युरेनियम-२३८ को साढे दुई किलो परिमाणसहित केही व्यक्ति पक्राउ परे। उनीहरुलाई विष्फोटक पदार्थसम्बन्धी कानुनी प्रावधानको आधारमा पक्राउ गरियो। खासमा यसको लागि छुट्टै कानुन बनाउनु पर्ने हो किनकि यस्ता रेडियोधर्मी पदार्थहरू सामान्य विष्फोटक पदार्थभन्दा भिन्दै तथा निकै गम्भीर प्रकारका पदार्थहरू हुन्।

नेपालमा रेडियोधर्मी पदार्थहरू (Radio active substances) लाई नियमन र प्रयोगसम्बन्धी छुट्टै विशेष कानुनहरूको निर्माण गर्नुपर्छ भने माग विभिन्न क्षेत्रबाट नउठेको होइन तर सरकार फेरिए तर कसैलाई यसको बारेमा चासो छैन। बस्, नेपालमा युरेनियमको खानी छ भन्यो, भाषण गर्यो, तालीमै मख्ख पर्ने हाम्रा नालायक नेताहरुको बानी छ। हामी सामान्य जनतामा पनि ज्ञानको यति अभाव छ कि यूरेनियमजस्ता रेडियोधर्मी वस्तुहरू सुन जस्तै हुन्, यसको बेचबिखन गरेर देश तुरुन्त धनी हुन्छ भन्ने भ्रम छ। अझ यसको गहना लगाएर हिडौँलाझैँ गरेका छन्। यसको बारेमा विज्ञानका विद्यार्थीले तुरुन्त यसको बारेमा सचेतना फैलाउनु पर्ने आवश्यकता देखिन्छ।

दिपेश मूर्ति पन्त

रेडियोधर्मी वस्तुलाई नियमन गर्ने कानुनको अभावमा स्वास्थ्य क्षेत्र जस्तो Radiation therapy प्रयुक्त हुने कोबाल्ट -६०(Cobalt-60), उद्योग, निर्माण उद्योगमा जस्तो Non Destructive Testing (NDT) गर्दा Gamma Radiation लागि प्रयोग गरिने वस्तुहरूको प्रयोग पनि गर्न मुस्किल परिरहेको छ। प्रत्येक सरकारले पटक पटक त्रिभुवन विश्वविद्यालय प्राध्यापकदेखि नाष्टसम्मका वैज्ञानिक राखेर विज्ञ समूह बनाउँछ तर त्यो छलफलमा मात्र सीमित हुन्छ। यसको बारेमा धेरै चासो कसैले देखाउँदैनन्।

रेडियोधर्मी विकिरण हामीले दिनदिनै सामना गर्ने विद्युत् चुम्बकीय विकिरण (Electromagnetic Radiation) होइन। अस्थिर भारी तत्त्वहरू जसको केन्द्रको (Nucleus) अस्थिरताले तिनीहरूले निरन्तर रुपमा सूक्ष्म कणहरू (subatomic particles) उत्सर्जन अर्थात् फ्याँकिरहेका हुन्छन्। त्यस्तो पदार्थलाई हामी रेडियोधर्मी वस्तुहरू (Radioactive Substances) भन्छौँ। नाभिकीय विकिरणहरु यस्तै रेडियोधर्मी वस्तुहरूको परमाणु क्षय हुँदा (Atomic decay of unstable heavy element) बाट उत्सर्जित हुने उच्च शक्तियुक्त कणहरू हुन्। यिनीहरूले उत्सर्जन गर्ने कणहरुका प्रकारका हामीले इनिहरुलाई निम्न भागमा वर्गीकरण गर्छौ।

१. अल्फा विकिरण (Alfa Radiation)

रेडियोधर्मी वस्तुहरूको केन्द्रबाट जब अत्यधिक विद्युतीय आवेश सहितको (with high electric charge) २ न्यूट्रोन र २ प्रोटोन (2N2P) अर्थात् हेलियम (Helium) तत्त्वको केन्द्र उत्सर्जित हुन्छ भने त्यसलाई अल्फा विकिरण भनिन्छ। यो धेरै मास (Mass) र धेरै विद्युत आवेश (electrical charge) भएको सबै भन्दा ढिलो गति भएको विकिरण हो जसलाई साधारण पातलो कागजले पनि रोकिदिन सक्छ किनकि यसको छेड्न सक्ने क्षमता (Penetration capacity) कम हुन्छ लामो दूरी तय गर्न पनि सक्दैन। तर यसको मास धेरै भएकाले प्राणीको कोषमा ठूलो क्षति (biological damage) गराउन भने सक्छ। जसले क्यान्सर जस्ता जोखिम मात्र होइन हाम्रो कोष भित्रको DNA समेत क्षति गर्छ।

२. बेटा विकिरण (Beta Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रमा रहेको न्यूट्रोन जब प्रोटोनमा परिणत हुन्छ त्यो बेला केन्द्रबाट इलेक्ट्रोन उत्सर्जित हुन्छ त्यसलाई हामी बेटा विकिरण भन्छौँ। इलेक्ट्रोन धेरै हलुको हुने भएकाले यो विकिरणको मास पनि हलुकै हुन्छ भने विद्युतीय आवेश पनि हुन्छ। यसको छेड्न सक्ने क्षमता अल्फा विकिरणको भन्दा धेरै हुन्छ तर पनि पातलो धातुको पत्रले यसलाई रोक्न सकिन्छ।

