विश्व रङ्गमञ्चको इतिहासमा “गोदोको प्रतीक्षा” नाटक आएपछि एउटा नयाँ मोड देखा पर्यो । यस नाटकले परम्परागत नाटक लेखनलाई एकातिर पन्छाएर नयाँ मूल्य र मान्यताको जग वसाल्यो । त्यसरी जग बसाल्ने “गोदोको प्रतीक्षा”का जनक स्यामुअल बेकेट हुन् ।
यस्ता अद्वित्तिय प्रतिभा स्यामुअल बेकेटको जन्म आयरलैण्डको डब्लिन शहरस्थित दक्षिण फक्सरकको एक मध्यमवर्गीय परिवारमा १३ अप्रेल १९०६ मा भएको हो । आफ्नो बाल्यकालको बारेमा बेकेटको भनाई थियो– “म बाल्यकालमा खुसी र सुखी थिएँ । मेरा बाबाले मलाई कहिल्यै पिटेनन्, न मेरी आमाले घरबाहिर नै जान दिनुभयो ।”
उनले सन् १९११ देखि १९१९ सम्म दाई प्रैmङ्कसँग पहिले मीस इडा इल्सनर र त्यसपछि अल्र्सफोर्ट हाउस स्कूल डब्लिनमा अध्ययन गरे । उनी सन् १९२० मा उत्तरी आयरलैण्डको इनिस्किलिनमा अवस्थित पोर्टोरा रोयल स्कूलमा पठाइए जहाँ उनले पढाइमाभन्दा बढी खेलकुदमा ध्यान दिए । उनी त्यहाँ क्रिकेट टिमका बलरका रुपमा चम्किए । उनी क्रिकेटमा मात्र सीमित भएनन् – पौडी तथा हल्का एवं हेभीवेट बक्सिङ च्याम्पियन समेत भए ।
आफ्ना रुचीका खेलहरु गल्फ र क्रिकेट खेल खेल्ने क्रम जारी राख्दै उनले सन् १९२३ मा ट्रिनीटी कलेज डब्लिनमा आधुनिक भाषा अध्ययन गर्न प्रवेश लिए । चार्ली चाप्लिन, लरेल, हार्डी अनि मार्कस् भाइहरुका सिनेमाका कारण उनलाई रङ्गकर्मप्रति रुची जाग्यो र उता पढाइतर्फ पनि आधुनिक भाषामा प्रथम भएर उनले बी.ए.को डिग्री हासिल गरे ।
सन् १९२८–३० को बीचको समयमा उनी इकोल नरमल सुपेरियरमा प्राध्यापकको रुपमा रहे । त्यहीं नै जेम्स ज्वायससँग उनको भेट भयो र उनको प्रभाव प¥यो । त्यसको फलस्वरुप ‘दाँते… ब्रुनो भीको… ज्वायस’ निबन्ध र प्रथम कथा रचना “एजम्सन” सिर्जना गरे । उनले डेस्कार्टसहरु अध्ययन गरे । यसै समयावधिमा स्यामुअल पुटनमको लागि इटालियन कविताहरु अध्ययन गरे र अनुवाद पनि गरे अनि स्वयं आफूले समेत कविता लेख्न प्रारम्भ गरे । यसै साल उनले आलोचनात्मक प्राउस्ट पनि लेखे ।
सन् १९३०–३२ को समयावधिमा उनी फ्रान्सेली भाषा अध्ययन गर्न ट्रिनीटी कलेज, डब्लिन फर्किए र पिटस्का घनिष्ट मित्र भए । यहाँ फ्रान्सेली भाषाको अध्ययनकै क्रममा कलेजको नाटक उत्सवमा उनले डनियलको “ले सीड” को प्यारोडी “ले कीड” रचना गरे । कविता रचनामा पनि निरन्तरता दिइरहे साथै अनुवाद कार्य पनि जारी राखे । यसै समयमा उनले “ड्रिम अफ फेयर टू मिङलिङ ओमन” नामक उपन्यास लेखे । अनि सन् १९३१ डिसेम्बरमा अध्यापनबाट राजिनामा गरेर जर्मनी र त्यसपछि पेरिस प्रस्थान गरे ।
