उसलाई सबै कुरो थाहा छ ,यसैले इन्द्र केही बोल्दैन तर रतनका मुखबाट यस्ता कुरा सुन्दा उसलाई ताज्जुब लाग्यो ।
रतनले भन्यो, “ धत्तेरीका ! मनमा घृणा भरिएको छ । अब झन औषधिमूलो गर्दिनँ । हाम्रो स्वास्थ केन्द्रमा औषधिमूलोका लागि बिसपच्चिस हजार बजेट छ । माग्दा पनि जहिलेदेखि औषधि दिएनन् त्यसबेलादेखि मलाई घृणा भयो अस्पतालसँग । बाबुसँग किन लुकाउनु ? औषधिमूलोका लागि कम दौडधुप गर्याे होइन । त्यही औषधिको चक्करले नवीन बाबु अझ मोटा भइरहेका छन् । नवीन बाबुले ऊसँग भने, ‘धम्की दिने,तर्साउने यस्तो नक्सली हत्कण्डाहरू छाडिदेऊ । शान्तिको बाटोमा अघि बढ । ’ एकपटक सबै मिलेर खुब नाचेका थिए । धेरै पहिला बस्तुहरूको भाउ निकै बढेको थियो । हामीले सङघर्ष गरेर घटाउन लगायौँ । रामेश्वरले बस भाडा बढायो । हामीले सङघर्ष गरेर घटाउन लगायौँ । अब यिनीहरू भन्छन् –सङघर्ष नगर । नक्सली आन्दोलनका ती दिन बिते । शान्तिपूर्ण तरिकाले चल्नुपर्छ अब । ”

इन्द्र हाँस्यो ।
रतनले भन्यो, “ अँ ..अँ..,हाँस्नुस् बाबु । यो हाँस्नु पर्ने कुरै हो , हाँस्नुस् । अँ सुन, सदानन्द । मेरी बुढी अर्थात् मातोकी आमा भन्छे –मेरो कुरो कहिल्यै सुन्दैनौ रे । अस्ति भनिरहेकी थिई,‘अँ,तिम्रो जिन्दगी एक किसिमले बित्यो । मेरो त कुरो कहिल्यै खाँदैखाएनौ तिमीले । दश थरीलाई किन औषधि बाँडदै हिँडछौ ?जसको औषधिले छुन्छ त्यसको त भाग्यै पल्टिन्छ भन्छन् । त फेरि किन तिमी हामी यी फाटेका यी चिथ्रा–थाङ्ना लगाउँछौँ ? जाडामा समेत फाटेका थाङ्ना ओढछौँ ,किन ? किन मुखमा माड र कपालमा तेल नसिब हुँदैन ?त्यहाँदेखि त मेरो पनि आँखा खुल्यो । बुभ्mदिन र , म के कुनै गधा हँु र ? मातोकी आमाले यही कुरोचाहिँ अलि अक्किलको गरेकी थिई । ”

”औषधिले कति जनालाई आराम भएको छ ?”
”औषधिको असरले हो वा काकताली परेको हो , आराम चाहिँ मिलेको छ ।”
” औषधिको असर त हुन्छ नै ।”
मन वाक्कदिक्क भइसकेको छ । साँच्चैको औषधिको पत्तोलागेपछि त यो औषधिको वास्तविक रूप पनि मैले बुझिसकेँ । अब मैले त्यो औषधि पनि थाहा पाएँ जसले मुखमा माड लगाइदिन्छ र आङमा लुगा । अर्को औषधिका लागि म अब काम गर्दिनँ ।
रतन चुप लाग्यो अनि एकछिनपछि उसले बिँडी सल्कायो र धुवाँ फुक्दै थकित स्वरमा भन्यो, “ मेरो मन नराम्रोसँग भाँच्चिइसकेको छ ।”

दीनुले भन्यो, “रोतोनीको कुरो सुनाऊ न ।”
रतन व्यङ्गात्मक हाँसो हाँस्यो–हिँहिँ ..हिँहिँ..र भन्यो, “अँ, त्यो किस्सा सुन्नलायक छ । यो कुरो जसले सुन्नेछ उसले थाहा पाउनेछ कि रतन डुम जस्तो बेवकुफ अरू कोही छैन ।”
अनि रतन संक्षेपमा त्यही वृतान्त सुनाउन थाल्यो – बाढी आयो ,बाढी गयो । ‘कामका लागि खाद्यान्न’ का हकमा मानिसहरू निकै खुसी भए । यदि दीनु,गौर,कदम र रजत इमान्दार होऊन ,र रतन हजार पटक भन्ने छ कि यिनीहरू निकै इमान्दार छन् , निकै विवेकी छन् , र फेरि पनि हामी इमान्दार छौँ भने त साँच्चै भन्ने हो भने ‘कामका लागि खाद्यान्न’कार्यक्रम अन्तर्गत जति गहुँ आएको थियो त्यो सबैले पाएनन ।

