साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बूढो मान्छे र समुद्र भाग १

– अनुवादका  तर्फबाट 

अर्नेस्ट हेमिङ्ग्वे चर्चित उपन्यास “दी ओल्ड म्यान एण्ड द सी” नेपालीमा अनुवाद गर्ने मेरो चाहना एडुकेसनल बुक हाउसका रमन राउत सरको प्रोत्साहनबाट सफल भएको हो । अनुवाद कार्य त्यसमाथि पनि हेमिङ्ग्वेको कृति नेपालीमा अनुवाद गर्नु पक्कै पनि चुनौतीपूर्ण हुँदोरहेछ । करिब एक वर्षको लामो अथक प्रयासपछि अनुवाद सकेर यो अनुदित कृति तपाईं पाठकहरूको हातमा आइपुगेको छ | कमी-कमजोरी औंल्याइ सहयोग गरिदिनु हुन आग्रह गर्दछु । अनुवादको जिम्मा दिएर विश्वास गर्नुभएकोमा एडुकेसनल पब्लिसिङ हाउसप्रति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु ।

                                                                                                                                               बद्री प्रसाद घिमिरे

१.

एक्लै सानो डुङगा लिएर गल्फ स्ट्रीममा माछा मार्ने सान्टियागो नाम गरेको बूढो माझीले माछा मार्न नसकेको आज चौरासी दिन भयो । शुरूका चालिस दिनसम्म त उसित मानोलिन नाम गरेको केटो पनि थियो । सँगसँगै माछा मार्थ्यो । तर मानोलिनका बाबुआमाले उसलाई अभागी बूढो माझीसित नहिँड्न भनेपछि ऊ अर्कै भाग्यमानी डुङ्गामा गयो । पहिलो हप्तामै तीनवटा माछा मार्न सफल भयो । बूढोलाई छोड्नु परेकोमा ऊ खुशी थिएन्‌ । बूढो हरेक दिन रित्तो हात घर फर्केको देख्दा उसलाई झन्‌ नराम्रो लाग्थ्यो । तर जे होस्‌ उसको मन बूढो माझीतिरै थियो | कुनै न कुनै तरीकाले ऊ बूढोलाई मद्दत पुर्याएरै छाड्थ्यो । अर्को डुङ्गामा गएको भएपनि बूढाको डुङ्गाबाट डोरीको गुजुल्टा, काँटे बल्छी, भाला अनि पालको खाँबोमा बेरेर राखेको पालको कपडा समुद्रको किनारसम्म ल्याउन र अरू सानातिना कामहरूमा ऊ सदैव मद्दत गर्थ्यो । पाल पनि पिठोको बोराले टाल्दाटाल्दै युद्धमा स्थायी रूपले हारेर कुनै देशले झुकाएको झण्डा जस्तो देखिन्थ्यो ।

बूढो देख्नमा दुब्लो अनि रातो वर्णको थियो । उसको गर्धनको पछडि छाला चाउरी परेको थियो । घामको किरणले गर्दा बूढाका गाला पनि रातो भइसकेको थियो | उसको चिउँडो सेतो देखिन्थ्यो । सधैं डोरी तान्दै माछा समात्दा उसका हातमा ठेला उठेर घाउ भइसकेको थियो । उसका ती घाउ नयाँ थिएनन्‌ । उसका ती घाउहरू त यौवनकालकै चिनो हुन्‌ ।

आँखा बाहेक सबै अङ्गहरूमा बुढ्यौली प्रष्ट देखिन्थ्यो भने उसका आँखाहरू चाहिँ समुद्र जतिकै नीला, प्रफुल्ल र अपराजित लाग्थे ।

डुङ्गालाई जोडसित तानेर त्यसमा चढेपछि केटोले उसलाई भन्यो – सान्टियागो ! “हामीले अलिकति पैसा कमाएका छौं | म फेरि तिमीसँगै माछा मार्न आउँछु, हुन्छ ?”

आखिर बूढोले नै त सिकाएको थियो उसलाई माछा मार्न । त्यसैले केटो औधि माया गर्थ्यो बूढोलाई ।

बूढोले भन्यो, “भैगो पर्दैन । तिमी भाग्यमानी डुङ्गामा गएका छौं उतै बस ।”

केटोले भन्यो, “तर सोचि हेर त हामीले छ हप्तासम्म दिनहुँ जसो ठूलाठूला माछा मार्दा चौरासी दिनसम्म तिमीले एउटै माछा मार्न सकेनौ ।.