सन् १९३२ मा उनको गद्याँश “डेपडो रुट क्वीन सेण्डो” र “टेष्ट” पेरिसमा प्रकाशित त भयो तर उनको आर्थिक अवस्था भने गतिलो रहेन र उनी काम बिहीन, पैसा बिहीन भएर निराश निराश डब्लिन फर्किए ।
सन् १९३३–३४ को अवधिमा उनले सातवटा कथा लेखे जसमध्ये ६ वटा कथाहरु ‘भोर पिता विलियम वेकेट दोस्रो हृदयाघातको कारण बिते । २४ मे १९३४ मा उनको “मोर प्रिक्स दैन फिक्स” प्रकाशित भयो तर उनी साहित्यिक आलोचनात्मक क्षेत्रमा पनि बाँच्ने साधनको रुपमा लाग्न वाध्य भए ।
सन् १९३५–३८ को समयावधिमा उनले “मर्फी” उपन्यास लेखे र कविता “कासाण्डो” पनि । यसै बीच श्रीमती मेनिङ हावको सहयोगमा नाटक संशोधन गरेर विकक र ओल्ड आवेमा नाटकको प्राभ्यासमा सरिक भए । सन् १९३७ मा उनी पेरिस फर्किए । योमस एम सी ग्रिभीलाई लेखेको चिठीमा बेकेटले यस्तो भावना व्यक्त गरेका छन्– “मलाई आयरलैण्डमा बस्नै मन छैन । तिमीलाई थाहै छ, म त यहाँ बाहिर नै रहन चाहन्छु ।”
४२ प्रकाशकबाट अस्वीकृत भएपछि रुटलेजले अन्तमा सन् १९३७ मा नै “मर्फी” उपन्यास प्रकाशित गर्न मञ्जुर ग¥यो र यो उपन्यास उनका विशिष्ट औपन्यासिक कृतिको रुपमा अझै पनि उत्साह र रुचीका साथ पढिन्छ ।
सन् १९३८–४३ को अवधिमा उनको भेट सुजान डेकभेक्स डुमेस्निलसँग भयो जो पहिला साथी र पछि जीवनसाथी नै भइन् । उनले सन् १९४६ मा फ्रान्सेली भाषामा कविता श्रृङ्खला लेख्न आरम्भ गरे । बेकेट र सुजान फ्रान्समै सकृय भएर सन् १९४२ देखि १९४४ सम्म पेरिसदेखि रुसीलोनसम्म लुकेर विताए ।
सन् १९४३–४५ मा निर्वासनमै “वाट” उपन्यास लेखे । युद्धको समाप्तिपछिको छोटो समयको लागि उनी डब्लिन फर्किए र आइरिस रेडक्रसको औषघी शाखामा सम्मिलित भए । यो संस्थाले फ्रन्समा एउटा अस्पतालको निर्माण गर्दै थियो । उनी ३० मार्च १९४५ मा “क्रोटम्स दे ग्ररे” र “मेडियले दे ला रेसिस्टेन्स” द्वारा पुरस्कृत एवं सम्मानित भए ।
सन् १९४६–४८ को समयावधिमा उनले आलोचनात्मक निबन्धहरु लेखे । त्यस्तै “लाफिन” तथा “सुइट” कथाहरु पनि । यसैबीच उनले फ्रान्सेली भाषामा पहिलो उपन्यास “मर्सियर एट कमिएर” आरम्भ गरे । सन् १९४७ मा पहिलो नाट्य कृति “हलुप्येरिया” लेखे र उपन्यास “मोलो” पूरा गरे । त्यस्तै त्यसको दोस्रो भाग “मोलोन पिअर्ट” लेखे । फेरि यतिबेला पनि उनलाई प्रकाशक पाउन कठिन प¥यो ।
सन् १९४९–५० जनवरीमा “गोदोको प्रतीक्षा” पूरा गरे जसले उनलाई अन्तरराष्ट्रिय ख्याति र सम्मान दिलायो । यसै बीच उनले टुथिटको “ट्रान्जिसन” अनुवाद गर्ने क्रम जारी राखे र आधुनिक कला सम्बन्धी लेख “तीन सम्बाद” लेखे । यसैवीच उनी अगस्त स्ट्रिनवर्गको “घोष्ट सोनाटा” बाट प्रभावित भए ।