दीनुले भन्यो,“ सबैले काम गरेनन ।”
छिनैमा रतनको भावभङ्गिमा फेरियो । दबिएको स्वरमा उसले आक्रोशित हँुदै भन्यो, “काम सबैले पाएनन । काम त सबै माग्दै थिए नै ।”

“रोजीरोजी मानिसहरूलाई काम दिइयो । गहुँ पनि तिनैले पाए । तर जति मान्छेहरूले काम गरे र जुन परिमाणमा गहुँ बाँडियो त्योभन्दा कताकता बढी मानिसहरूले काम पाउन सक्थे, गहुँ निकै धेरै थियो । कैयौँ भोकाहरूलाई भोकले सेकाउँदै देख्दादेख्दै गहुँ बिलायो । गौर र रतन त यस कुरामा खुब बाझाबाझ गरेका थिए ।”

एउटा यो अध्याय पनि सकियो ।

”बाढीको दुःखले मानौँ हामीलाई बाह्रमहिने बनाइदिएको छ । बाह्रमहिने भनेको थाहा छ ,बाबु ? गरिब–दुःखी र भोको मानिस तल्सिङका घरमा ,व्यापारीका घरमा जान्छ र बाह्रमहिने बस्छ । कोही भन्छन् बाह्रमहिने, कोही भन्छन् भतुवा,कोही महिनावार । जति देश उति नाम । त , दुःखी भोको मानिस , जसका घरमा केही छैन, ऊ बाह्रमहिने बन्छ, बाह्रमहिने बस्छ । तिमीहरू बाबु हौ । हामीलाई बाह्रमहिने बनाएर राख । भातको पीडा अब सहन सकिँदैन । भातको पीडा सबैभन्दा दुःखदायी पीडा हो । यत्रो ठूलो संसार धानका खेतहरूले कसले भरिभराऊ पारेका हुन् ? यो

रामशाली,जटाशाली,कनकचुड,झिङ्गासाल,तिलसागरी ..कति किसिमका धान,कति थरिका चामल..कस्तोकस्तो व्यवस्था छ । सारा धान कसले छर्छ? बाली कसले काट्छ ?कसले दाइँ गर्छ ? कसले आफ्नो भकारीमा भर्छ ? खान्छ कसले ? कसको खटनपटन चल्छ ?कसले बसाल्यो यस्तो चलन ?हाम्रा लागि खाने केही पनि छैन । किन छैन ? यस्तो चलन बसाल्ने को हो ? तिमीहरू कुन दुःखको कुरा गर्दैछौ ,बाबु ? म त बुझ्न सकिरहेको छुइनँ ।कठै ! कुन दुःखले मानिस घर छोडदा हुन् ?कुन दुःखले मान्छे आत्मघाती बन्दो हो ?हामी त भातको दुःखले दुःखी छौँ,बाबु । हामी घर छोडदैनौँ । आत्मघाती पनि बन्न सक्दैनौँ । फाटेको टालेको लुगाले आङ ढाक्ने प्रयास गरेर भातको सपना देख्छौँ । सपनामा पाकेको धानको वासना सुँघ्छौँ र मनलाई तृप्त पार्ने प्रयास गर्छौँ ।”

रतन चुप लागेन ,फेरि भन्न थाल्यो, “भातको दुःखले बाह्रमहिने बनियो अनि कमारो भइहालियो । यो बाह्रमहिने वार्षिक नोकरी वा तलबी कामदारको जस्तो होइन । ती त काम गर्छन् ,पेटभरि खान्छन् पनि र वर्ष बितेपछि तोकिएको ज्याला वा तलब थाप्छन् । तर यो बाह्रमहिने त्यस्तो होइन । यिनले न त कहिल्यै तलब पाउँछन् ,न त छुट्टी पाउँछन् । पैसा खर्चबर्च चाहिँदैन कि क्या हो यिनलाई ? छोराछोरी बिरामी पर्लान् । कसैको बिहाबारी गर्नुपर्ला । कसैको श्राद्धसंस्कार गर्नुपर्ला । चाडबाडै मान्नु पर्ला । अरू नानाथरीका कामका लागि खर्च चाहिएला । हरेक कामका लागि पैसा चाहिन्छ । आफूचाहिँ पेटभरि खान्छौ,घरका मान्छेचाहिँ भोकभोकै सेकिन्छन् । पेट भर्नका लागि मालिकले पैसा दिन्छन् –ऋणमा । त्यसको ब्याज खुब छिटछिटो बढछ र बाह्रमहिनेको ऋण कहिल्यै तिरिसकिँदैन । अन्तिम बेलामा आफ्नो छोरालाई बाह्रमहिने बनाएर दुनियाँ छाडेर जान्छ । यदि यो दासता वा बाँधा नभए तिमी दास वा कमारो कसलाई भन्छौ ? त्यसैले त गाउँछु म –