“त्यो त हो तिमीले मलाई छाड्न किन नसकेको मलाई थाहा छ किनभने तिमी दोधारमा छौ ।’ बूढाले भन्यो ।

“बाउले गर्दा त हो नि मैले तिमीलाई छाड्नुपरेको । उनले भनेको नमानौ भएन ।” केटोले भन्यो |

बूढो माझीले भन्यो, ‘हो त नि मान्नै त पर्छ नि बाबुले भनेको ।”

केटोले भन्यो, “उनीहरूको तिमीप्रति विश्वासै छैन ।’

अहँ । हामी एक आपसमा विश्वास गर्छौं | होइन त ?” बूढोले भन्यो ।

केटोले सोध्यो, “चौतारीमा गएर बियर पिउने हो ? त्यसपछि सामान लिएर घर जाऔंला हुन्न ?”

बूढोले भन्यो, “किन नहुनु ? दुई माझी बीचको कुरा न हो ।’

दुवै जना चौतारीमा गएर बसे अनि छेउमा बसेका माझीहरूले बूढोसँग ठट्यौली गरे । तर ऊ रिसाएन्‌ | त्यहाँ रहेका अरू बूढापाका माझीहरू उनीहरूको कुरा सुनेर दुःखी भए । बेलाबेलामा बूढोतिर हेर्थ्यो । तर उनीहरूले आफ्नो मनको बह कसैलाई भनेनन्‌ । बरू शान्त भएर समुद्रको धार, गहिराइ अनि राम्रो र स्थिर मौसमको बारेमा कुरा गरे साथै आफूले देखे भोगेका घट्नाक्रमको बारेमा पनि ।

भाग्यमानी माझीहरू चाहिँ मार्लिन जातको माछा अचानोमा राखेर काट्न व्यस्त थिए भने कतिपय माझीहरू भण्डारतिर माछा तानेर लाने काममा व्यस्त थिए । उता भण्डारका अगाडि उभिएका बरफका ट्रकहरू हवानाको बजार जान तयार थिए । जसले शार्क माछ समातेका थिए उनीहरूले त्यसलाई कारखानामा लगेर मेसिनद्वारा कलेजो झिके, पखेटा काटे, छाला तारेर नुनमा मिसाएर खान स-साना टुक्रा पारे |

जतिबेला हावा पूर्वतर्फ बहन्थ्यो, त्यति वेला सँगैको कारखानाबाट एक खालको कडा गन्ध आउँथ्यो चौतारीमा तर आज हावा उत्तरतर्फ बहेको कारणले होला अलि अलि मात्रै गन्ध आइरहेकोले चौतारीको वातावरण रमणीय र घमाइलो थियो ।

“सान्टियागो !” केटोले बोलायो । “हँ ?” बूढो हातमा वियरको गिलास लिएर आफ्नो विगत सम्झँदै थियो ।

केटोले बूढोलाई सोध्यो, “भोलिका लागि तिमीलाई सार्डिन ल्याइदिउँ ?”

“भैगो पर्दैन, बरू जार वेसबल खेल । अझै त म डुङ्गा चलाउन सक्छु ।’ बूढोले भन्यो. |

“म तिमीसित जान चाहन्छु । तिमीसित माछा मार्न जान नपाए पनि म तिमीलाई अरू कुनै तरीकाले मद्दत गर्न छोड्दिन क्यारे ।’ केटोले भन्यो ।

“बियर खुवाइहाल्यौ भैगो नि । तिमी त अब जवान भइसकेछौ ।’ केटोको तारिफ गर्दै बूढोले भन्यो ।

केटोले बूढालाई सोध्यो, “तिमीले मलाई पहिलोचोटि डुङ्गामा लैजाँदा म कति वर्षको थिए ?” पाँच वर्षको अनि त्यसबेला एउटा ठूलो माछाले डुङ्गा पल्टाउन खोज्दा तिमी झन्डै मरेका थियौ, तिमीलाई याद छ ?” बूढोले केटालाई सोध्यो ।

केटोले भन्यो, “मलाई याद छ अनि त्यो माछाको पुच्छरले डुङ्गामा कसरी हानेको थियो । त्यतिबेला मलाई तिमीले डुङ्गा अगाडि बल्छीको डोरीको गुजुल्टा भएको ठाउँमा कसरी
ठेलिदिएका थियौ, त्यो मेरो मनमा अझै ताजै छ | डुङ्गा बेस्सरी हल्लिएको थियो । ठूलो रूख काटेर लडाउन खोजे जस्तो लाग्थ्यो तिमीले त्यो माछालाई हिर्काउँदा । त्यसको रगत मेरो जिउभरि उछिट्टिएको थियो ।