३. गामा/ एक्स विकिरण (Gamma/X Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट उच्च शक्ति भएको प्रकाशकणहरु (Photons) उत्सर्जित हुन्छ जसलाई हामी गामा विकिरण भन्छौ। यो कुनै पदार्थले छोडेको साधारण प्रकाश जस्तो होइन यो सँग अति उच्च शक्ति भएकाले वरिपरिको वस्तुहरूलाई क्षति पूराउँछ। गामा विकिरणमा अति तिव्रगतिको कणहरू (Photon) जस सङ्ग कुनै विद्युत आवेश (Electrical charge) नहुने भएकाले यसले विद्युतीय क्षेत्रको उत्सर्जन (emissions of electric field) गर्दैन जसले गर्दा अन्य पदार्थहरूसँग अन्तर्क्रिया हुँदैन। त्यसैले यसलाई रोक्न अलि गाह्रो हुन्छ। गामा विकिरण रोक्न बाक्लो र सघन धातुको आवश्यकता पर्छ जस्तो Lead (Pb) को बाक्लो प्लेट ।

४. न्यूट्रोन विकिरण (Neutron Radiation)

रेडियोधर्मी वस्तुको केन्द्रबाट न्यूट्रोन नै पनि उत्सर्जित हुन्छ, जसलाई न्यूट्रोन विकिरण भनिन्छ। यो खालको विकिरणमा कुनै विद्युत आवेश (Electrical charge) हुँदैन किनकि न्यूट्रोन आवेशविहीन (Chargeless) हुन्छ। त्यसैले यो पनि कुनै पनि पदार्थसँग अन्तर्क्रिया नगरी लामो दूरीसम्म जस्तो किलोमीटर नै पनि यात्रा गर्न सक्छ। नाभिकीय भौतिकी (Nuclear Physics) मा यसको ठूलो महत्त्व छ। धेरै जसो रेडियोधर्मी वस्तुहरूको केन्द्रमा यही विकिरणले हिर्काएर नाभिकीय प्रतिक्रिया (Nuclear Reactions) गराइन्छ। आणविक भट्टीहरू, परमाणु बमहरुको प्रयोगमा शुरुवात गर्ने यही विकिरण हो। यसलाई रोक्न हाइड्रोजन (H2) को मात्रा बढी भएका वस्तुहरूको प्रयोग गर्नु पर्छ जस्तो पानी, प्लास्टिक आदि।

यी नाभिकीय विकिरण हरु सबै माथि उल्लेख गरिएको Ionizing raditions हरु हुन्। यिनीहरू मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छन्। यिनलाई न हामीले देख्न सक्छौँ, न राम्रोसँग महसुस गर्न नै सक्छौँ। यिनीहरू जीवहरूको शरीरमा प्रवेश गर्दा शरीरको कोषहरूमा क्षति पुर्‍याइदिन्छन्, जसले त्यो कोषको मृत्यु हुन्छ अथवा जुन नोक्सान हुन्छ त्यसले क्यान्सर, मुटुको रोगहरू लाग्छ। यसको असर विकिरणको मात्रा र प्रकार हेरेर लामो समयसम्म रहिरहन्छ। ठूलो मात्राको विकिरणले मानिसको छाला उप्किने, रौँ झर्नेदेखि तत्काल मृत्यु हुने पनि हुन्छ। अझ सबै भन्दा खतरनाक अवस्था भनेको यिनीहरूले जनावरको DNA मा कुनै क्षति पुर्याए भने त्यसबाट जैविक सूचना (Genetic Informations) प्राप्त गर्ने त्यसको सन्तानहरू रोगी, अचम्मको स्वरूपको जन्मिन सक्छ। रुसको चेर्नोविल (Chernobyl) आणविक भट्टी विष्फोटपश्चात त्यहाँ फैलिएको विकिरणको कारणले मानिसहरू मात्र नभई अन्य जनावरहरू जस्तो माछाहरू समेतमा जैविक परिवर्तन हुँदा अचम्मका आकार र स्वरूपका जन्मिएका थिए भने क्यान्सर लगायत मुटु नशासम्बन्धी रोगहरुले मानिसले दुर्दान्त कष्ट भोग्नु परेको थियो।

दोस्रो विश्वयुद्धमा जापानमा खसाइएको आणविक बमले अहिले पनि मानिसले अनेक स्वास्थ्य समस्या झेल्नु परेको छ, वनस्पति र अन्य जैविक विविधता समेतले यसको ठूलो मूल्य चुकाउनु परेको छ। जापानको फुकुशिमा, तात्कालिक सोभियत संघको चर्नोबील आदि जहाँ विद्युत् उत्पादनको लागि पानी तताउन राखिएका आणविक भट्टीहरु जहाँ यूरेनियम-२३५ जस्ता शक्तिशाली र सक्रिय रेडियोधर्मी तत्त्वहरू प्रयोग गरिएको हुन्छ ती विष्फोट हुँदा मानवीय क्षति मात्र होइन त्यो ठाउँ नै मानव बस्तीको लागि अनुपयुक्त भएका छन्। त्यहाँ उत्पादित वनस्पति र अन्य प्राणीहरूको पनि सम्पर्कमा आउन पनि नहुने हुन्छ।

