो प्रगति भैरहेको छ त ?’ र्यान्डोल्फलाई समात्न खोज्दै आश्चर्यका साथ विन्टरबोर्नले भने ।

डेइजीले विन्टरबोर्नको साथमा आफ्नो आवासगृहमा प्रवेश गरेकी नारी अतिथिसँग खुसीका साथ आकर्षित हुँदै अभिवादन साटासाट गरिरहेकी थिइन तर जब उनले विन्टरबोर्नको आवाज सुनिन्‌, उनले विन्टरबोर्नतर्फ शिर ठाडो पार्दै भनिन अँ, म पनि चिन्दछु नि!

‘तपाईंलाई याद छ ? म तपाईंलाई भेटन रोममा आउनेछु भनेको थिएँ नि !’ विन्टरबोर्नले हाँस्दै भने ।

तपाईं मलाई भेट्न आउनुहुनेछ भनी विश्वास लागेको थिएन। डेइजीले भनिन्‌ ।

“म तपाईंसँग कृतज्ञ छु,’ युवकले हाँस्दै भने ।

तपाईं मलाई भेटनको लागि धेरै अगाडि नै रोममा आउन सक्नुहुन्थ्यो नि !’ डेइजीले भनिन्‌ ।

हिजो मात्रै रोम आइपुगेँ,’ विन्टरबोर्नले भने ।
‘मलाई त विश्वास लागेन नि ।’ ती युवतीले भनिन्‌ ।
विन्टरबोर्न हाँस्दै डेइजीको भनाइलाई असहमति जनाइरहेका थिए

अनि उनी डेइजीको आमातर्फ फर्के तर उनले विन्टरबोर्नको हेराइलाइ छलिरहेकी थिइन्‌। उनी आफ्नो छोरालाई हेरिरहेकी थिइन्‌ । हामीसँग योभन्दा पनि ठुला कोठा छन्‌ । यिनीहरूका भित्तामा सुन लेपन गरिएका छ, र्यान्डोल्फले भन्यो ।

श्रीमती मिलर अप्ठ्यारो मान्दै कुर्चीबाट सरिन्‌ अनि र्यान्डोल्फको भनाइप्रति असन्तोष व्यक्त गर्दै भनिन्‌, ‘तिमी रोम गएपछि यस्तै कुरा गर्नेछौ भनी मैले पहिले नै भनिसकेकी थिएँ।’

‘पहिले नै भनिसकेकी थिएँ रे !’ र्यान्डोल्फले अचम्म मान्दै भन्यो ।
‘महाशय मैले तपाईंलाई भन्नै पर्दछ, ती कोठा साँच्ची नै ठुला छन्‌,’ विन्टरबोर्नको घुँडामा आफ्नो बुढी औँला राख्दै उसले ठट्यौली पारामा भन्यो।

डेइजीले नारी अतिथिसँग जीवन्त वार्ता गरिरहेकी थिइन्‌ । विन्टरबोर्नलाई लाग्यो, यही समयमा डेइजीकी आमासँग केही कुरा गर्नुपर्दछ । ‘म विश्वास गर्दछु, हामी भेभेईबाट बिदा भएदेखि तपाईं अहिलेसम्म आराम गर्दै हुनुहुन्छ नि !’ विन्टरबोर्नले भने ।

श्रीमती मिलरले एकोहोरिएर उनको चिउँडामा हेर्दै जवाफ दिइन्‌, ‘त्यति आराम त छैन बाबु।

बुबा, आमा र मलाई अजीर्णको रोग लागेको छ। मलाई त एकदम नराम्रोगरी यो रोग लागेको छ,’ र्यान्डोल्फले भन्यो ।

यो भनाइले तिनलाई असजिलो बनाउनुपर्नेमा झन्‌ साजिलो बनाएको जस्तो देखिन्थ्यो। ‘म कलेजोको रोगबाट पीडित छु। मलाई लाग्दछ, यो युरोपको हावापानीको कारणले गर्दा हो। प्रायः गरेर जाडो ऋतुमा यहाँको हावापानी स्कनेक्टडीकोभन्दा अस्वस्थकर हुने गर्दछ । स्कनेक्टडीको बारेमा मलाई त त्यति जानकारी छैन, तपाईँलाई छ कि ? मलाई लाग्दछ, हामीले त्यहाँ घर बनाएर बस्नुपर्दछ कि ! म अवश्य पनि उपचारको लागि ड्याभिस्‌ जस्तो चिकित्सक प्राप्त गर्न सक्दिनँ भनी डेइजीलाई भन्ने गर्दथे । उनीजस्तो चिकित्सक प्राप्त गर्ने मलाई विश्वास पनि थिएन । स्कनेक्टडीमा उनी पहिलो दर्जाको चिकित्सक ठहरिन्छन्‌। सबैले उनलाई हरेक रोगको जानकारी छ भन्दछन्‌ । उनले मलाई धेरै उपचार गर्न बाँकी नै छ। अहिलेसम्म उनले मेरो उपचारमा धेरै सहयोग गरिसके | मेरोजस्तो अजीर्ण रोगको आफूले अहिलेसम्म उपचार नगरेको उनले बताएका थिए। उनी बाध्य भएर मेरो रोगको उपचार गरिरहेका छन्‌। म विश्वस्त छु, उनले जस्तोसुकै रोगको पनि उपचार गर्न सक्दछन्‌ । जब हामीलाई रोगले अप्ठ्यारामा पार्दछ, उनले नयाँ तरिकाले उपचार गर्न सुरू गरिहाल्दछन्‌ । श्रीमान्‌ मिलरले डेइजी युरोप घुमी ज्ञान हासिल गरोस्‌ भन्ने चाहनुहुन्थ्यो तर मैले उहाँलाई चिकित्सक ड्याभिसूबिना मेरो रोग निको हुँदैन जस्तो लाग्दछ भनी चिठीमा लेखेकी थिएँ। उनी स्कनेक्टडीमा ज्यादै कुशल चिकित्सक ठहरिन्छन्‌ । उनले हरेक प्रकारका रोगको निदान गर्नुका साथै उपचार पनि गर्दछन्‌ । रोगले मलाई निद्रामा पनि असर पारिरहेछ,’ श्रीमती मिलरले भनिन्‌ ।