“साँच्चै सम्झैको कि मैले भनेको भरमा कुरा गर्दैछौ ?” बूढाले अचम्म मान्दै केटालाई सोध्यो ।

“हाम्रो पहिलो भेट देखिको सबै कुराको याद छ मलाई ।” केटोले फूर्ति लाउँदै भन्यो । बूढोले केटोतिर विश्वासिलो र मायालु नजरले हेर्दै भन्यो -‘तिमी मेरो छोरो भैदिएको भए दाउमा राखेर जुवा खेल्न लैजान्थे तर के गर्नु तिमी अर्काको छोरा पर्यौ । फेरि भाग्यमानी डुङ्गामा गएका छौ ।’ बूढोको कुरा सुनेर केटोलाई अप्ठ्यारो लाग्यो । कुरालाई मोड्दै केटोले भन्यो । माछा मार्ने चारो ल्याइदिऊँम ? बूढोले भन्यो -“भैगो पर्दैन मैसँग छ, नुनको बाकसभित्र राखेको छु |

केटाले भन्यो, “चाहे पनि नचाहे पनि चारवटा ताजा चारा ल्याई दिन्छु ।’ “एउटा मात्रै ल्याउनू ।” बूढाले भन्यो ।

उसको आशा एवं विश्वास अझै कायम थियो | मन्द हावा चल्नासाथ उसका आशा र विश्वास अझै ताजा हुन्थ्यो । “दुईटा ल्याउँछु ।” केटोले भन्यो । ‘हुन्छ दुईटा ल्याऊ ।” बूढो राजी भो | “चोरेर चाहिँ नल्याउनु नि कतैबाट ।” भन्दै केटोसँग ठट्टा गर्न थाल्यो । “धन्यवाद छ तिमीलाई ।” बूढोले फेरि भन्यो ।

बूढो कति सोझो थियो भने उसले कहिलेदेखि सरलता अपनायो उसैलाई थाहा थिएन । तर उसलाई सरलता प्राप्त गरेको कुरो चाहिँ थाहा थियो अनि विनम्र हुनु कुनै अपमानको
कुरो होइन र ? व्यक्तिको गरिमालाई यसले हानि पुर्याउँछ भन्ने कुरो पनि उसलाई थाहा नभएको होइन |

‘समुद्री धार यस्तै रहिरहे भोलि त म जसरी पनि माछा मारेरै छोड्छु ।’ भोलिको दिन आफू आशावादी भएको भान पार्न केटोलाई भन्यो ।
“भोलि कहाँ जान्छौं ।’ केटोले सोध्यो ।

धेरै टाढा हावा चल्न थालेपछि मात्र फर्कने गरी उज्यालो हुन अघिनै निस्कन्छु म सकेसम्म ।’ बूढोले भन्यो ।

“म पनि मेरो मालिकलाई डुङ्गा धेरै टाढा लैजान भन्छु ।”

“तिमीले साँच्चिकै ठूलै माछा समात्यौ भने त हामी पनि आउँला नि त मद्दत गर्न ।’ केटोले भन्यो ।

तिम्रो नयाँ मालिक त्यति टाढा जान मान्दैन । बूढाले भन्यो । बूढाले अचम्म मान्दै भन्यो, “किन ? उसका आँखा त्यति कमजोर छ र ?” केटोले भन्यो, “ऊ त लगभग पूरै अन्धो पो छ त ।’ “कस्तो अचम्म !” उनी कहिल्यै कछुवा मार्न गएका थिएनन्‌, कछुवा मार्ने मान्छेको मात्रै आँखा कमजोर हुनुपर्ने हो ।’ बूढोले भन्यो ।

“तर तिमी धेरै वर्षसम्म लामखुट्टे पाइने तटमा कछुवा मार्न जान्थ्यौ, खै तिम्रा आँखा राम्रै छन्‌ त ।’ ठट्टा गर्दै केटोले भन्यो ।

“म अनौठो खालको बूढो माझी हुँ नि त ।’ बूढोले भन्यो ।

“तिमीलाई अझै पनि ठूलो माछा समात्न सक्छु जस्तो लाग्छ ?’ केटोले सोध्यो ।

बूढोले शान देखाउदै भन्यो, ‘लाग्छ नि किन नलाग्नु ? मसँग माछा मार्ने थुप्रै उपाय छन्‌ ।