ए बाह्रमहिने , तिमो दुःखले मन रुन्छ
चराचुरुङ्गी रुन्छन्
किराफट्याङ्ग्रा रुन्छन्
रुखबिरुवा पनि रुन्छन् ।
ए बाह्रमहिने , तिम्रो आँखाको आँसु देखेर मालिक मुस्कुराउँछन्
मालिकको कुकुर हाँस्छ, बिरालो मुस्कुराउँछ
ढिकी हाँस्छ, ओखल हाँस्छ
मालिक्नी हाँस्छिन् धित मारेर
मालिक्नीको पाउको पित्तलको पाउजेबझैँ
कतिन्जेल बज्छ झमझम झमझम मिठो हाँसो …”

चरसाको बाढीको बारेमा भन्दाभन्दै रतन डुमले यतिका कुरा सुनायो । रतन डुमको कुरा गर्ने शैली नै घतलाग्दो छ ।मजदुरहरू जमीन खन्दछन् र पनि पेटको ज्वाला साम्य पार्न सक्दैनन् र शहर पस्छन् । इन्द्रलाई यो कुरा थाहा छ । कारखानाको इलाकामा लडाकु मजदुरहरू युनियनको लडाइ लडदछन् ,झण्डाको इज्जत राख्दछन् । “तर तिनको सपना तिमी बुझ्न सक्दैनौ । सोच्यौभने तिमीलाई एकदम अचम्भ लाग्ला । तिमी त तिनका सँगैका साथी हौ ,मित्र । सबैलाई थाहा छ –तिनको दैनिक सङ्ग्रामको हरहिसाब तिमीहरूको रगतको थोपाले लेखिन्छ । यो सबैलाई थाहा छ । तर तिनले देखेका सपना के हुन् ? त्यो चाहिँ बुझ्न सक्दैनन् । र यसमा तिमीलाई उदेक लाग्छ । सपनाका बारेमा जान्न मन लाग्छ । कालोमोसो दलिएका यी तमाम चीरपरिचित अनुहारहरूका आँखाको कुन कक्षमा यी सपनाहरू बन्दी बनाइएका छन् र ?”

त्यसपछि अचानक एकदिन थाहा हुन्छ– फागुको राति फागुले मत्त मनोहर जब ढोलक बजाएर नाच्दै गीत गाउँछ , सबैसँग बसेर तिमी कर्ताल बजाउँछौ , त्यसैबेलास्वप्निल आँखाहरूले छपरा जिल्लाको सिराही गाउँको फागुको रमाइलो हेर्दाहेर्दै अस्पष्ट आवाजमाचम्मन रैदास बोल्दछ ,“वर्ष दिनपछि उधारो चुक्ता गरिदिन्छु । त्यसपछि जमीन किनँुला । किन्नै पर्छ । धेरै होइन, तिन बिघाले पनि चार महिनाको खानगी त पुगिहाल्छ नि ।”

यसको गलाको आवाजमा गहिरो तृष्णा छ । र, अनायास तिम्रा सामु एउटा सत्य प्रकट हुन्छ जुन तिम्रो राजनीतिक पाठ्यक्रममा छैन । तिमीले सिकेका छौ–मजदुर मजदुरै रहन्छ र किसान किसानै रहन्छ । सिद्धान्तको कुरो हो । आफ्नै आँखाले अर्को एउटा सत्य देख्छौ । साना तथा मझौला कारखानामा काम गर्ने मजदुरहरू जमीनबाट बञ्चित भएर औद्यौगिक क्षेत्रहरूमा आउँछन् । जमीनका लागि आकुलव्याकुल हुन्छ उसको मन र आँखा । हृदयको पिजरामा साँझको नशापानीको बेलामा ,राति जीवनसँगिनीसँगको ऐकान्तिक मेलजोलका बेलामा, यो रूपान्तरण हुने एउटा स्तर हो । यो स्तरमा जो किसान छ,उही मजदुर छ अर्थात् मजदुरकिसान छ । अँ , यस अवस्थामा मजदुर र किसान एउटै मानव शरीरमा बास गर्दछन् ,घुलमिल भएर । जति घोटघाट पार्दा र जलप लगाउँदा पनि आफ्नो अन्तःस्थलमा र आफ्नो सपनाहरूमा ऊ मजदुर नै रहन्छ । यो कुरो तिमी बुझ्न सक्दैनौ ।