पृथ्वीले आफ्नो तापक्रम पनि यस्तै रेडियोधर्मी तत्त्वहरू जस्तो थोरियम-२३२, पोटासियम -४० , यूरेनियम -२३८ जस्ता तत्त्वहरूको अणु क्षयीकरण प्रक्रियाबाट नै उत्पन्न गर्छ। यी तत्त्वहरूको पछाडि लागेको जुन अंक छ जस्तो यूरेनियम -२३८, यो तत्त्वको केन्द्रमा रहेको न्यूट्रोन र प्रोटोनको कुल योगफल हो। जस्तो युरेनियमको केन्द्रमा प्रोटोनको सङ्ख्या ९२ हुन्छ भने न्यूट्रोनको संख्या १४६ हुन्छ। केन्द्रमा रहेको न्यूट्रोनको संख्याले त्यसको वर्ग निर्धारण गर्छ त्यसलाई त्यस तत्वको आइसोटोप (Isotope) भनिन्छ। जस्तो अर्को निकै सक्रिय र खतरनाक युरेनियमको प्रकार चाहिँ युरेनियम -२३५ हो जसको केन्द्रमा ९२ प्रोटोनसहित १४३ वटा न्यूट्रोन हुन्छ। माथि भनिएजस्तै परमाणु क्षयीकरण भनेको चाहिँ यसको केन्द्रबाट तिनै कणहरू उत्सर्जित हुने प्रक्रियालाई भनिन्छ। जस्तो युरेनियम -२३५ को अल्फा क्षय (Alpha decay) भयो भने यो Thorium -231 र Helium -4 मा परिणत हुन्छ र निश्चित शक्तिसहितको Gamma किरण उत्सर्जित हुन्छ। युरेनियम – २३८ लाइ न्यूट्रोनले यसको केन्द्रमा हिर्कायो भने यो युरेनियम – २३९ मा परिणत हुन्छ र यसबाट बेटा क्षय ( Beta decay) भएर यो Neptunium – 239 (Atomic no: 93) बन्छ फेरि यो पनि बेटा क्षय भएर यो Plutonium – 239 (Atomic no: 94 बन्छ जसलाई निकै शक्तिशाली आणविक हतियारमा प्रयोगमा ल्याइन्छ।

यस्ता पदार्थहरू कोही धेरै छिटो अणु क्षयीकरण भएर नष्ट हुने हुन्छन् भने केही धेरै ढिलो क्षय हुन्छन्। प्रायः छिटो क्षय हुने तत्त्वहरू धेरै अस्थिर हुन्छन्, क्षय हुँदा ऊर्जा पनि धेरै निकाल्छन् भने ढिलो हुने सापेक्षित रुपमा कम ऊर्जा उत्सर्जित गर्छन्। कुनै निश्चित मात्रा तत्त्व क्षय भएर आधा बाँकी रहने समयलाई त्यस तत्त्वको अर्ध जीवन (half life) भनिन्छ। जस्तो Francium -223 (Atomic no: 87) को २२ मिनेट half life हुन्छ भने Uranium-238 को 10^16 वर्ष हुन्छ भने Uranium -235 को 703.8 million वर्ष तथा Plutonium -239 को 24100 वर्षको हुन्छ। त्यसैले यस्ता पदार्थहरूले निकै लामो समयसम्म विकिरणहरू फालिरहन्छन्। त्यसैले गर्दा यी तत्त्वहरू प्रयोगमा ल्याएको धेरै वर्षपछि पनि यिनीहरूको असर कायम रहन्छ। त्यसैले आणविक भट्टीबाट निस्किएका यस्ता तत्त्वहरू, हतियारको रुपमा प्रयोग गरिएका या तयार गरिएका यस्ता वस्तुहरूको जोखिम मानव सभ्यताले अनन्त काल सम्म झेलिरहनु पर्ने नियति स्पष्ट छ।

त्यसैले यस्ता पदार्थहरुको प्रयोग तथा व्यवस्थापनमा ठूलो सावधानी र उच्चस्तरको ज्ञान, सीप, प्रविधिको आवश्यकता हुन्छन्। हामीले सुन जस्तो noble धातु जस्तै सोच्यौँ भने ती तत्त्वहरूले हाम्रो सभ्यतालाई एक पलमा नाश गर्न सक्छन् भने भोलि आनुवांशिक विकृत प्राणीहरू मानवको जन्म पनि गराइदिन सक्छन्। त्यसैले यस्ता तत्त्वहरूको गलत प्रयोगलाई रोक्नु हामी सबैको कर्तव्य हो। हामीले शक्तिराष्ट्रहरुलाई पनि यस्ता तत्त्वहरूको प्रयोगको बारे निरन्तर खबरदारी गर्नुपर्छ।