विन्टरबोर्नले चिकित्सक ड्याभिस्‌को बिरामीसँग रोगशास्त्रको बारेमा धेरै जानकारी लिइरहेको बेला डेइजीले आफ्नी अतिथि साथीसँग मरिमेट्दै गफ गरिरहेकी थिइन्‌ । ती युवकले श्रीमती मिलरलाई उनी रोममा रहँदा कत्तिकी खुसी छिन्‌ भनी सोधे । उनले उत्तर दिइन्‌, अहँ, म कत्ति पनि खुसी छैन। मलाई रोमको बारेमा धेरै कुरा भनिएका थिए। मैले ठानेकी थिएँ, रोम बस्नको लागि अति राम्रो ठाउँ हो, तर हामीले यो कुरालाई स्वीकार गर्न सकिरहेका छैनौँ । मैले रोमलाई आशा गरेभन्दा फरक पाएँ।’

“ए, धैर्य गर्नुहोस्‌। तपाइँले यस ठाउँलाई एकदम मन पराउनु हुनेछ,’ विन्टरबोर्नले भने ।

‘मैले हरेक दिन रोम नराम्रो छ भन्दै घृणा गर्दछु,’र्यान्डोल्फले भन्यो।

‘तिमी बालक हान्निबल ( हान्निबल (२४७-१८२ बि.सि.), कारथाजिनियन जनरल जो बाल्य अवस्थामा कहिल्यै पनि परिवर्तन र सन्तुष्ट नहुने खालका थिए । यिनी रोमका शत्रु थिए।) जस्ता छौ,’ विन्टरबोर्नले भने ।

‘अहँ म उनी जस्तो छैन,’ र्यान्डोल्फले अकस्मात्‌ भन्यो ।

“तिम्रो स्वभाव बालकको जस्तो छैन । तिमीसँग हामीले धेरै ठाउँको भ्रमण गरिसकेका छौँ। मैले तिमीलाई रोम आउनुभन्दा अगाडि नै धेरै ठाउँको भ्रमणमा लगिसकेको छु,’ र्यान्डोल्फकी आमाले भनिन्‌ । ‘मलाई लाग्दछ, स्विट्जरल्यान्डको सुन्दर सहर जुरिचको भ्रमण गर्नुभन्दा अगाडि हामीले त्यो सहरको बारेमा ज्यादै कम सुनेका थियौँ, तर हामीले त्यो सहर सोचेभन्दा बढी राम्रो पाएका थियौँ,’ विन्टरबोर्नको जिज्ञासा मेट्दै श्रीमती मिलरले भनिन्‌ ।

‘हामीले अहिलेसम्म देखेमध्येका सबैभन्दा राम्रो ठाउँ रिचमोन्ड सहर हो,’ र्यान्डोल्फले भन्यो ।

‘उसले हाम्रो पानीजहाजको यात्राको कुरा गर्न खोजिरहेको छ। हामीले पानीजहाजबाट त्यो सहरलाई पार गरिरहेका थियौँ । पानीजहाज रोकिएको समयमा रिचमोन्ड सहरको भ्रमण गर्न पाउँदा ऊ एकदम खुसी भएको थियो,’ श्रीमती मिलरले भनिन्‌ ।

यो सहर मैले अहिलेसम्म देखेमध्येका सबैभन्दा राम्रो थियो । त्यसपछि पानीजहाजलाई गलत बाटोतिर लगिएको थियो,’ बच्चाले कुरा दोहोर्याउँदै भन्यो।

‘अँ, हामीसँग सही बाटोतर्फ लाग्नको लागि केही समय त छ नि !’ श्रीमती मिलरले हाँस्दै भनिन्‌ । विन्टरबोर्नले भने, ‘मलाई लाग्दछ, तपाईंकी छोरी रोममा बस्न पाउँदा खुसी हुनुहुन्छ ।’ श्रीमती मिलरले भनिन्‌, ‘उनी यहाँ बस्न पाउँदा हर्षविभोर भइरहेकी छिन्‌ । यहाँको राम्रो समाजको कारणले गर्दा यसो भएको हो। उनले यो सहरको सबै ठाउँको भ्रमण गरिसकेकी छिन्‌ । उनले यहाँका धेरै मानिससँग चिनापर्ची गरिसकेकी छिन्‌ । उनले सहरका मैलेभन्दा धेरै ठाउँको भ्रमण गरिसकेकी छिन्‌। मैले भन्नै पर्दछ, यस सहरका मानिस अति मिलनसार छन्‌। तिनीहरूले डेइजीलाई आफ्ना घरमा पनि लैजान्छन्‌ र उनले धेरै युवा साथीसँग पनि चिनापर्ची गरिसकेकी छिन्‌ । अँ, उनलाई लाग्दछ, उनले रोम सोचेभन्दा पनि राम्रो पाएकी छिन्‌। वास्तवमा एउटी युवतीको धेरै युवासँग चिनापर्ची हुँदा उनी धेरै खुसी हुन सर्क्दछिन्‌।’