यो नयाँ ज्ञान तिम्रो आविष्कार हो । यान्त्रिक सिद्धान्त पढ्दा तिमीलाई पत्तो हँुदैन कि तिमी एउटा यस्तो भारतवर्षको आविष्कार गर्नेछौ जुन कृषिप्रधान भारत हो ।

यो नयाँ प्रकाशमा तिम्रो सुगारटाइ ज्ञान हराएर जान्छ र हमीदको घरमा ईदका बेलामा लामो समयदेखि प्रोटिन खाएर तिमी जब अति प्रसन्नचित्त भएका हुन्छौ त्यसबेलामा अमित भन्दछ , “चाडमा यसपालि धेरै खर्च गर्दिन । यस पटक जमीन निखन्नै पर्दछ । अहा ! कस्तो जमीन छ ! ”

औद्योगिक क्षेत्रका यी तमाम मानिसहरूले इन्द्रलाई धेरै पहिलेदेखिनै कृषिमजदुर र किसानको पक्षधर बनाइदिएका थिए । यसैले इन्द्र निकै चाख मानेर रतनको कुराकानी सुन्दै थियो ।

कस्तो अचम्भको मनमोहक जादु छ उसको कुरागराइको ढङ्गमा । बाढीको कुरा गर्दागर्दै बह्रमहिनेको कुरा जोडिदिन्छ । भातको दुःखको बयान यसरी गर्छ मानौँ कुनै रूपकथा सुनाउँदै छ । रूपकथा नै त हो यो । रूपकथा कहिल्यै पुरानो हँुदैन । कनकशाली,रामशाल,रुपनारायण धान काटेर अरूका खलामा ल्याएर पहाड बनाएर थुपारिदिन्छन् । तिनको र रतनहरूको भातको पीडा पनि त रूपकथाको जस्तै त छ नि । निकै पुरानो हो यो कुरो तर आज पनि जीवन्त छ । इन्द्रलाई आज अचानक निकै दिनपछि आफ्नी अभागिनी आमाको झझल्को आयो । आमा सिरौँलाभुजा भुटदै बिचबिचमा मृत्युविलाप गरेझैँ गरी बेसुरमा लगातार गाउनुहुन्थ्यो ः
कसैको भागमा दूध–बतासा
सक्दिनन् ख्वाउन साग नि मेरी आमा..

आमालाई यही एउटा टुक्रो आउँथ्यो । जानीनजानी यही चरण गाइरहनु हुन्थ्यो । जमाना भयो आमा बितेको । अर्बुद भएको थियो –पेटमा । जिन्दगीभरि जसको भागमा फगत दुःखव्यथा रह्यो , मृत्युले पनि भीषण व्याधिका रूपमा आएर उनको शरीरलाई निकै कष्ट दियो । निकै डरपोक हुनुहुन्थ्यो आमा तर देवीदेउताहरूको अनन्य भक्त । अनन्यभक्ति रहँदारहँदै पनि आमाको दुःखपीडा र छटपटी देखेर इन्द्रले भगवानलाई आफ्नो हृदयबाट गलहत्याएर निकालिदिएको थियो । अनिश्वरवादी हुनका लागि वामपन्थी हुनुपरेको थिएन । अनिश्वरवादी भएरै ऊ पार्टीमा सामेल भएको थियो । पार्टीमा प्रवेश गरेर ईश्वर छोडदा ऊ फेरि साइँबाबाको माध्यमबाट दुलहीको सारीको सप्को समातेर घरमा पस्दछ जस्तो कि सामन्त र उसको राजनीतिकरूपले सचेत परिवार !