वास्तवमा लेखनमा जतिसुकै दत्तचित्त भएर लागे पनि बेकेटलाई प्रकाशक पाउन चर्को समस्या परिरहेको थियो । सन् १९५० तिर जेरोम लिण्डनले बेकेटको उपन्यासत्रयी “मोलो, ….. मेलोन प्रिअर्ट र ल इन्नोमेवल” स्वीकार ग¥यो । युनेस्कोले पनि ३५ मेक्सिकन कविहरुको कविता अनुवाद गर्ने काम दियो र मिनीटबाट सन् १९५१ मा “गोदोको प्रतीक्षा” प्रकाशित भयो । सन् १९५२ मा रोगर क्लिनले “गोदोको प्रतीक्षा” मञ्चनको लागि सहयोग पाए । यस बर्ष सन् १९५२ मा बेकेट र सुजानले युसेमा एक टुक्रा जग्गा किने र घर बनाए जुन घर उनको विश्रामस्थल र लेख्नको लागि एकमात्र उपयुक्त स्थान भयो ।
“गोदोको प्रतीक्षा” सन् १९५३ मा पेरिसमा प्रदर्शन भयो बेकेटको अनुपस्थितिमै । “वाट” मार्लिन पत्रिकाले कृतिहरु अङ्ग्रेजीमा अनुबाद गर्न थाले तथा नाटकहरु उत्पादन गर्ने काममा ब्यस्त रहे । यसका साथै जर्मनी र पेरिसमा “गोदोको प्रतीक्षा” नाटकको रिहर्सल हेरे । सन् १९५४–५५ तिर लर्ड च्याम्बरलीनसँग उनको भाषाको युद्धसमेत चल्यो ।
२८ मार्च १९५७ मा यिटस्को मृत्यु हुँदा उनको प्रतिकृया थियो –“यिटस्को प्रभाव ममा सधैं छाइरहने छ ।”
रेडियो नाटक “क्राम्स लाष्ट टेप” सन् १९५९ मा प्रकाशित भयो । यसै बर्ष “इमबर्स” का लागि उनले “प्रिक्स इटालिया” पुस्कार प्राप्त गरे । सन् १९६१ उनको जीवनको एक महत्वपूर्ण बर्ष सावित भयो । यसै बर्ष उनको र सुजानको बिहे भयो क्रिस्टोलमा । यसैबर्ष उनले जर्ज लुइस वोर्गेससँग “प्रिक्स इण्टरनेशनल” पुरस्कार प्राप्त गरे ।
सन् १९६९ – स्यामुअल बेकेटको जीवनको अत्यन्तै झन् महत्वपूर्ण बर्ष सावित भयो । यस बर्ष उनलाई “आख्यानको नयाँ रुप र रङ्गमञ्च जसले आधुनिक मानिसको प्रतिनिधित्व गर्दछ” भन्दै साहित्य तर्पmको नोवेल पुरस्कार दिइयो । कतिले त यो पुरस्कार “गोदोका प्रतीक्षा” कै कारण उनलाई प्राप्त भएको हो पनि भनेका छन् ।
स्यामुअल बेकेटले जर्ज वर्नार्ड शा, ओस्कर वाइल्ड तथा विलियन वटलर यिट्ससँग संगत गरेका हुन् र सन् १९२८ मा शिक्षण पेशामा लागेकै बेला स्वनिर्वासित आइरिस लेखक जेम्स ज्वायससँग उनको भेट भएको हो र त्यही जमातको सदस्य पनि भएका हुन् । राष्ट्रको एउटा नागरिकको हैसियतले दोस्रो विश्वयुद्धमा उनी पेरिसमै कतैपट्टी पनि नलागेर रहेका थिए । तर सन् १९४१ मा भूमिगत समुहमा सम्मिलित भए । गेष्टापोद्वारा सन् १९४२ मा जब उनका साथीहरु गिरफ्तार भए र उनी तत्कालै फ्रान्सले कब्जा गर्न नसकेको क्षेत्रमा लुक्न गए । यही लुक्ने क्रममा उनले “वाट” लेखेका हुन् । आफ्नो राष्ट्रले स्वतन्त्रता प्राप्त गर्नुपूर्वसम्म उनले आपूmलाई कृषि क्षेत्रको एक श्रमिकको रुपमा समेत प्रस्तुत गरे ।