बूढोको कुरा काटँदै भन्यो । “सामान लिएर घर जाऔं । माछा मार्ने जाल र सार्डिन पनि ल्याउनुछ ।’ डुङ्गाको सामान उठाए उनीहरूले । बूढोले पालको खाँबो काँधमा बोक्यो भने केटोले बल्छीको डोरी राखेको काठको बाकस, बिंड सहितको भाला र काँटे बल्छी बोक्यो । ठूलो माछा मार्न प्रयोग गर्ने लौरोर चाराको बाकस डुङ्गामामै राखे । बूढो माझीको सामान त कसैले चोर्दैन थियो तैपनि जाडो बढ्यो भने पाल र डोरी शीतले भिज्छ भनेर घर भित्र लगे उनीहरूले । स्थानीयहरूले चोर्दैन भन्ने थाहा हुँदा हुँदै पनि काँटे बल्छी र भाला डुङ्गामा छाडेर हिँड्न उचित लागेन बुढालाई किनभने ती सामाग्रीहरू निकै लोभलाग्दा थिए |.दुवैजना बूढोको झुप्रोतिर लागे । अनि खुल्ला ढोकाबाटभित्र पसे सोझै । बूढोले पालको खाँबो भित्तामा ठङ्यायो । केटोले अरू सामान पालको खाँबोको छेउमै राख्यो । पालको खाँबो झण्डै बूढोको कोठा जति कै लामो थियो |

तारको पाताबाट बनेको झुप्रोलाई गुवानो भनिन्थ्यो । झुप्रोमा एउटा खाट, एउटा कुर्सी, एउटा टेबल र एउटा अँगेनु थियो | भित्तामा जिज्‌सको रंगीन तस्वीर टाँगिएको थियो | सँगै उसकी स्वास्नीको फिका रंगको फोटो पनि झुन्डाइएको थियो तर पछि आफू एक्लो अनुभव हुने भएकोले उसले फोटो झिकेर कोठाको कुनामा सुकिलो सर्टले छोपेर राखेको थियो |

उनीहरू एक आपसमा ठट्टा गर्थे सधैं ।

“खानेकुरा के छ तिम्रो यहाँ ?” केटोले सोध्यो ।

“एक बटुको पहेलो भात र माछा छ, खान्छौं अलिकति ?” बूढोले भन्यो ।

केटोले भन्यो, “भैगो पर्दैन । घरमै खान्छु ।’ “म आगो बालिदिऊँ ?”

“भैगो पर्दैन । म आफैँ बालौंला नभए चिसै भात खाउँला । बूढोले भन्यो ।

क्रमश……

                                                       लेखकको बारेमा

अर्नेस्ट हेमिङ्ग्वेको जन्म २१ जुलाई १८९९ मा अमेरिकाको इलीनोईस्थित ओक | पार्कमा भएको थियो । उनी १७ वर्षकै उमेरमा “द कन्सास सिटी स्टार” नामक । पत्रिकाको संवाददाता बनेका थिए । प्रथम । विश्वयुद्धताका रेडक्रसको एम्बुलेन्स ड्राइभरका रूपमा इटाली पुगेका हेमिङ्ग्वे युद्धमा गम्भीर रूपमा घाइते भए । मुश्किलले बचेका थिए उनी । बहादुरीका लागि इटाली सरकारले “क्रस डी गोयरा” नामको पुरस्कारले सम्मानित गर्यो | सन्‌ १९२१ मा उनी पेरिस पुगे । पेरिसमा रहँदा गेर्टुयेड स्टेन एफ. स्कट पिट्जेराल्ड एजा पाउन्ड जस्ता साहित्यिक हस्तीको संगतमा परेर उपन्यास लेख्न थाले ।

हेमिङ्ग्वेका ४० भन्दा बढी कृतिहरू प्रकाशित छन्‌ । “द सन राइजेज’ (१९२६), अ फेयरवेल टु आर्म्ज” (१९२९), “टर ह्याभ एण्ड टू ह्याभ नट” (१९३७), “फर हुम द बेल टोल्स’ (१९४०), ‘दी वल्ड म्यान एण्ड द सी” (१९५२) उनका प्रमुख औपन्यासिक कृतिहरू हुन्‌ । उनले आफ्ना कृतिहरूमा सैन्य जीवनको अति राम्रो चित्रण गरेका छन्‌ । उनको वर्णनात्मक शैलीको विशिष्टताको लागि उनलाई सन्‌ १९५४ को नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । उनको कृतिमा मानवीय संवेदना, प्राकृतिक दृश्य र जीवनको विविध परिवेशको वर्णन पाइन्छ । हेमिङ्ग्वेको २ जुलाई १९६१ मा का दिन मृत्यु भयो ।

प्रतिक्रिया
Loading...