रतनले ,के ठान्यो कुन्नि,भन्यो, “ के भन्दै थिएँ , के भन्न थालेँ । डुम काउरा न ठहरिएँ । माफ गरिदियौ है ।”
“अरू सुनाऊ न । मलाई तिम्रो कुरोमा निकै घत लागिरहेको छ ।”

“किन ?”
“धेरै कुरा थाहा छैन , त्यसैले ।”
“चरसाको बाढीको कुरो ? त ,बाढीले हामीलाई बाह्रमहिने बनाइराखेको छ । बाढीले गर्दा हामी बाह्रमहिने बन्न बाध्य छौँ । सुक्खा अनिकालले गर्दा पनि बाह्रमहिने बन्न बाध्य भएका छौँ । बाढी आयो ,गयोतर प्रलययुक्त बाढी कहिल्यै देखेनौँ । त्यसपछि के भयो भनँु – न राहत, न ‘कामको लागि गहँु’ । मन एकदम विदीर्ण भयो । सबै मिलेर सामन्त बाबुकहाँ गयौँ । दिलिप सोरेनले निवेदन लेख्यो । औँठाको छाप लगायौँ । आम्मै..! आम्मै..मै..मै.. !! ”

“ के भयो त्यहाँ ?”

“उही अनुहार ,उही मान्छे तर यो कुनचाहिँ सामन्त हो ? भन्न थाल्यो ,‘सबैथोक पाउँछौ तिमीहरूले । नक्सली जोश देखाउनका लागि निवेदन लिएर आयौ,हैन ?’ हामीले कुनै जोश देखाएका त थिएनौँ तर हामीले केही पाउँदा पनि पाएनौँ, झन त्यसमाथि त्यस्तो कुरो सुनेर त हामी तिन छक्क प¥यौँ । भन्यौँ, ‘अँ ,हजुर । भोट लिँदा त यस्तो रिसाउनु हुन्नथ्यो । गद्दी पाएपछि सबथोक बिर्सिनु भयो , हैन ?”

“ के भने त ?”

“भन्न लागे – तँ एकदम चढेर बोल्न लागिस् , रतन ।केही गरिनँ भन्दैछस् । सूर्यको गुमस्तालाई छप्काएर मिल्काएका थियौ । तैपनि गिरफ्तार गराइनँ तिमीहरूलाई । उद्धव बसाईसँग हिँडथ्यो । त्यसलाई पनि केही कारवाही गरिँन,त्यसै छाडिदिएँ । दिलीपलाई जागिर लगाइदिएँ तर उसले ख।एन । त, सम्झेँ कि ऊ सन्थाल हो, उग्रवादी भाँडभैलो गर्न खोज्दैहोला ।”
“अनि ..?”

“भनेँ – सामन्त बाबु ! यो कुनै राम्रो काम गर्दै हुनुहुन्न । हामीले भोट दिएका छौँ, जिताएका छौँ र सारा काममा सामिल हुन चाहन्छौँ । कहिले के भएको थियो त्यही रटना लगाएर बस्नुभएको छ ?…” बोल्दाबोल्दै रतन अडियो । अनि आँखिभौँ खुम्च्याउँदै दुःखित स्वरमा फेरि भन्न थाल्यो, “मन भाँचिन्छ । भन्न सक्थेँ–आफ्नो छोरा गौर र रजतलाई सोध्नुस् न । भनिँन । चरसाका मानिसहरूसँग जब उसले भनेको थियो कि उग्रवादी भएका छौ ,बसाई टुडुलाई मद्दत ग¥यौ । त, के ती कुरा बिर्सन सकिन्छ र ? थाहा छ , एकदम बाध्य भएर हतियार उठाएका थियौँ । र,तिनका लागि मत माग्दा मैले वचन दिएको थिएँ कि जति केटाहरू जेलमा छन् ,तिनलाई छाड्नलगाउँला अनि जमीनका मालिकलाई होइन ,तिमीहरूलाई मद्दत दिउँला । हरेक क्षेत्रबाट सुविधा दिलाउँला । ”

इन्द्र निकै ध्यान दिएर सब कुरा सुनिरहेको थियो । चुनाउका क्षेत्रहरू पनि किसिमकिसिमले विभाजित हुन्छन् र मिल्दाजुल्दा हुन्छन् । हरेक चुनावी क्षेत्रमा फरक ढङ्गले कुरो गर्नु पर्दछ । काँकडासोलमा जुन कुरो भनेर मत मागिन्छ त्यही कुरो भनेर जटील समस्याहरूद्वारा जेलिएको विप्लवी रक्तमुच्छेल चरसा प्रान्तमा मान्छेको मन जित्न र मत बटुल्न सकिन्न । उसको हृदयमा पनि नेताहरूप्रति थुप्रै गुनासाहरू छन् । पार्टीप्रति अगाध माया छ । यसैले मनमा कुरोको कुन्युँ थुपारेर बसिरहेको छ तर रतनको कुरो सुन्नु जरुरी छ ।