सन् १९५१ सम्म बेकेटको लेखनले राम्रो प्रकाश पाइसकेको भएता पनि प्रकाशनले भने बाटो पाइरहेको थिएन । “मौलो” उपन्यासलाई प्रकाशक पाउन हम्मे हम्मे नै प¥यो । तर पछि यो उपन्यास प्रकाशित भएपछि यसले “व्यावसायिक” बजार पायो र यसकै प्रकाशकले गरेको अरु दुई उपन्यास र “गोदोको प्रतीक्षा” प्रकाशित गरेको हो । बेकेटले पेरिसमा बसाई गरे पनि उनको लेखन भने पेरिसबाट अलिकति टाढा एउटा सानो उपत्यकाको सानो घरमा जारी रहेको थियो ।
बेकेट व्यक्तिगत प्रचारप्रसारबाट सधैं टाढै रहन्थे । उनले ब्यक्तिगत प्रचार र टेलिभिजनबाट आपूmलाई रोके र सबै प्रकारका पत्र पत्रिकाहरुलाई अन्तरवार्ता दिने कामबाट समेत जोग्गिए । उनलाई सन् १९६९ को नोवेल पुरस्कार दिइने घोषणा भयो । उनले त्यसलाई सहर्ष स्वीकार गरे । तर सार्वजनिक भाषण दिनुपर्ला भनेर उनी पुरस्कार वितरण हुने स्थल स्टकहोम गएनन् ।
बेकेटको मृत्यु पश्चान् सन् १९९२ मा उनको एउटा उपन्यास प्रकाशित भयो “ड्रिम अफ फेयर टू मिडलिङ ओमन ।” यो उपन्यास बेकेटले सन् १९३२ मा लेखेका थिए । जतिखेर उनले यो उपन्यास लेखि सिध्याए – कुनै प्रकाशकले यसलाई छुनसम्म चाहेनन्, जब प्रकाशकहरु यो उपन्यास प्रकशित गर्न लालायित हुन थाले– उनले प्रकशकहरुलाई ढिम्कन पनि दिएनन् । यसरी यो उपन्यास ६० वर्षसम्म पाण्डुलिपिमै सीमित रहन गयो ।
यो उपन्यास एउटा तन्नेरी ठिटोको आत्मकथात्मक रचना हो जसले युरोपको यात्रा गर्दछ । उसको कला र यौनप्रति अत्यधिक लगाव हुन्छ ।
जे होस् उनको यो प्रथम उपन्यासले प्रकाशनको क्रममा अन्तिम स्थान पाए पनि यसले उनको लेखन यात्रालाई र लेखकीय महत्वलाई आफ्नै प्रकारले बढाएको छ ।
सन् १९६९ मा साहित्य तर्फको नोवेल पुरस्कार पाउनु अघि उनले नाटकको लागि इभिनिङ एटैण्डर्ड अवार्ड (१९५५), ओवी अवार्ड (१९५८, १९६०, १९६२ र १९६४)। इटालिया प्राइज (१९५९), अन्तराष्ट्रिय प्रकाशकहरुको पुरस्कार (१९६१), रंगमंगको नेशनाल गैण्ड पुरस्कार (१९७५, फ्रान्स) इत्यादि पाइसकेका थिए ।
यस्ता महान् प्रतिभाले सन् १९८९ डिसेम्बर २२ का दिन ८३ वर्षको उमेरमा यो दुनियाँबाट बिदा लिए । उनको देहाबसान पेरिसको एउटा सानो शहरमा भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

